News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन

पर्वत जिल्ला मोदी गाउँपालिका देउपुर घर भएका एक युवाको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन गर्न सकिने भएको छ । युवा क्षितिज शर्मा नेतृत्वको ह्रॉम्यानिटेरियन ओपनस्ट्रिटम्याम टिम-HOT)ले स्याटेलाइट तस्विरका आधारमा भवन, सडक तथा अन्य संरचनाको डिजिटल नक्सांकनका लागि स्वयंसेवक आव्हान गरेको हो ।
हाल विदेशमा रहेर पनि आफ्नो मातृभूमि भिषण बाढीका कारण प्रभावित भएपछि ईन्जिनियर शर्माको नेतृत्वमा प्राविधिक टिम सेवामा जुटेको छ । युवा शर्मा नेतृत्वको स्वयंसेवकहरुले कम्युटर र इन्टरनेटको माध्यमबाट दैवीप्रकोप प्रभावित क्षेत्रका भवन तथा सडक पहिचान गरी डिजिटल नक्सामा समावेश गर्न सक्छन् । एउटा सामान्य काम पूरा गर्न करिव १० देखि १५ मिनेट लाग्ने युवा शर्माको भनाई छ । डिजिटल नक्साले बाढी प्रभावित क्षेत्रको यथार्थता अवलोकन गरी उद्धार र राहत कार्यलाई बढी प्रभावकारी तवरले काम गर्न सहजता प्रदान गर्नेछ ।
हाल अष्ट्रियामा रहेका ज्इत् का प्रडक्ट ओनर शर्माका अनुसार तयार हुने नक्सा, उद्धार टोली, संयुक्त राष्ट्रसंघ तथा मानवीय सहायता संस्थाले निःशुल्क प्रयोग गर्न सक्नेछन् । नक्सांकनबाट बाढीले परिवर्तन गरेको भू–दृश्यमा उद्दार टोलीलाई प्रभावित संरचना र सम्भावित जोखिमयुक्त स्थान पहिचान गर्न सहयोग पुग्नेछ ।
नेपालमा पछिल्लो बाढीपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ह्युम्यानिटेरियन ओपनस्ट्रिटम्याप टिम-HOT) ले प्रधानमन्त्री कार्यालय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा प्रभावित क्षेत्रको नक्सांकन गरिरहेको छ । यो टिमले यसअघि विपतमा परेका भेनेजुयला, टर्की जस्ता देशमा समेत सहजीकरण गरिसकेको छ ।
बाढी प्रभावित क्षेत्र रसुवागढीदेखि विदुर आसपाससम्मको भोटेकोशी करिडोरको माथिल्लो क्षेत्रको नक्सांकन लगभग पूरा भइसकेको र अब तल्ला क्षेत्रको काम सुरु भएको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुग्न नसक्ने व्यक्तिले समेत घरमै बसेर स्याटेलाइट तस्विरका आधारमा कम्प्युटर र इन्टरनेटमार्फत यो मानवीय अभियानमा विश्वभरबाट सहभागी हुन सक्नेछन् ।
भू–सूचना प्रविधि इन्जिनियरिङ तथा एआई विषयमा मास्टर पुरा गरिसकेका ज्इत् का प्रडक्ट ओनर शर्माका अनुसार हाल करिव १८१ जना स्वयंसेवक नक्सांकन कार्यमा सहभागी छन् । यसको मुख्य उद्देश्य बाढी प्रभावित स्थलमा उद्दार तथा राहत टोलीलाई आवश्यक पर्ने भौगोलिक सूचना उपलब्ध गराउनु हो ।
यो अभियानको विशेषता भनेको प्रभावित क्षेत्रमा नगई विश्वका जुनसुकै स्थानबाट स्वयंसेवक सहभागी हुन सक्नु हो । विभिन्न व्यक्तिले एकै समयमा फरक–फरक क्षेत्रमा काम गर्न सक्ने भएकाले ठूलो भूभागको नक्सांकन छोटो समयमा गर्न सकिन्छ ।

प्रतिक्रिया