पर्वतको विहादी गाउँपालिकास्थित बाच्छाको एक विद्यालयले एक दशकदेखि सार्वजनिक जग्गा ओगटेर बसेका स्थानीयलाई हटाउन खोज्दा हम्मे परेको छ । स्थानीयबासीले आफूलाई विद्यालयले आफ्नो हाता बाहिरको जग्गालाई प्लटिङ गरी विक्री गरेर दिएपछि घरटहरा बनाएर बसेको बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपछि घरटहरा भत्काउन विद्यालयले चासो देखाएको हो । स्थानीयवासीले जग्गा हडपेर बसेको नभई गाउँपरिषदले सूचना निकालेर जग्गा विक्री गर्ने भनेपछि खरीद गरेको बताएका छन् । स्थानीयले केही घरटहरा भत्काएको भए पनि क्षतिपूर्तिको माग दाबी गदै आएका छन् भने केही भत्काउन बाँकी छन् ।
अहिले भत्काउन भनिएका सार्वजनिक घरटहराहरुलाई विद्यालयले नै एक दशक अगाडि घडेरी बनाएर विक्री गरेपछि स्थानीयबासीले प्रति हातको मूल्य तिरेर खरीद गरेको बताएका छन् । विहादी गाउँपालिका १ बाच्छाको दुर्लाङमा पर्ने सामुदायिक विद्यालय जनकल्याण उच्च मा.वि.हाता बाहिरको सार्वजनिक जग्गा स्थानीयबासीलाई घडेरीको रुपमा विक्री गरिएको थियो । आर्थिक वर्ष २०६८⁄०६९ को बाच्छा गाउँपरिषदको निर्णय अनुसार गठित दुर्लाङ जग्गा व्यवस्थापन समितिले घडेरी बनाएर स्थानीयबासीलाई विक्री गरेको थियो । अख्तियारमा उजुरी पछि घरटहरा हटाउन विद्यालय र वडाबाट ताकेता भएको स्थानीयको भनाई छ ।
पूर्व प्राचार्य राजेन्द्रप्रसाद आचार्यका अनुसार जनकल्याण मा.वि.लाई उच्च मा.वि.मा स्तरोन्नति गरी संचालन गर्ने खर्चको स्रोत जुटाउन जग्गालाई भोगचलन गर्न दिइएको हो । स्थानीयलाई जग्गा भोगचलन गर्न दिनेमा जग्गा व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर क्षेत्री, शिक्षक अभिभावक संघ अध्यक्ष दलबहादुर क्षेत्री र जनकल्याण उच्च मा.विका प्राचार्य राजेन्द्रप्रसाद आचार्यको हस्ताक्षर छ । भोगचलन गर्न दिने स्वीकृति पत्रमा हस्ताक्षर गर्ने पार्टी प्रतिनिधिहरुमा नेपाली कांग्रेस भीमप्रसाद आचार्य, नेकपा एमाले गगन बहादुर क्षेत्री र एकीकृत ने.क.पा.माओवादीका लालबहादुर कोइराला छन् ।
जग्गा भोगचलन गर्दै आउनु भएकी ६६ वर्षीया एकल महिला डिल कुमारी केसीले अन्याय परेको बताउदै भन्नुभयो–ूम नपढेलेखेको व्यक्तिलाई पैसा तिरेपछि लालपुर्जा नै पाइन्छ भनरे विश्वास दिलाए । डेढ लाख रुपैयाँ ऋण खोजेर जग्गाको पैसा बुझाएको हो । अहिले आएर घर भत्काइ भनेपछि म एकल महिला कहाँ जाने ? मेरो कहि पनि जग्गा छैन । म अन्यायमा परे । पहिले पो थोरै रकममा पनि जग्गा पाइन्थ्यो । अहिले कहि पाइदैन ।ू
स्थानीयका अनुसार प्रति हात १० हजार मूल्य कायम गरी १० वटा घडेरी विक्री गरिएको हो । विद्यालयको नामको जग्गा भनी घडेरी बनाएर विक्री गरेको भए पनि जग्गा विद्यालयको नाममा थिएन । जग्गा सार्वजनिक नै छ ।
श्रीमती दिप कुमारी गुरुङको नाममा जग्गा किनेर घर बनाउनु भए नरप्रसाद गुरुङले दुःखेसो पोख्दै भन्नुहुन्छ–ूपढाइलेखाइ नभएको मलाई गाउँका ठुलाबडाले जग्गा लिए राम्रो हुने भनेपछि खरीद गरे । अहिले हटाउन भनियो । अख्तियार धाउन प¥यो । जग्गा भोगचलनका लागि मात्रै हो तर लालपुर्जा हुँदैन भनेर किन भनिएन ? पैसा नै हालेर किन्नु परेपछि अन्तै किन्न सकिन्थ्यो । हामीले जग्गा हडपेर बसेको हैन । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।ू
विद्यालयका पूर्व प्राचार्य आचार्यले रकम लिई भोगचलन गर्न दिइएको र अहिले सवैलाई पैसा फिर्ता गरिसकेको बताउनुभयो । सार्वजनिक जग्गा खरीद गरी घरटहरा निर्माण गरी भोगचलन गर्नेहरुमा सुरेश क्षेत्री, किस्न बहादुर कोइराला, शेर बहादुर थापा, खड्ग बहादुर थापा, दल बहादुर क्षेत्री लगायत छन् । जग्गा भोगचलन गर्नेमध्ये सवैले विद्यालयबाट रकम फिर्ता लिइसकेको बताइएको छ ।
फाइल तस्वीर, बाच्छाको जनकल्याण उच्च मा.वि.हाता बाहिर स्थानीयबासीको टहरा ।
प्रतिक्रिया