
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ । जिल्लाको कुश्मानगरपालिका वडा ५ जलकेनीमा संचालनमा रहेको छिपु बायोटेक्नोलोजी कम्पनीले चुत्रो र गुजरगानो प्रशोधनमा प्रयोग गरी फालिएको सल्फाइड युक्त अम्लले पोखरी बनेको हो ।
चाइनीज हर्वल उद्योगले गै¥हकाष्ठ जन्य पदार्थमा पर्ने चुत्रोको जरा, हाँगा र डाँठ साथै गुज्रोगानोलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ उत्पादन गरी विदेश निर्यात गर्ने गरेको छ । करीव ८ करोड लगानीमा संचालनमा ल्याइएको उद्योगले वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्ने भए पनि अहिलेसम्म गरेको छैन । छिपु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठले वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रियामा रहेको बताउनुहुन्छ ।
कुश्मानगरपालिका कार्यालय राजस्व शाखाकी कर्मचारी विन्दु शर्माका अनुसार नगरपालिकामा कम्पनी दर्ताका बेला छिपु कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाएको छैन । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबुझाएकै कारण कम्पनी दर्ता गरिदा पूँजी वृद्धि नगरिएको नगरपालिकाकी कर्मचारी शर्माको भनाई छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नै तयार नपारी गत आर्थिक वर्षको पुष महिनादेखि संचालनमा ल्याइएको कम्पनीले दैनिक २० टन जडीबुटी प्रशोधन गर्ने क्षमता राख्दछ । कम्पनीका सूचना अधिकारी श्रेष्ठका अनुसार उद्योगसम्म ल्याइएको जरा, हाँगा र डाँठलाई नुन, पानी र सल्फाइड युक्त अम्लमा कच्चा पदार्थमा केही दिन मिश्रण गरी भिजाउने, निकाल्ने र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ ।
हर्वल प्रशोधनमा प्रयोग गरिने सल्फाइड एसिड नामक पदार्थ वातावरणका लागि निकै खतरनाक हुने बताइन्छ । जानकारका अनुसार यो एसिडले पानी, माटो र हावाको गुणस्तरमा दीर्घकालीन क्षति पुराउने, वनस्पति र जीवजन्तुमा असर पुराउने साथै प्रदूषण फैलिदा ठूलो क्षेत्र प्रभावित हुने गर्दछ । छिपु कम्पनीका सूूचना अधिकारी श्रेष्ठले रसायन मात्रै नभई वर्षातको पानीका कारण पोखरी बनेको दाबी गर्नुभयो ।
कालीगण्डकी नदी किनारमा बनेको रसायनयुक्त पोखरीका कारण पानीको पिएच निकै घटाउने हुँदा जलीय जीव जस्तो माछा मर्न सक्छन् भने नदी समेत प्रदुषणको खतरामा छ । यो एसिडले मानव स्वास्थ्यमा समेत गम्भीर क्षति जस्तो छालामा जलन, आँखामा गम्भीर क्षति, सास फेर्दा घाँटी र फोक्सोमा क्षति पुराउन सक्छ ।
डिभिजन वन कार्यालय पर्वतका अधिकृत राजेश पोख्रेलका अनुसार वन पैदावर निकासी पुर्जी लिने बेला दिइएको जानकारी अनुसार छिपु कम्पनीले प्रारम्भदेखि अहिलेसम्म ४० हजार केजी प्रशोधित हर्वल धूलो उत्पादन गरिसकेको जनाएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया