
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

बाग्लुङको निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रमको भौतिक संरचना निर्माण गर्न आयोजना गरिएको महायज्ञमा करीव ७ करोड रकम संकलन भएको छ । मानवसेवा आश्रमको आयोजनामा भएको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा सर्वसाधारण भक्तजनको सहभागीता उत्साहजनक रहदै आएको छ ।
यहीँ कार्तिक २१ गतेदेखि २८ गतेसम्म संचालन हुने भनिएको महायज्ञको छैठौं दिन पुरा हुँदै गर्दा साढे ६ करोड बढी रकम सहयोग संकलन भएको आयोजक समिति सचिव युक्त सुवेदीले बताउनुभयो ।
महायज्ञमा भागवत भाष्कर वाचक कमलनयन गौतमले भागवत वाचन गर्नुभएको छ भने मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले ूआर्ट अफ ह्यापिनेसू र ूसकारात्मक सोचू विशेष कार्यक्रमको संचालन गर्नुभएको छ । कार्यक्रम स्थलमा विहान हुने योग शिविर एकदमै प्रभावकारी रहेको सहभागीहरुको भनाई छ । योगशिविरको प्रशिक्षण वरिष्ठ योग प्रशिक्षक ललित शंकर योगीले गर्दै आउनु भएको छ । महायज्ञ आयोजक समितिका सहसंयोजक तथा बाग्लुङ नगरपालिकाका उपमेयर राजु खड्काका अनुसार योगशिविरमा दैनिक ४ सय जना बढी सहभागी हुँदै आएका छन् । सहभागीहरुको लोभलाग्दो सहभागीता र माग पछि आयोजकले सप्ताहव्यापी कार्यक्रमलाई एक दिन थप गरी २९ गतेसम्म पुराएको छ ।
कार्यक्रममा बाग्लुङ, पर्वत र म्याग्दीका सम्पूर्ण विद्यालयका शिक्षकहरु, उद्योगवाणिज्य संघका सदस्यहरु, सामाजिक, सरकारी तथा गै¥हसरकारी संस्थाका कर्मचारीहरु र जनप्रतिनिधिहरुको सहभागीता रहेको छ । कार्यक्रमबाट खासगरी स्कुले बालबालिकाहरु बढी लाभान्वित भएका छन् । मानवसेवा आश्रमले कालीगण्डकी तटीय क्षेत्रमा रहेको निरयघाटमा ११ करोड अनुमानित लागतको २२ कोठे पक्की भवनको निर्माण गर्दैछ । भवन निर्माणका लागि हालसम्म ४ करोड रकम खर्च भइसकेको छ ।
मानवसेवा आश्रमले घरबारविहीन, असहाय भई सडकपेटीमा जीवन गुजार्न बाध्य मानवका लागि आश्रय दिदै आएको छ । मानवसेवाको क्षेत्रमा निस्वार्थ होमिएको संस्था भएको हुँदा पनि मानवसेवा आश्रमले आयोजना गरेको महायज्ञमा सर्वसाधारणले मनैदेखि साथ सहयोग दिएको सर्वसाधारणको ठम्याइ छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया