
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको विहादी गाउँपालिकास्थित बाच्छाको एक विद्यालयले एक दशकदेखि सार्वजनिक जग्गा ओगटेर बसेका स्थानीयलाई हटाउन खोज्दा हम्मे परेको छ । स्थानीयबासीले आफूलाई विद्यालयले आफ्नो हाता बाहिरको जग्गालाई प्लटिङ गरी विक्री गरेर दिएपछि घरटहरा बनाएर बसेको बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपछि घरटहरा भत्काउन विद्यालयले चासो देखाएको हो । स्थानीयवासीले जग्गा हडपेर बसेको नभई गाउँपरिषदले सूचना निकालेर जग्गा विक्री गर्ने भनेपछि खरीद गरेको बताएका छन् । स्थानीयले केही घरटहरा भत्काएको भए पनि क्षतिपूर्तिको माग दाबी गदै आएका छन् भने केही भत्काउन बाँकी छन् ।
अहिले भत्काउन भनिएका सार्वजनिक घरटहराहरुलाई विद्यालयले नै एक दशक अगाडि घडेरी बनाएर विक्री गरेपछि स्थानीयबासीले प्रति हातको मूल्य तिरेर खरीद गरेको बताएका छन् । विहादी गाउँपालिका १ बाच्छाको दुर्लाङमा पर्ने सामुदायिक विद्यालय जनकल्याण उच्च मा.वि.हाता बाहिरको सार्वजनिक जग्गा स्थानीयबासीलाई घडेरीको रुपमा विक्री गरिएको थियो । आर्थिक वर्ष २०६८⁄०६९ को बाच्छा गाउँपरिषदको निर्णय अनुसार गठित दुर्लाङ जग्गा व्यवस्थापन समितिले घडेरी बनाएर स्थानीयबासीलाई विक्री गरेको थियो । अख्तियारमा उजुरी पछि घरटहरा हटाउन विद्यालय र वडाबाट ताकेता भएको स्थानीयको भनाई छ ।
पूर्व प्राचार्य राजेन्द्रप्रसाद आचार्यका अनुसार जनकल्याण मा.वि.लाई उच्च मा.वि.मा स्तरोन्नति गरी संचालन गर्ने खर्चको स्रोत जुटाउन जग्गालाई भोगचलन गर्न दिइएको हो । स्थानीयलाई जग्गा भोगचलन गर्न दिनेमा जग्गा व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर क्षेत्री, शिक्षक अभिभावक संघ अध्यक्ष दलबहादुर क्षेत्री र जनकल्याण उच्च मा.विका प्राचार्य राजेन्द्रप्रसाद आचार्यको हस्ताक्षर छ । भोगचलन गर्न दिने स्वीकृति पत्रमा हस्ताक्षर गर्ने पार्टी प्रतिनिधिहरुमा नेपाली कांग्रेस भीमप्रसाद आचार्य, नेकपा एमाले गगन बहादुर क्षेत्री र एकीकृत ने.क.पा.माओवादीका लालबहादुर कोइराला छन् ।
जग्गा भोगचलन गर्दै आउनु भएकी ६६ वर्षीया एकल महिला डिल कुमारी केसीले अन्याय परेको बताउदै भन्नुभयो–ूम नपढेलेखेको व्यक्तिलाई पैसा तिरेपछि लालपुर्जा नै पाइन्छ भनरे विश्वास दिलाए । डेढ लाख रुपैयाँ ऋण खोजेर जग्गाको पैसा बुझाएको हो । अहिले आएर घर भत्काइ भनेपछि म एकल महिला कहाँ जाने ? मेरो कहि पनि जग्गा छैन । म अन्यायमा परे । पहिले पो थोरै रकममा पनि जग्गा पाइन्थ्यो । अहिले कहि पाइदैन ।ू
स्थानीयका अनुसार प्रति हात १० हजार मूल्य कायम गरी १० वटा घडेरी विक्री गरिएको हो । विद्यालयको नामको जग्गा भनी घडेरी बनाएर विक्री गरेको भए पनि जग्गा विद्यालयको नाममा थिएन । जग्गा सार्वजनिक नै छ ।
श्रीमती दिप कुमारी गुरुङको नाममा जग्गा किनेर घर बनाउनु भए नरप्रसाद गुरुङले दुःखेसो पोख्दै भन्नुहुन्छ–ूपढाइलेखाइ नभएको मलाई गाउँका ठुलाबडाले जग्गा लिए राम्रो हुने भनेपछि खरीद गरे । अहिले हटाउन भनियो । अख्तियार धाउन प¥यो । जग्गा भोगचलनका लागि मात्रै हो तर लालपुर्जा हुँदैन भनेर किन भनिएन ? पैसा नै हालेर किन्नु परेपछि अन्तै किन्न सकिन्थ्यो । हामीले जग्गा हडपेर बसेको हैन । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।ू
विद्यालयका पूर्व प्राचार्य आचार्यले रकम लिई भोगचलन गर्न दिइएको र अहिले सवैलाई पैसा फिर्ता गरिसकेको बताउनुभयो । सार्वजनिक जग्गा खरीद गरी घरटहरा निर्माण गरी भोगचलन गर्नेहरुमा सुरेश क्षेत्री, किस्न बहादुर कोइराला, शेर बहादुर थापा, खड्ग बहादुर थापा, दल बहादुर क्षेत्री लगायत छन् । जग्गा भोगचलन गर्नेमध्ये सवैले विद्यालयबाट रकम फिर्ता लिइसकेको बताइएको छ ।
फाइल तस्वीर, बाच्छाको जनकल्याण उच्च मा.वि.हाता बाहिर स्थानीयबासीको टहरा ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया