
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा शिक्षा ऐन कार्यान्वय नहुँदा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियुक्ति प्रक्रिया प्रभावित बनेको छ । शिक्षा ऐन विपरित हुने गरी एकै व्यक्ति वर्षौदेखि प्रअको कुर्सीमा रहँदै आएका छन् ।
शिक्षा ऐन अनुसार पाँच वर्ष भन्दा बढी बसिरहेका प्रधानाध्यपकहरु शिक्षा ऐन २०५९ मा उल्लेख गरिएको नियुक्ति प्रक्रिया पुरा गरी आएका छैनन् । जिल्ला समन्वय इकाइ कार्यालय पर्वतले विद्यालयमा प्रअको नियुक्ति प्रक्रिया पुरा गर्न पटकपटक विद्यालयलाई ताकेता गरे पनि हुन नसकेको जनाएको छ ।
जिल्लाभर आभारभूत तथा माध्यमिक तहका विद्यालयहरु २ सय ७२ वटा रहेकोमा अहिलेसम्म जम्मा ५ वटा विद्यालयको प्रअ मात्रै शिक्षा ऐन अनुसार प्रक्रिया अनुसार भएका छन् । जिल्लामा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा प्रधानाध्यापकको भूमिका अत्यन्तै महत्वपूर्ण र बहुआयामिक हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मतिलाल चपाई बताउनुहुन्छ ।
प्रमुख चपाई भन्नुहुन्छ–ूजिल्लाका केही विद्यालय बाहेक अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको छ । प्रक्रिया पुरा गरेर प्रअको नियुक्ति भएको छैन । जिल्लामा पहिले भएका दुई र साउनदेखि यता तीन वटा गरी अहिलेसम्म पाँच वटा विद्यालयमा मात्रै प्रक्रिया पुरा गरी नियुक्ति भएका छन् । प्रक्रिया पुरा गरी प्रअ नियुक्ति भएका विद्यालयमा शैक्षिक अवस्था तुलनात्मक रुपमा राम्रो छ ।ू
समन्वय इकाई पर्वतका प्रमुख चपाईका अनुसार प्रतिस्पर्धात्मक विधिबाट प्रअ चयन हुन नसकेको बाँकी धेरैजसो विद्यालयमा प्रअको विषयमा सिनियर र जुनियर भनी विवाद, आन्तरिक रुपमा अनेकखाले मुद्धा हाल्ने, शिक्षकहरु विच नै असन्तुष्टि चुलिएको साथै शैक्षिक मनोविज्ञान नै धूमिल रहेको अवस्था छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकको सेवा अवधि शिक्षा ऐन अनुसार ५ वर्षको हुने भनी प्रष्ट उल्लेख छ भने प्रधानाध्यापक नियुक्तिका लागि सम्वन्धित विद्यालयका योग्यता पुगेका शिक्षकहरुले विद्यालय विकास प्रस्ताव पेश गरी खुला प्रतिस्पर्धा मार्फत् छनौट हुनुपर्छ ।
जिल्लाको कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुवेदीले प्रतिस्पर्धात्मक तवरबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनौट गर्नु शैक्षिक गुणस्तर सुधारका लागि राम्रो हुने भए पनि अहिलेकै अवस्थामा त्यति सजिलो नभएको तर्क गर्दै भन्नहुन्छ–ूधेरैजसो सामुदायिक विद्यालयमा स्थायी दरवन्दी अनुसारको शिक्षक छैनन् । नगरपालिका भित्रका कतिपय माविमा अस्थायी र राहत शिक्षकले प्रअको भूमिका निभाउनु परेको छ । प्रअको रुपमा काम गर्नेलाई राम्रो सेवासुविधा हुनुपर्छ । अतिरिक्त स्थायी दरवन्दी तयार गरी खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गरेमा मात्रै शैक्षिक सुधारमा सहज हुन्छ ।ू
सामुदायिक विद्यालयको शैक्षिक नेतृत्व प्रदान गर्ने, पाठ्यक्रम र पठन–पाठनको गुणस्तर सुधार्ने, स्रोत व्यवस्थापन र पूर्वाधार विकास, अनुशासन र सकारात्मक वातावरण कायम गर्ने, समुदायसँगको साझेदारी बलियो बनाउने, नवप्रवर्तन र प्रविधिको प्रयोग प्रोत्साहित गर्ने जस्ता महत्वपूर्ण काम प्रधानाध्यपकको हुन्छ । प्रअको दृष्टि, नेतृत्व क्षमता र व्यवस्थापन सीपले विद्यालयको शैक्षिक गुणस्तरमा सीधा प्रभाव पार्ने भए पनि सामुदायिक विद्यालयमा प्रध्यानापक नियुक्तिको विषयमा स्थानीय सरकारले ध्यान पुराउन नसकेको अभिभावकहरुको गुनासो छ ।
सामुदायिक विद्यालयको प्रअ नियुक्तिको विषयलाई लिएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र शासकीय सुधार शाखाले ताकेता गरेपछि शिक्षा विकास तथा समन्वय इकाई पर्वतले सामुदायिक विद्यालयलाई आवश्यक प्रक्रिया पुरा गरी प्रअ छनौट गर्न पत्राचार गरेको इकाई कार्यालयले जनाएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया