
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधिन चिस्यान केन्द्र ९ वर्षदेखि अलपत्र छाडिएको छ । चिस्यान केन्द्रका लागि भनी राज्यको २० लाख भन्दा बढी खर्च गरी निर्माण गरिएको पक्की भवन अहिले प्रयोगविहिन रहेको छ ।
अर्थ मन्त्रालयबाट पातीचौरमा चिस्यान केन्द्र निर्माण गर्ने भनी २०७४ सालमा ५० लाख रकम विनियोजन भएकोमा तत्कालीन जिल्ला विकास समिति मार्फत् रकम प्राप्त गरी भवन निर्माणमा रकम खर्च गरिएको थियो । भवन निर्माणका लागि लाखौं रकम खर्च गरिएको भए पनि वर्षौ वितिसक्दा समेत ५० टन कृषि उत्पादन भण्डारण क्षमता रहेको चिस्यान केन्द्र निर्माणको काम भने पुरा हुन सकेको छैन ।
लाखौं खर्चिएको भवन वर्षौसम्म पनि व्यक्तिकै नामको जग्गामा रहेकोमा गतवर्ष मात्रै पालिकाको नाममा आएको पालिकाका सूचना अधिकारी प्रविन पोख्रेलको भनाई छ । गाउँपालिकाको वडा २ का स्थानीयबासी खेम बहादुर हमालको पातीखोला किनारको पाँच आना क्षेत्रफलको जग्गामा चिस्यान केन्द्रको लागि पक्की भवन निर्माण गरिएको हो । जग्गाधनी हमालसँग चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिले १३ लाख ५० हजारमा जग्गा खरीदको कागजी सम्झौता गरेको थियो । समितिले सम्झौता अनुसारको रकम भुक्तानी गर्न नसकेपछि चिस्यान केन्द्रको नाममा जग्गा नामसारी हुन समेत सकेको थिएन । समितिका अनुसार तीन वर्ष पहिले चिस्यान केन्द्र निर्माण गर्न भनी अर्थमन्त्रालयबाट ५५ लाख रकम विनियोजन भएको थियो तर काम भने हुन सकेन ।
उपभोक्ता समिति अध्यक्ष गंगा तिमिल्सिना चिस्यान केन्द्र निर्माणको कार्य अलपत्रबारे भन्नुहुन्छ–“स्थानीय कृषकहरुको चाहना र आवश्यकता अनुसार चिस्यान केन्द्र निर्माणका लागि पहल गरिएको हो । स्थानीयबासीको आमभेलाबाट सवै राजनीतिक दलका प्रतिनिधि सहभागी हुने गरी समिति गठन गरिएको थियो तर स्थानीय जनप्रतिनिधिको सक्रिय पहल र सहयोग हुन नसक्दा निर्माणको काम रोकिन पुग्यो ।” अध्यक्ष तिमिल्सिनाका अनुसार केन्द्रका लागि भनी आएको लाखौ रकम पटक पटक फ्रीज भैइ फिर्ता पठाइएको छ ।
पालिकाका सुचना अधिकारी पोख्रेलका अनुसार प्रदेश सरकारबाट यस आर्थिक वर्षमा विशेष अनुदान शीर्षकमा चिस्यान केन्द्रका लागि भनी ४० लाख रकम विजियोजन भएको छ । मोदी गाउँपालिकाको देउपुर क्षेत्रमा उत्पादित सुन्तला र नजिकैको बनौं, लेस्पार, देउराली, धिवराङ, भुक लगायत स्थानका कृषकहरुले उत्पादन गर्ने आलु भण्डारणका लागि लक्षित गरी पातीचौरमा चिस्यान केन्द्र निर्माण गर्न थालिएको हो । देउपुरबाट मात्रै वर्षेनी करोडौ रकम बराबरको सुन्तला उत्पादन हुँदै आएको छ भने त्यसैगरी वर्षेनी लाखौ रकम बराबरको आलुको उत्पादन बनौं र पालिकाका विभिन्न स्थानबाट हुने गर्दछ । पातीचौरमा चिस्यान केन्द्र निर्माण गरिदा आलु खेतीका लागि पकेट क्षेत्र मानिने बनौ र लेस्पारका कृषक साथै सुन्तला पकेट क्षेत्र देउपुरका कृषकलाई राम्रो लाभ मिल्ने स्थानीयको भनाई छ ।
वडा २ का अध्यक्ष बेल बहादुर कार्कीले कृषकहरुका लागि चिस्यान केन्द्र एकदमै आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो–“मोदी गाउँपालिका तरकारी र फलफूल उत्पादनका लागि अति उपयुक्त क्षेत्र भएको हुँदा उत्पादित फलफूल र तरकारीलाई केही समय भण्डारण गरी बेमौसममा विक्री गर्न सकेमा कृषकको आम्दानी राम्रो हुन्छ । यस आर्थिक वर्ष भित्र चिस्यान केन्द्र निर्माण सम्पन्न गर्ने भनी बजेट विनियोजन गरिएको हुँदा अव काम हुने विश्वास छ । यसअघिका जनप्रतिनिधिले ५ वर्षसम्म वेवास्ता गरे । व्यक्तिको जग्गा पालिकाको नाममा आइसकेको छ ।” स्थानीयबासीले भने राजनीतिक स्वार्थको खिचातानीका कारण चिस्यान केन्द्र निर्माणको कार्यलाई अलपत्र पारेको गुनासो गरेका छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया