
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन अलपत्र हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । श्री रम्बा देवी माता आधारभूत विद्यालयको पुरानो भौतिक संरचना जिर्ण भएपछि तीन वर्ष पहिले पक्की भवन बनाउन थालिएको हो ।
विहादी गाउँपालिका वडा ४ वहाकी लिम्सिङमा रहेकोे विद्यालयको भवन सम्पन्न नहुँदा विद्यार्थीहरु कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थीहरु पठनपाठन गर्दै आएको प्रअ शिवानी पुनले बताउनुभयो । विद्यार्थीहरुलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउदै आइएको छ । विद्यालयको भवन बनाउन भनी स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका हुन् ।
स्थानीय अभिभावक ज्ञान प्रसाद भुषालका अनुसार वि.सं.२०४५ सालमा स्थापित विद्यालयको भवन जिर्ण भएपछि टिनको छाना भएको दुई कोठे भवन केही वर्ष पहिले बनाइएको थियो । भिरालो जग्गामा निर्माणाधिन भवनलाई पहिरोले पुरेपछि नयाँ पक्की भवन बनाउन थालिएको हो । विद्यालयको निर्माणाधिन भवन अलपत्र पारिएपछि विद्यार्थी संख्या समेत घट्न पुगेको स्थानीयको गुनासो छ ।
साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रअ पुनले दुःखेसो पोख्नुहुन्छ । वर्षायाममा पहिरोको डर, हिउँदमा हावाहुरीको त्रासले विद्यार्थीको सुरक्षित पढ्न पाउने अधिकार कुण्ठित गराउँदा समेत कसैको ध्यान पुग्न नसकेको स्थानीयबासीको गुनासो छ ।
विद्यालयकी प्रअ पुन भन्नुहुन्छ–पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन । कक्षाकोठामा वेन्च टेबुल छैन । फर्निचर र शैक्षिक सामाग्री अभावले कार्यालय व्यवस्थित छैन । विद्यालयमा पिउने पानीको समेत सुविधा छैन । दिशापिसाबका लागि चर्पीको व्यवस्था छैन ।
पालिकाका शिक्षा शाखा प्रमुख भीम बहादुर नेपालीले विद्यालयको दयनीय अवस्थाबारे जानकार हुँदाहुँदै पनि आर्थिक अभावले केही गर्न नसकिएको बताउनुभयो । शिक्षा शाखा प्रमुख नेपालीका अनुसार तीन वर्षपहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख रकम खर्चिएर भवन निर्माणको कार्य थालिएको थियो ।
विद्यालयमा हाल स्थायी दुई जना शिक्षक साथै अस्थायी राहत करार दरवन्दी, बालशिक्षा सहजकर्ता सहित कार्यलय सहयोगी गरी छ जना जनशक्ति कार्यरत छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया