
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

राष्ट्रियस्तरको माध्यमिक शिक्षा परीक्षा-एसइइ) सुरु भएको आज पहिलो दिन पर्वतमा शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा संचालन गरिएको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार सबै परीक्षा केन्द्रहरुमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । परीक्षा केन्द्रमा अनुगमनलाई समेत प्रभावकारी बनाइएको थियो । समन्वय इकाइले जनाए अनुसार कुनै पनि परीक्षा केन्द्रमा अप्रिय घटना हुन पाएको छैन । समन्वय इकाइ कार्यालयका प्रमुख मतिलाल चपाईका अनुसार परीक्षा मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न भएको छ ।
देशभरबाट यसपालीको एसइइ परीक्षामा ५ लाखभन्दा बढी विद्यार्थीहरु सहभागी छन् । पर्वतमा पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८४ जनाले परीक्षा दिने तयारी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।
समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा विद्यार्थी संख्या घट्दा विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या पनि कम हुँदै गएको हो । ग्रामीण क्षेत्रबाट बसाइँसराई बढ्नु, अभिभावकको रोजगारीका लागि विदेश तथा शहरतर्फ पलायन हुनु तथा निजी विद्यालयतर्फ आकर्षण बढ्नु, घट्दो जन्मदरका कारण विद्यार्थी संख्या घट्दै गएको सरोकारवालाको ठम्याई छ ।
जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केही सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ । जिल्लाका ३२ बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेका छन् । विद्यालय मर्जको प्रक्रिया अगाडि बढाउन सकेको देखिदैन । ।
जिल्लाभर विद्यार्थीको संख्या घट्दो दरमा रहेको भएपनि सदरमुकाम कुश्मामा रहेको नारायण माध्यामिक विद्यालयले अघिल्लो वर्षभन्दा यसवर्ष बढी विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराएको छ । नारायण माविका प्रअ प्रकाश रिजालका अनुसार यसवर्ष एसईईमा सहभागी हुनेको विद्यार्थीको संख्या १ सय २५ रहेको छ ।
एसर्ईई परीक्षाका लागि जिल्लामा ९ वटा परीक्षा केन्द तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन भनी परीक्षा केन्द्र रहने विद्यालयमा सम्वन्धित विद्यालयको शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिइएको जनाइएको छ । शिक्षा मन्त्रालयले यसपाली एसइइ परीक्षाको नतिजा एक महिना भित्रै प्रकाशित गर्ने बताइसकेको छ । शिक्षा समन्वय इकाइका सहायक प्राविधिक चिरञ्जिवी न्यौपानेका अनुसार परीक्षा सम्पन्न हुँदा साथै विषयगत शिक्षकले समन्वय इकाइ कार्यालयको परीक्षण केन्द्रमा उत्तरपुस्तिका चेकजाँच गर्ने व्यवस्था मिलाईएको छ । उत्तरपुस्तिका चेकजाँच व्यवस्थित होस् भनी अन्तरपालिकाका शिक्षकहरुलाई जिम्मेवारी दिइनेछ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया