
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

मुलुकको सत्तामा विचौलियाको दबदबा र चुरीफूरी बडो घिनलाग्दो तरीकाले छरपष्ट थियो । एक पछि अर्को भ्रष्टचार काण्डका कारण जनता खासगरी गाउँघरका किसानी र मजदुरी गरी हातमुख जोर्ने गाउँलेले केही दशक देखि यता कहिल्यै पनि आशालाग्दो सपना देख्न सकेका थिएनन् । यहीँ माटोमा केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जेन्जी पुस्ताले समेत देख्न छाडिसकेका थिए किनकी शासकवर्गको घिनलाग्दो हर्कत देखेर वाक्क भैइसकेका थिए ।
जेन्जी पुस्ताले हातमुख जोर्ने जोह गर्न खाडी मुलुकमै जानुपर्छ भने एकपटक धक्का दिउँ भन्ने सोचका साथ भ्रष्टचार विरुद्ध भदौ २३ गतेको आन्दोलनमा होमिए । आन्दोलनमा नेपाल आमाका होनहार कयौं कलिला युवाहरुले बलिदानी गरे । जेन्जी आन्दोलन यति डरलाग्दो हुन पुग्यो कि नेपालको ईतिहासमै पहिलो पटक प्रधानमन्त्रीको कुर्सीमा बसेको शासकले ज्यान बचाउन कुलेलम ठोक्नु प¥यो । एक जना शासकलाई कुर्सीबाट हटाउनु मात्रै जेन्जी आन्दोलनको उद्देश्य थिएन । युवापुस्ताले भ्रष्टचार रोक्न चाहन्छन् । देशमा सुशासन होस् र रोजगारी होस् भन्ने चाहन्छन् । रोजीरोटीका लागि कुनै पनि युवा विदेशीन नपरोस् भन्ने युवा चाहन्छन् । युवापुस्ता परिवर्तनकारी शक्ति र उर्जा हो । युवापुस्ताले देश र समाजमा सकारात्मक परिवर्तन चाहन्छ ।
युवा पुस्ताको मर्मसँगै विज्ञानप्रविधिको चमात्कारिक विकासलाई आत्मसात गर्न नसक्ने वृद्ध र जड चेतका भ्रष्ट राजनीतिक नेतृत्वका कारण मुलुक जटिल परिस्थितिमा पुगिसकेको छ । देशमा महंगी, भ्रष्टचार, तस्करी, बेरोजगारी लगायत बेथितीबाट जनता पीडित बनेका छन् । भ्रष्टचारका काण्ड घट्ला भन्दा झन्झन् वृद्धि हुनु र सामान्य नागरिकलाई विहानबेलुकाको छाक टार्न समेत सकस हुनुले जेन्जी युवापंक्तिलाई आक्रोशित तुल्याउदै लगेको थियो । भ्रष्टचारका काण्डहरु वि.सं.२०५८ सालतिर सार्वजनिक भएको लाउडा विमान काण्ड जसमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको समेत नाम जोडिएको थियो तर लामो छानविन भए पनि कुनै कारवाही भएन ।
नेपाली शान्ति सैनिकलाई सुडान पठाउँदा उपकरण खरीदमा करोडौंको घोटाला भएको २०६८ सालतिरको सुडान काण्ड, बालुवाटार जग्गा काण्ड जसमा सरकारकै नाममा रहेको लालपुर्जा नक्कली बनाई सरकारी जग्गा व्यक्तिको नाममा सारिएको थियो । यसैगरी वाइडबडी विमान काण्ड जसमा विमान खरीदमा ४ अर्वभन्दा बढी अनियमितता भएको आरोप थियो । ३३ किलो सुन तस्करी काण्ड, भुटानी शरणार्थी काण्ड, सहकारी ठगी प्रकरणहरु लगायत दर्जनौ भ्रष्टचारका खवरले नेपाली जनता वाकदिक भैसकेको अवस्था थियो ।
देशमा भएको ठुला भ्रष्टचार काण्डमा राजनीतिक नेतृत्व जोडिनु र भ्रष्टचारीलाई सख्त कारवाही हुनुपर्नेमा उम्काउन खोजिने प्रवृत्तिलाई नेपाली जनताले नजिकबाट हेरिरहेका थिए । भ्रष्टचारीलाई कारवाही गर्ने निकाय अख्तियार अनुसन्धान मुकदर्शक जस्तै देखिन्थ्यो । भ्रष्टचारीको बढ्दो बोलबोलाका कारण जेन्जी विद्रोह भएको हो । देशमा नागरिकले सुशासनको अनूभुति कहिले गर्ने ? भन्ने गम्भीर प्रश्नको हल जनताले चित्तबुझदो नपाएपछि जेन्जी आन्दोलन भएको हो । सत्तामा बसेर स्वाद लिन पल्केका विचौलिया र तिनका आसेपासेले जेन्जी विद्रोहलाई समेत विदेशी शक्तिको आडमा भएको हो भनी अपव्याख्या गर्दैछन् । सत्ता र शक्तिको उन्मादमा होस गुमाएर दौडिएको शासकले कुर्सीबाट खसेपछि होस गुमाउनु स्वभाविकै हो । बहुलाह शासकले कुरा ढिलै बुझ्ने होला तर नेपाली जनताले भने जेन्जी आन्दोलनको आवश्यकता र मर्म बुझिसकेका छन् ।
जेन्जी आन्दोलनले धेरै कुरा सिकाएर गएको छ । बुढापाकाले पापधूरीबाट कराउँछ भन्थे हो रहिछ भन्ने जस्तै यतिबेला भएको छ । भ्रष्टचारीको घैटो फुट्नु पर्छ भन्ने आमधारणा बनेको छ । नेपाली जनताले भ्रष्टचारी चाहे शासक होस् या जोकोही सार्वजनिक पद धारण गरी गलत ढंगले धन आर्जन गरेको होस् उसलाई जुनसुकै बेला कठालो समाउन सक्नेछन् भन्ने छर्लङग भएको छ । जेन्जी युवा पुस्ताले कुनै राजनीतिक विचार बोकेको हुनसक्छ । कुनै राजनीतिक विचार बोकेको भए पनि जेन्जी पुस्ताले भ्रष्ट र विकृत पक्षलाई अव झोले भई तुम शरणम् गरी पछ्याउने छैनन् भन्ने सिधासिधै सन्देश दिएका छन् ।
जेन्जी आन्दोलनपछि राजनीतिक दलभित्र नौं रेक्टर स्केलको भूकम्प गएको छ । पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीहरु नेतृत्व केही हदसम्म अवाक भएको छ तर नेतृत्वले उहीँ कुर्सीमा लिसो टासिए झैं टासिन मात्रै खोजेको देखिन्छ । राजनीतिक दलको टाउकोमा राज गरी बसेका जड र आउडेटेड नेतृत्वको नेपाली जनताले समेत हिसावकिताव खोज्न थालेका छन् । नेपाली समाज र मुुलुकलाई नयाँ ढंग र योजना सहित आर्थिक समृद्धिको मार्गमा लैजान युवापंक्ति चाहन्छन् भन्ने कुरा राजनीतिक नेतृत्वले अझै बुझ्न सकेका छैनन् ।
भ्रष्टचारीलाई कारवाही गरिनुपर्छ । कारवाहीको दायराबाट भ्रष्टचारी उम्किन नसकून् र मुलुकमा सुशासन स्थापित होस् साथै यहीँ माटोमा केही गर्न सकियोस् । पसीना र श्रम यहीँ माटोमा पोख्न पाइयोस् भन्ने जेन्जी पुस्ताको भावना अहिलेको शुशीला कार्की नेतृत्वको सरकारले समेत राम्ररी बुझ्न सकेको देखिदैन ।
जेन्जी पुस्ताको बलिदानबाट खडा भएको कार्की नेतृत्वको सरकारले नबुझेको जेन्जी आन्दोलनको मर्म र भावना पुराना राजनीतिक दलका नेतृत्वले कहिले बुझ्लान् ?









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया