
१संसदमा जाने प्रतिनिधि पर्वतको समग्र आवाज बन्न सक्नुपर्छ
२करिब चार महिनापछि वर्षा, खडेरीले थलिएको जनजीवनमा राहत
३पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि तिमिल्सिना कान्छो उम्मेदवार
४पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा १७ जना उम्मेदवार
५स्वास्थ्य शिविरमा एकैदिन १३ सय बढीको परीक्षण
६जिल्लामा कमजोर हुँदै गएको पुस्ता–अन्तर संवाद
७शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
८नेपाल एकीकरणका सुत्राधार राजा पृथ्वीनारायण शाह
९केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवासम्म एउटै पढाइमा
१०भुक्तानीमा ढिलाइले पर्वतका निर्माण व्यवसायी संकटमा
११सामाजिक सेवासँगै होटल व्यवसायमा रमेका युवा केसी
१२मुनाफा कम कर बढी हुँदा कबाडी व्यवसायी मर्कामा
१पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि तिमिल्सिना कान्छो उम्मेदवार
२सामाजिक सेवासँगै होटल व्यवसायमा रमेका युवा केसी
३जिल्लामा कमजोर हुँदै गएको पुस्ता–अन्तर संवाद
४केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवासम्म एउटै पढाइमा
५मुनाफा कम कर बढी हुँदा कबाडी व्यवसायी मर्कामा
६करिब चार महिनापछि वर्षा, खडेरीले थलिएको जनजीवनमा राहत
७नेपाल एकीकरणका सुत्राधार राजा पृथ्वीनारायण शाह
८शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
९स्वास्थ्य शिविरमा एकैदिन १३ सय बढीको परीक्षण
१०भुक्तानीमा ढिलाइले पर्वतका निर्माण व्यवसायी संकटमा
११संसदमा जाने प्रतिनिधि पर्वतको समग्र आवाज बन्न सक्नुपर्छ
१२पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा १७ जना उम्मेदवार

पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ । जिल्लाको कुश्मानगरपालिका वडा ५ जलकेनीमा संचालनमा रहेको छिपु बायोटेक्नोलोजी कम्पनीले चुत्रो र गुजरगानो प्रशोधनमा प्रयोग गरी फालिएको सल्फाइड युक्त अम्लले पोखरी बनेको हो ।
चाइनीज हर्वल उद्योगले गै¥हकाष्ठ जन्य पदार्थमा पर्ने चुत्रोको जरा, हाँगा र डाँठ साथै गुज्रोगानोलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ उत्पादन गरी विदेश निर्यात गर्ने गरेको छ । करीव ८ करोड लगानीमा संचालनमा ल्याइएको उद्योगले वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्ने भए पनि अहिलेसम्म गरेको छैन । छिपु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठले वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रियामा रहेको बताउनुहुन्छ ।
कुश्मानगरपालिका कार्यालय राजस्व शाखाकी कर्मचारी विन्दु शर्माका अनुसार नगरपालिकामा कम्पनी दर्ताका बेला छिपु कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाएको छैन । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबुझाएकै कारण कम्पनी दर्ता गरिदा पूँजी वृद्धि नगरिएको नगरपालिकाकी कर्मचारी शर्माको भनाई छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नै तयार नपारी गत आर्थिक वर्षको पुष महिनादेखि संचालनमा ल्याइएको कम्पनीले दैनिक २० टन जडीबुटी प्रशोधन गर्ने क्षमता राख्दछ । कम्पनीका सूचना अधिकारी श्रेष्ठका अनुसार उद्योगसम्म ल्याइएको जरा, हाँगा र डाँठलाई नुन, पानी र सल्फाइड युक्त अम्लमा कच्चा पदार्थमा केही दिन मिश्रण गरी भिजाउने, निकाल्ने र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ ।
हर्वल प्रशोधनमा प्रयोग गरिने सल्फाइड एसिड नामक पदार्थ वातावरणका लागि निकै खतरनाक हुने बताइन्छ । जानकारका अनुसार यो एसिडले पानी, माटो र हावाको गुणस्तरमा दीर्घकालीन क्षति पुराउने, वनस्पति र जीवजन्तुमा असर पुराउने साथै प्रदूषण फैलिदा ठूलो क्षेत्र प्रभावित हुने गर्दछ । छिपु कम्पनीका सूूचना अधिकारी श्रेष्ठले रसायन मात्रै नभई वर्षातको पानीका कारण पोखरी बनेको दाबी गर्नुभयो ।
कालीगण्डकी नदी किनारमा बनेको रसायनयुक्त पोखरीका कारण पानीको पिएच निकै घटाउने हुँदा जलीय जीव जस्तो माछा मर्न सक्छन् भने नदी समेत प्रदुषणको खतरामा छ । यो एसिडले मानव स्वास्थ्यमा समेत गम्भीर क्षति जस्तो छालामा जलन, आँखामा गम्भीर क्षति, सास फेर्दा घाँटी र फोक्सोमा क्षति पुराउन सक्छ ।
डिभिजन वन कार्यालय पर्वतका अधिकृत राजेश पोख्रेलका अनुसार वन पैदावर निकासी पुर्जी लिने बेला दिइएको जानकारी अनुसार छिपु कम्पनीले प्रारम्भदेखि अहिलेसम्म ४० हजार केजी प्रशोधित हर्वल धूलो उत्पादन गरिसकेको जनाएको छ ।



प्रतिक्रिया