
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा खोप लगाउने बालबालिकाको संख्या भने वर्षेनी घट्दो छ ।
अवस्था यस्तो छ कि घट्दो बालजन्मदरका कारण बालबालिकालाई लगाइने खोपको मात्रा प्रयोग हुने भन्दा खेर जाने धेरै छ । घट्दो जन्मदरका कारण राज्यले खोपमा लगानी गरेको लाखौं रकम बाध्यतावश अनावश्यक खर्चिनु परेको छ ।
बालबालिकालाई जन्मनेदेखि एक महिना भित्रमा क्षयरोग विरुद्ध लगाइने विसीजी खोप, दादुरारुवेला विरुद्ध लगाइने एमआर खोप, जापानीज इन्सेफलाइटिस विरुद्धको जेइ खोप लगायत केही खोपहरु सत्तरी प्रतिशत बढी खेर जाने गरेको पाइन्छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९⁄०८० मा पुर्णखोप अन्तर्गत पर्ने १४ खोपमध्ये विसीजी खोप लगाउने बालबालिकाको संख्या ११७३, पाँच वटा रोग विरुद्ध लगाइने पेन्टा खोप लगाउने संख्या १७७५ र दादुरा रुवेला खोप लगाउनेमा पहिलो पालो १८०० जना र दोस्रो पालो १६६२ जना छन् । आ.व.२०८०⁄०८१ मा खोप लगाउनेको संख्या घटेर विसीजी खोप लगाउने ८८९ जना, पेन्टा खोप १३८८ जना र दादुरा रुवेला खोप पहिलो चरणमा १४९७ र दोस्रोमा १५७१ जनाले लगाएका छन् । यस आर्थिक वर्षको जेष्ठ मसान्तसम्म खोप लगाउनेको संख्या घटेर विसीजी खोप ६९० जना, पेन्टा १०९७ जना र दादुरा रुवेला खोप पहिलो चरणमा १११३ जना र दोस्रो चरणमा १२६६ छन् ।
खोप कार्यक्रम फोकल पर्सन नारायण प्रसाद रेग्मीका अनुसार प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतलाई गत अघिल्लो वर्ष प्राप्त भएको विसीजी खोपको डोज ३४७४० रहेको थियो । प्राप्त भएको खोपमध्ये १४७६० डोज खोलिएकोमा जम्मा ११७३ डोज प्रयोग भएको थियो भने बाँकी १३५८७ डोज खेर फालिएको थियो । त्यसैगरी सोही वर्ष पेन्टा खोप १६१४० डोज प्राप्त भएकोमा प्रयोगका लागि खोलेको १०५०० डोजमध्ये ५४२३ डोज प्रयोग भई बाँकी रहेको ५०७७ डोज खोप खेर फालिएको थियो ।
यसैगरी गत वर्ष स्वास्थ्य संस्थामा प्राप्त भएको विसीजी खोप डोज जम्मा ३५१४० रहेकोमा प्रयोगका लागि खोलेको १२४८० मध्ये जम्मा प्रयोग भएको डोज ८८९ थियो भने खेर गएको खोपको डोज ११५९१ थियो । गत वर्ष पेन्टा खोपको प्राप्त डोज १४९३० रहेकोमा ९६०० डोज खोलिएको थियो । खोलिएको पेन्टा खोपमध्ये ४३८८ डोज प्रयोग भएको थियो भने ५२१२ डोज खोप खेर गएको थियो ।
यस आर्थिक वर्षको जेष्ठ मसान्तसम्मको खोपको तथ्यांक हेर्दा स्वास्थ्य संस्थामा प्राप्त खोपको डोज २४५२० मध्ये प्रयोगका लागि खोलिएको ९२८० डोज थियो । खोलिएको मध्ये ६९० डोज खोप प्रयोग भएको थियो भने ८५९० डोज खोप खेर फालिएको थियो ।
खोप कार्यक्रम फोकल पर्सन रेग्मीले भन्नुभयो–ूविसीजी खोप एक बोतलमा २० डोज बराबर आउँछ भने जेइ खोप ५ डोज र एमआर १० डोज बराबर आउँछन् । खोपको मात्रा अलग गरी भण्डारण गर्न मिल्दैन । अलग गरी राख्न नमिल्ने हुँदा एक जनालाई एक डोज दिइसकेपछि बाँकी रहेको डोज खेर जान्छ । विसीजी खोप २० जना बालबालिकालाई लगाउन सकिने भए पनि संख्या नै कम पाइन्छ । स्वास्थ्य खोप निर्देशिका अनुसार खोप एकै समयमा प्रयोग गरिसक्नु पर्ने हुन्छ । गाउँघरमा एक जना मात्रै शिशु जन्मेको छ भने पनि लगाइनुपर्ने हुँदा बाँकी खोपको डोज खेर जान्छ ।ू
स्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यले गाउँघरमा बालबालिकाको संख्या कम हुँदा खोपको डोज खेर जानु खोप कार्यक्रमको बाध्यता भएको बताउनुभयो । स्वास्थ्य प्रमुख आचार्यका अनुसार एक जना बच्चाका लागि सवै खोपको मात्रा पुरा गर्दासम्म राज्यले करीव ४० हजार रुपैया खर्च गर्दछ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया