News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित

अधिवेशनको पानसमा बत्ती बालेर उद्घाटन गर्दै प्रेस युनियन नेपालका अध्यक्ष शिव प्रसाद लम्साल ।

 

प्रेस युनियन पर्वतको सातौ अधिवेशन आइतवार जिल्लाको सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । अधिवेशनका अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव प्रसाद लम्साललाई जिल्ला शाखाले सम्मान गरेको छ ।
पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान तथा युनियनको नेतृत्वमा निर्वाह गरेको भूमिकाको कदर गर्दै अध्यक्ष लम्साललाई सम्मान गरिएको जिल्ला शाखाका अध्यक्ष उत्तम अधिकारीले बताउनुभयो । अधिवेशनमा बोल्दै अध्यक्ष लम्सालले अहिलेको सरकारका गतिविधि पत्रकारिता विरोधी रहेको र यसले पंचायती सरकारलाई समेत उछिनेर पत्रकारिता जगतलाई अप्ठ्यारोमा पार्न खोजेको आरोप लगाउनुभयो । अध्यक्ष लम्सालले पत्रकारिता क्षेत्रकै व्यक्ति संचारमन्त्री हुँदा समेत पत्रकारको मर्म बुझ्न नसक्नु विडम्वना भएको बताउनुभयो ।
अधिवेशनमा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा संचारमाध्यमको विश्वसनीयताका विषयमा छलफल भएको थियो । पत्रकारिता क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि पत्रकारले तथ्यमा आधारित, जिम्मेवार र निस्पक्ष पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्नु भएका नेपाली कांग्रेस पर्वतका सभापति तथा युवा व्यवसायी युवराज जोशीले भन्नुभयोर्–पत्रकारको विचार आफ्नो स्थानमा होला तर लेख्ने बेलामा भने तथ्यमा आधारित भई समाचार लेख्नुपर्छ । पत्रकारले मर्नै परे पनि सत्यको पक्षमा समाचार लेख्न डराउनु हुँदैन । कमजोरी छ भने ढाँकछोप नगरी आफ्नै पार्टीका विरुद्ध पनि लेख्न सक्नुपर्छ ।Ú
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेपाल प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई, पत्रकार महासंघ पर्वत अध्यक्ष लक्ष्मण सापकोटा लगायत नेपाल प्रेस युनियनका केन्द्रिय तथा प्रदेश तहका पदाधिकारी, पर्वतका क्रियाशील पत्रकारहरु सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । कार्यक्रमको संचालन प्रेस युनियन पर्वतका सचिव सुमन थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु गौतमले राख्नुभएको थियो ।

प्रतिक्रिया