
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

कोही नहुनेका लागि दैव सहारा भनेजस्तै सामुदायिक कुकुरको सहारा बनेकी छिन् पशु अधिकारकर्मी राजकुमारी राना । अधिकारर्मी रानाले विगत ५ वर्षदेखि आफ्नो सन्तान जस्तै गरी सामुदायिक कुकुरको स्याहार र रेखदेख गर्दै आएकी छिन् ।
समाजमा केही मानिसहरुले सामुदायिक कुकुरलाई भुस्याह कुकुर भनी खेद्ने, लखेट्ने र कुट्ने गर्दछन् । कतिपयले घरमा पालेको कुकुरलाई समेत मन भरिए पछि निर्दयी भई सडकमा अलपत्र छोडिदिन्छन् । बजार क्षेत्रमा कुकुरको संख्या वृद्धि हुँदा सडक दुर्घटनाको जोखिम र रेविज फैलिने डर उस्तै छ । समाजमा जनावर पनि सुखसँग बाँच्न पाउनुपर्छ भन्ने मान्छे पनि छन् । सामुदायिक कुकुरले पाएको दुःख र पीडामा मलम लगाउने साथै पशुको अधिकारबारे बोल्ने पात्र हुन् पर्वतको कुश्मा नगरपालिका वडा ६ सदरमुकाम कुश्माको राजकुमारी राना ।
कुकुरलाई मनैदेखि माया गर्ने रानाले सामुदायिक कुकुरलाई खाना खुलाउने मात्रै नभई चोटपटक लागेर घाइते भएका र विरामी कुकुरको स्याहार गर्दै आएकी छिन् । सामुदायिक कुकुरको खाना र उपचारका लागि मासिक कम्तिमा पनि ३५ हजार रुपैया खर्च गछिन् । खर्च रकमबारे राना भन्नुहुन्छ–ूमनले चाहेपछि सवै कुरा पुग्ने रहिछ । छुच्याइ गर्नेलाई कहिल्यै पुग्दैन । व्यवसायको कमाइ, श्रीमान भारतीय सेनाबाट निवृत्त हुनुहुन्छ । छोरा वैदेशिक रोजगारीमा अमेरिका छ । परिवारका सवैको सहयोगबाट खर्च जुटाउछु ।ू
हरेक दिन साँझपख बजारको मेलमिलाप चोक, नारायण मावि चोक, जिरो किमी चोक, शिवालय चोक लगायत विभिन्न चोक र गल्ली साथै कहिलेकाही पोखरा–बाग्लुङ सडक खण्डमा पर्ने केही बजार क्षेत्रमा समेत पुगेर कुकुरलाई खाना खुलाउँछिन् । कुकुरलाई दैनिक साँझ १० माना चामल र ठेक्का लिएको कुखुराको टाउको र खुट्टा गरी ६ केजी मासु पाक्छ ।
सानैदेखि घरमा कुकुर पाल्ने रानालाई सामुदायिक कुकुरलाई अरुले कुट्ने, पिट्ने र दुःख दिएको देख्दा चित्त दुख्ने गर्दथ्यो । रानाको मनमा लाग्थ्यो कि शरीर त सवैको एउटै हो । पिटेपछि जसरी मान्छेलाई दुख्छ । उसैगरी कुकुरलाई पनि त दुख्छ । फरक यति हो कि कुकुर चाहिँ मानिसले झैं बोल्न सक्दैन तर रुन्छ र चिच्याउँछ । पेशाले व्युटिशियन रानाको मनमा त्यतिबेला झनै पीडाबोध भयो । जतिबेला सामुदायिक कुकुरले फोहोरमा रहेको खाना सहितको प्लाष्टिक चपाइरहेको दृष्यमा नजर प¥यो ।
घरमा माया गरेर पालेको कुकुरले दिनकै तीन पहर खान पाउने तर सडकमा यत्रतत्र कुद्ने कुकुरले भने प्लाष्टिक चपाइरहेको देख्दा रानाको मन कटक्कै खाएको थियो । पशुअधिकारकर्मी रानाको मनमा प्लाष्टिक चपाइरहेको दृष्यले भतभती पोल्न थाल्यो । भतभती पोलेको मनलाई शान्त पार्नकै लागि रानाले सामुदायिक कुकुरलाई पनि खाना खुलाउन थालिन् । सवैबाट हेपिएका र चोट पाएका सामुदायिक कुकुरको रेखदेख र स्याहारमा लागेपछि बेग्लै आनन्द र सुख मिलेको अनुभूति रानाको छ ।
ढाडको समस्यासँगै आफ्नो व्युटिपार्लर पेशाबाट विश्राम लिएकी रानालाई यतिखेर सामुदायिक कुकुरको स्याहारसुसार र रेखदेखले सवै दुःख विर्साइ दिएको छ । बजार क्षेत्र आसपास सामुदायिक कुकुरको संख्या दिनानुदिन वृद्धि हुँदा कुकुरले प्रर्याप्त खाना खान पाउदैनन् । खानाकै लागि आपसमा झगडा गर्दा कुकुरहरुले दुःख पाउने गरेको रानाको बुझाई छ । कुकुरको दुःख देखेपछि बन्ध्याकरण गर्नुपर्छ भन्ने रानाको मनमा आयो ।
बन्ध्याकरणका लागि रानाले जिल्ला प्रशासन कार्यालय, कुश्मा नगरपालिका, जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र लगायत सरोकारवाला पक्षसँग पुगेर आग्रह गर्दा समेत कतैबाट सुनुवाई भएको थिएन । जिल्लामा वर्षमा एकचोटि सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम हुन्छ । कुकुर भने वर्षमा तीन चोटि व्याउने हुँदा संख्या वृद्धि हुन्छ । जिल्लामा हुने बन्ध्याकरण कार्यक्रममा रानाले स्वयंसेवीको रुपमा सहयोग गर्छिन् भने वर्षेनी केही छाउरी कुकुरलाई आफ्नै खर्चमा पोखरा लगेर बन्ध्याकरण पनि गराइ दिन्छिन् । बन्ध्याकरणका लागि गर्दा एउटाको ५ हजार रुपैयाँ खर्च हुन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया