
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जिल्लाको उत्तरभेगमा अवस्थित जलजला हमपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतका पत्रकारहरुको एक टोलीले पैदल यात्रा गरेको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्व बोकेको क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित यात्रा आयोजना गरिएको हो ।
पत्रकार महासंघ पर्वतको अगुवाइ गरिएको पैदलयात्रामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु सहभागी उक्त टोलीले जलजला गाउँपालिकाको जलजला भन्ने स्थानबाट यात्रा सुरु गरेको हो । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाका अनुसार पत्रकार टोलीले समुद्र सतहदेखि ३३ सय मिटर उचाईमा रहको जलजला क्षेत्रको हमपालको लेकदेखि मोदीगाउँपालिकाको हम्पाल लेक, माटेको लेक, डाँडाकमेरे, भमरकोट, भुकदेउराली, लप्सीबोट, कास्की विरेठाँटी, नयाँपुल हुँदै पर्वतकै डिमुवादेखि मोदी ८ मा रहेको पर्यटकीय चित्रेगाउँसम्म पैदल यात्रा सम्पन्न गरेको थियो ।
भ्रमण टोलीले हमपाल क्षेत्रमा पर्ने जलजला सरोवर, हमपाल-ओमपाल), सिर्पु लगायतका स्थानहरुका सम्भावना, चुनौती र स्थानीय जनजीवनको अवस्थाबारे स्थलगत अवलोकन गरेका छन् । यात्रा क्रममा पत्रकारहरुले थरीथरी रंगमा लटरम्म फूलेका लालीगुराँस रुखहरुले सजिएको हप्माल लेकको प्राकृतिक दृश्यावलोकन, जैविक विविधता तथा स्थानीय कलासंस्कृतिको दस्तावजीकरणसमेत गरेका थिए । हम्पाल क्षेत्रमा मात्रै लालीगुराँसका विभिन्न थरीका फूलहरु फूल्ने रुखहरु पाइन्छन् ।
हम्पाल क्षेत्र स्थानीय जलजला गाउँपालिका र मोदी गाउँपालिका क्षेत्रमा पर्ने हुँदा पनि स्थानीय पालिकाले यस क्षेत्रको पर्यटकीय विकासका लागि चासो देखाएका छन् । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले हम्पाल क्षेत्रको दिगो विकासका लागि सडक निर्माण, धर्मशाला निर्माण, पदमार्ग विस्तार, विद्युत तथा इन्टरनेट पहुँच, खानेपानीको व्यवस्था, भगवान शिवको मूर्ति तथा मन्दिर निर्माण, जटभरतको मूर्ति स्थापना, गौतम बुद्धको मूर्ति स्थापना लगायतका योजना रहेको उल्लेख गरेका थिए ।
पत्रकारहरुका अनुसार कालाञ्जर क्षेत्रमा आकर्षक पदमार्ग, मनमोहक हिमश्रृंखला दृश्य, ऐतिहासिक स्थल र धार्मिक आस्थाका केन्द्रहरु रहेका छन् । पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र पहुँच मार्गको समस्या जस्ता कारणले अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन् । यात्रामा सहभागी पत्रकार महिन्द्र जीसीले कालान्जर क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । यहाँको सम्भावना निकै ठुलो छ तर आवश्यक पूर्वाधार र प्रचार नहुँदा ओझेलमा परेको छ ।
जलजला क्षेत्रमा विगत ३ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका स्थानीय टिका पुनले पर्यटकीय विकासका नाममा जथाभावी भौतिक संरचना बनाउदा यहाँको मौलिक प्राकृतिक स्वरुप विगार्न नहुने र जंगल पैदल यात्रा नै उपयुक्त हुने सुझाउनु हुन्छ । पर्यटकीय क्षेत्रमा स्थानीय होटल व्यवसायीहरुले विद्युत र संचार इन्टरनेटको सुविधाको निकै खाँचो रहेको गुनासो गरेका छन् । स्थानीय बासिन्दा सिर्पु लगायतका स्थानलाई योगसाधना र ध्यान केन्द्रका रुपमा संरक्षण गर्न सकिने धारणा राख्दै पत्रकारहरुको यस पहलले क्षेत्रको पहिचान बढ्ने अपेक्षा व्यक्त गरेका छन् । पत्रकारहरुले आगामि दिनमा पनि जिल्लाका विभिन्न क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाएका छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया