
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

यो ब्रम्हाण्ड उर्जामय छ । हरेक प्राणी उर्जाकै उत्पत्ति हो । उर्जाले हामीलाई धर्तीमा ल्याउँछ । उर्जा फेरि आफ्नै लयमा विलिन हुन्छ । मानिसको मृत्यु पनि उर्जाकै विलिनता हो । उर्जा भनिरहँदा धेरै प्रकारका उर्जा हुन्छन् । विज्ञानले पनि उर्जा एक रुपबाट अर्को रुपमा रुपान्तरण हुन सक्छ भन्छ – विद्युत–प्रकाश–ताप) ।
यहाँ भनिरहेको उर्जा भौतिकतासँग जोडिएको पक्ष हो भने अर्को उर्जा प्राण शक्ति र विचारसँग जोडिएको पक्ष हो । प्राणशक्ति र विचारको लय मिलाउने साथै मनमस्तिष्कमा आउने नकारात्मक उर्जासँग दुरता राख्ने कला नै ध्यान हो । अझ प्रकृतिसँग नजिक भन्दा नजिक हुने कला पनि ध्यान हो । हामी प्रकृतिसँग टाढा हुत्तिदै गएको अवस्था अहिलेको छ । हाम्रो आहार, विहार र विचार हरकुरा प्रकृतिदेखि परपर हुँदै गइरहेको छ । प्रकृतिसँग पर हुत्तिनुको मतलब आफ्नो मौलिक संस्कृतिबाट धेरै टाढा पुग्नु पनि हो । प्रकृतिसँग टाढा हुत्तिनुको मतलब जिउन जानेन र जीवन जिउन जिउनेको लय जानेन अनि विग्रियो भन्ने हुन्छ । यहाँ प्रकृति भनेको केवल बाह्य मात्रै हैन आन्तरिक जगतको पनि कुरा गरिदै छ ।
व्यक्ति हरसमय आनन्दी, शान्त, प्रेमिल हुनु प्राकृतिक हो भने रिसराग, अशान्त, क्रोधमा आउनु अप्राकृतिक अवस्था हो । अप्राकृतिक अवस्थाको मानिसमा नकारात्मक उर्जाले स्थान जमाएको हुन्छ । नकारात्मक उर्जाको सीमा वृद्धि हुँदै जाँदा अनेकखाले उपद्रोह मानिसले भौतिक जगतमा देखाउँछ । व्यक्तिले कुनै पनि कुराको उपद्रोह भौतिक जगतमा देखाउनु भन्दा पहिला उसलाई नकारात्मक उर्जाले फनफनी बेरिसकेको हुन्छ । व्यक्तिले होस गुमाइसकेको हुन्छ तर उसले पत्तै पाउँदैन ।
नकारात्मक उर्जाका कारण व्यक्तिको गुमिसकेको होस खुलाउने भन्ने कुरा सा¥है जटिल रहन्छ । व्यक्ति स्वयंम जागृत नभएसम्म होस खुल्ने भन्ने कुरा कल्पना मात्रै हो । व्यक्ति जागृत तबसम्म हुने छैन जबसम्म उसले नकारात्मक उर्जाले तयार पारिदिएको भ्रंमको जालोबाट गहिरो गरी चोट पाउदैन । कतिपय मानिसहरु पुरै बेहोसीमै पुराका पुरा जीवन विताइ दिएका हुन्छन् भने कतिपयले कुनै घटना र कालखण्डमा पुगेपछि होस खुलेको अनुभूति गर्दछन् ।
बेहोसी खुल्नु भनेको लोकल ठर्राको मादकताले छोड्नु जस्तै पनि हो । ठर्राको मादकताले पुरै बेहोसीमा रहेको व्यक्तिले के गरे र के बोले भन्ने कुराको पत्तै नपाउने हुन्छन् । भोलिपल्ट छोडेपछि जड्याको अलिकति होस खुलेजस्तै हुन्छ । जड्यालाई जाँडको हयाङ केहीबेर खुल्छ । अर्को दिन त्यही ह्याङको खोजीमा उ फेरि दगुरिरहन्छ । आज हरेक मान्छे उही एक जड्या ह्याङमा भएजस्तै आफ्नो खोज र रुचिका भौतिक क्षणभगुंर सुख प्राप्तिको खोजमा साँझविहान कुदिरहेको छ । बेहोसीको दगुराइ होडमा कतिबेला कहाँनेर प्राणपेखरु फुत्किएर अनन्तमा उड्छ ।
यहाँ प्रश्न उठ्छ कि मुन्छे बेहोसीमै प्राणपखेरु उडाउने या होसमा जीवन जिउनका लागि सकारात्मक उर्जा प्राप्तिको बाटोमा लाग्ने ? यो गम्भीर प्रश्न हो । खासगरी युवापंक्तिका लागि यो प्रश्न महत्वपूर्ण छ । सकारात्मक उर्जा कहाँ र कसरी प्राप्त गर्ने भन्ने ? यो फेरि अर्को प्रश्न हुन सक्छ युवा पंक्तिका लागि । सकारात्मक उर्जा खोज्न कहि जानु पर्दैन । हरेक व्यक्तिभित्र नै सकारात्मक उर्जा भरपुर रहेको हुन्छ । यो उर्जाका लागि विर्को खोल्न चाहिँ जान्नुपर्छ । ढंग चाहिन्छ । यो ढंग नै ध्यान हो ।
ध्यानले सकारात्मक उर्जालाई केन्द्रित गर्छ र मान्छेको बेहोसीपनलाई कम गर्दै लैजान्छ । बेहोसीपन कम हुँदै जानु भनेको सुखको लेभल वृद्धि हुँदै जानु हो । ध्यानबाट अलिकति पनि सुखबोध गर्न पाएपछि बाँकी कुरा मुन्छेलाई के नै पो चाहियो र ? मुन्छे अहिले आफैलाई प्रेम गर्न विर्सेको छ । जसको परिणाम मान्छे एक्लोपन, निराशा, भय, चिन्ता र डिप्रेस जस्ता अति नै नमज्जा लाग्ने तत्वहरुको शिकार भएको छ । भएभरको प्रेमको मुहान भनेको ध्यानमै लुकेको छ । प्रेम उर्जाको स्रोत भनेकै आहार, विहार र विचारको समष्टि सन्तुलन हो । यी तीन कुरामा ख्याल र होस नपुराउनुको परिणाम मानिसलाई नकारात्मक उर्जाको चक्रव्यूहले डसेको छ ।
अब फेरि प्रश्न उठ्छ कि नकरात्मक उर्जाको चक्रब्यूहबाट मुन्छे कसरी उम्कने ? जबकि जिन्दगीभर नकारात्क उर्जाकै निमन्त्रणा दिदै मुन्छेले आफूलाई विर्सिसकेको छ । यो प्रश्नको सवाल त्यति सजिलो छैन । मुन्छेले केही समय त्याग, तपस्या र साधना गर्नैपर्छ । जिन्दगीको यात्राको दिशा केही हदसम्म बदल्ने हिम्मत र आँट गर्नैपर्छ । केही प्राप्तिका लागि केही गुमाउन त प¥यो नि । यहाँ गुमाउने कुरा भनेकै नकारात्मक उर्जाको पृष्ठपोषण गर्दै आएका आहार, विहार र विचारलाई हटाउनु हो । यो देख्दा र सुन्दा जति सजिलो छ उति नै जटिल र गहन पनि छ । एउटा भनाई छ नि नानीदेखिको बानी छोडेर नजानी । हो यही भनाई जस्तै कतिपय मुन्छेले आफ्नो नकारात्मक उर्जालाई समेत कहिल्यै हटाउन नसकिने र जीवनकै एक अभिन्न पाटो जस्तै भएको महसूस गर्दछन् ।
कतिपय मान्छेलाई लाग्न सक्छ भौतिक कुराको प्राप्ति र त्यसबाट मिल्ने सुख नै सवैथोक हो । यो भनेको बत्तीको पुतली जस्तै नियतिका मान्छे हुन् । मुतको न्यानोमै रमाउने मुन्छेसँग धेरै कुरा गर्नु उपयुक्त हुँदैन । भौतिकताबादीलाई भौतिक चीज जुन प्रत्यक्ष देख्न, सुन्न र छुन सकिन्छ । यहीँ नै सवथोक लाग्नु र अन्तिम सत्य मान्नु पनि स्वभाविक कुरा हो । हरेक भौतिक चीजको सीमा हुन्छ । सीमा भन्दा पार जान र देख्न कठिन हुन्छ । सवै मानिसलाई कुनै पनि विषयको सीमा भन्दा पार जाने हुँटहुटी हुनसक्छ तर सवैको हुँटहुँटी पुरा हुँदैन । सीमाभन्दा पार जानका लागि हुँटहुँटीले मात्रै नभई पागलपन चाहिन्छ । गन्तव्य र लक्ष्य हासिल गर्नु नै छ भने पागनपनलाई गहन साधनामार्गमा रुपान्तरण गरिनुपर्छ ।
साधनामार्गमा रुपान्तरणको पहिलो सिढी ध्यान हो । ध्यानले नै अन्तरजगतको बाटोलाई खुला राजमार्ग बनाइदिन्छ । जहाँ मानिसको अवचेतन विचार तरंग ब्रम्हाण्डीय सत्तासँग जोडिने सत्प्रयासमा लम्किन्छ । ब्रम्हाण्डीय सत्तासँग त्यो आनन्द र प्रेमिल सत्ताको यात्रामा लम्किनु पहिल्यै नै मानिसको विचार तत्वमा सकारात्मक उर्जाले स्थान जमाइसकेको हुन्छ । नकारात्मक उर्जाको प्रभाव कम हुँदै गैरहेको हुन्छ ।
मानिसको मन जब सन्तुलित, निर्मल, निस्वार्थी, पवित्र बन्दै जानु नै परमसत्ताको यात्रामा यात्रारत छ भन्ने खास प्रमाण हो । यहाँ एउटा मात्रै उदाहरण दिन चाहान्छु कि कुनैबेला तिम्रो जीवनको कालखण्डमा तिमीलाई कुनै नकारात्मक उर्जा भएको व्यक्तिले विना कारण बेस्सरी दुःख दिएको थियो । केही कालखण्डपछि त्यो हिजो तिमीलाई दुःख र पीडा दिएको व्यक्ति तिम्रा सामु आएर सहयोगको याचना गर्दछ । उसको सहयोगको याचनालाई तिम्रो मनले सहर्ष सकारात्मक रुपमा लिई सक्दो सहयोग गर्छौ र कुनै पनि प्रतिशोधको भावना तिम्रो मनमा उप्रति खेल्दैन भने अब प्रष्ट हुन्छ कि तिमी ध्यानसाधनाको मार्गमा योग्य हुँदैछौ ।
जीवन र जगतलाई बुझ्नु जति कठिन छ त्यो भन्दा कठीन तिमीले तिमीलाई बुझ्न झन् कठिन छ । आफूले आफूलाई बुभ्mने र खोज गर्ने पहिलो माध्यम नै ध्यान हो । ध्यान भनेकै वास्तविक प्रेमको खोज हो ध्यानसाधनाले नै तिमीलाई तिम्रो वास्तविक प्रेमको स्वरुपमा पहुँच दिन्छ । साधनाको पहिलोशर्त नै आहार, विहार र विचारमा सकारात्मक सन्तुलन ल्याउनु हो । ब्रम्हचर्यको परिपालना, सत्संग, शक्तिपीठको यात्रा, हिमालयको यात्रा, योगी र गुरुहरुको आत्माकथाको अध्ययन, प्राकुतिक वातावरणमा एक्लो पैदल यात्रा गर्दै अगाडि बढ्नु हो । जसबाट मानव जीवन सकारात्मक उर्जाले भरिभराउ बन्नेछ । आनन्द, खुशी, प्रेम यी सवै सवै कुराले तिमीलाई पछ्याउदै जानेछन् । तिम्रो जीवन धन्य हुनेछ ।
लेखक प्रनिश गिरी सहारापाटी डटकमका सम्पादक हुनुहुन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया