
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

हरियो वन नेपालको धन भन्ने उखान केही वर्ष पहिले चर्चामा रहेको भए पनि पर्वतमा भने उल्टो अवस्था छ । वनजंगलमा पाइने बहुमूल्य औषधिजन्य जडिबुटी केही चोरी निकासी भएको छ भने केही जंगलमै कुहिएर नष्ट हुँदै आएको छ ।
स्थानीय सरकारले पकेट क्षेत्र तोकेर संरक्षण र प्रवद्र्धनको योजना र कार्यक्रम ल्याउन नसक्दा जडिबुटी खेर गइराखेको छ । जिल्लाको सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता समेत घटेको छ । केहीवर्षदेखि वनको आम्दानी समेत शून्य बराबर छ ।
पर्वतकै उत्तरी भेगको जलजला गाउँपालिका रहेको खस्र्रुवास सामुदायिक वन चिराइतो, सतुवा, लोठसल्ला जस्ता जडीबुटी पाइने क्षेत्र हो । सोही खर्सुवास सामुदायिक वन समूहका अध्यक्ष नरसिंह पुनले वनबाट उपभोक्ताले लाभ लिन नसकेको गुनासो गर्दै भन्नुहुन्छ,ूवनमा बहुमूल्य जडीबुटी पाइने भएपनि अवैध चोरीनिकासी भएको छ । गाउँलेले लाभ लिन पाएका छैनन् । जडीबुटी उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी कार्यक्रम र योजना ल्याउन सके राम्रो हुने थियो ।ू
सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरुप संचालन गरिएका वर्षेनी करोडौ रकम आम्दानी गर्ने पर्वतका ३८८ वटा सामुदायिक वन उपभोक्ता समुह करीव निस्कृय रहेका छन् । डिभिजन वन कार्यालय पर्वतका अनुसार जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार ४ सय २२ हेक्टर वन क्षेत्र करीव ४४ हजार १ सय ४ घरधुरीका स्थानीय समुदायहरु मार्फत् व्यवस्थापन हुँदै आएको छ ।
बढ्दो शहरीकरण र बसाईसराई, वन संरक्षण र व्यवस्थापन कार्यक्रमको अभाव, वन ऐन २०७६ मा रहेका कानूनी जटिलता, उपभोक्तालाई वनसँग आयआर्जनमा जोड्न नसक्नु जस्ता कारणले सामुदायिक वनमा उपभोक्ताको रुचि घटेको हो । मोदी गाउँपालिकास्थित भुटने टापु सामुदायिक वन समूहका सचिव प्रतापराज शर्माले उपभोक्ताले सामुदायिक वनप्रति देखाएको अरुचिबारे भन्नुहुन्छ,–ूकेही वर्ष यता गाउँघरतिर बसोबास गर्ने मानिस पातलिदै गएका छन् । उपभोक्ताहरु पहिले ५४ घरधुरी रहेकोमा अहिले घटेर आधा जति पनि छैनन् । जंगलमा गएर दाउरा चिरेर ल्याउन भन्दा ग्याँस सिलिण्डर खरीद गर्न सस्तो पर्छ । जंगल बढेर बाँदरले दुःख दिने गरेका छन् ।।ू
जिल्ला वन डिभिजन कार्यालय पर्वतका अनुसार सामुदायिक वनबाट वर्षेनी २,८०१७१ क्यूफिट काठ निकाल्न सकिने तथ्यांक भएपनि २०७४ सालमा २७,२८२ क्यूफिट काठ जिल्लाबाट निकालिएको थियो । जिल्लाभरका वन समूहले निकालिएको चिलाउने, साल, सिसौ, कटुस, चाप, खयर, मौवा, टुनी, उत्तीस, सल्ला लगायतका रुखको काठ विक्रीबाट २८ लाख ९३ हजार, दाउरा विक्रीबाट २१ लाख ६१ हजार र घाँस विक्रीबाट ५६ लाख आम्दानी गरेका थिए ।
सामुदायिक वनमा पाइने बहुमूल्य जडिबुटी साथै काष्ठजन्य पदार्थ विक्री गरी आम्दानी गर्न सकिने भएपनि सरोकारवाला पक्षले चासो दिन सकेका छैनन् । जिल्लामा जडिबुटी प्रशोधन उद्योग तथा जडिबुटी केृषि फर्महरु समेत नाम मात्रैका छन् । जडिबुटी उत्पादन र प्रशोधन गर्न सकेको पाइदैन ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया