
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

राष्ट्रियस्तरको माध्यमिक शिक्षा परीक्षा-एसइइ) सुरु भएको आज पहिलो दिन पर्वतमा शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा संचालन गरिएको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार सबै परीक्षा केन्द्रहरुमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । परीक्षा केन्द्रमा अनुगमनलाई समेत प्रभावकारी बनाइएको थियो । समन्वय इकाइले जनाए अनुसार कुनै पनि परीक्षा केन्द्रमा अप्रिय घटना हुन पाएको छैन । समन्वय इकाइ कार्यालयका प्रमुख मतिलाल चपाईका अनुसार परीक्षा मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न भएको छ ।
देशभरबाट यसपालीको एसइइ परीक्षामा ५ लाखभन्दा बढी विद्यार्थीहरु सहभागी छन् । पर्वतमा पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८४ जनाले परीक्षा दिने तयारी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।
समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा विद्यार्थी संख्या घट्दा विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या पनि कम हुँदै गएको हो । ग्रामीण क्षेत्रबाट बसाइँसराई बढ्नु, अभिभावकको रोजगारीका लागि विदेश तथा शहरतर्फ पलायन हुनु तथा निजी विद्यालयतर्फ आकर्षण बढ्नु, घट्दो जन्मदरका कारण विद्यार्थी संख्या घट्दै गएको सरोकारवालाको ठम्याई छ ।
जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केही सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ । जिल्लाका ३२ बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेका छन् । विद्यालय मर्जको प्रक्रिया अगाडि बढाउन सकेको देखिदैन । ।
जिल्लाभर विद्यार्थीको संख्या घट्दो दरमा रहेको भएपनि सदरमुकाम कुश्मामा रहेको नारायण माध्यामिक विद्यालयले अघिल्लो वर्षभन्दा यसवर्ष बढी विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराएको छ । नारायण माविका प्रअ प्रकाश रिजालका अनुसार यसवर्ष एसईईमा सहभागी हुनेको विद्यार्थीको संख्या १ सय २५ रहेको छ ।
एसर्ईई परीक्षाका लागि जिल्लामा ९ वटा परीक्षा केन्द तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन भनी परीक्षा केन्द्र रहने विद्यालयमा सम्वन्धित विद्यालयको शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिइएको जनाइएको छ । शिक्षा मन्त्रालयले यसपाली एसइइ परीक्षाको नतिजा एक महिना भित्रै प्रकाशित गर्ने बताइसकेको छ । शिक्षा समन्वय इकाइका सहायक प्राविधिक चिरञ्जिवी न्यौपानेका अनुसार परीक्षा सम्पन्न हुँदा साथै विषयगत शिक्षकले समन्वय इकाइ कार्यालयको परीक्षण केन्द्रमा उत्तरपुस्तिका चेकजाँच गर्ने व्यवस्था मिलाईएको छ । उत्तरपुस्तिका चेकजाँच व्यवस्थित होस् भनी अन्तरपालिकाका शिक्षकहरुलाई जिम्मेवारी दिइनेछ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया