
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन अलपत्र हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । श्री रम्बा देवी माता आधारभूत विद्यालयको पुरानो भौतिक संरचना जिर्ण भएपछि तीन वर्ष पहिले पक्की भवन बनाउन थालिएको हो ।
विहादी गाउँपालिका वडा ४ वहाकी लिम्सिङमा रहेकोे विद्यालयको भवन सम्पन्न नहुँदा विद्यार्थीहरु कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थीहरु पठनपाठन गर्दै आएको प्रअ शिवानी पुनले बताउनुभयो । विद्यार्थीहरुलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउदै आइएको छ । विद्यालयको भवन बनाउन भनी स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका हुन् ।
स्थानीय अभिभावक ज्ञान प्रसाद भुषालका अनुसार वि.सं.२०४५ सालमा स्थापित विद्यालयको भवन जिर्ण भएपछि टिनको छाना भएको दुई कोठे भवन केही वर्ष पहिले बनाइएको थियो । भिरालो जग्गामा निर्माणाधिन भवनलाई पहिरोले पुरेपछि नयाँ पक्की भवन बनाउन थालिएको हो । विद्यालयको निर्माणाधिन भवन अलपत्र पारिएपछि विद्यार्थी संख्या समेत घट्न पुगेको स्थानीयको गुनासो छ ।
साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रअ पुनले दुःखेसो पोख्नुहुन्छ । वर्षायाममा पहिरोको डर, हिउँदमा हावाहुरीको त्रासले विद्यार्थीको सुरक्षित पढ्न पाउने अधिकार कुण्ठित गराउँदा समेत कसैको ध्यान पुग्न नसकेको स्थानीयबासीको गुनासो छ ।
विद्यालयकी प्रअ पुन भन्नुहुन्छ–पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन । कक्षाकोठामा वेन्च टेबुल छैन । फर्निचर र शैक्षिक सामाग्री अभावले कार्यालय व्यवस्थित छैन । विद्यालयमा पिउने पानीको समेत सुविधा छैन । दिशापिसाबका लागि चर्पीको व्यवस्था छैन ।
पालिकाका शिक्षा शाखा प्रमुख भीम बहादुर नेपालीले विद्यालयको दयनीय अवस्थाबारे जानकार हुँदाहुँदै पनि आर्थिक अभावले केही गर्न नसकिएको बताउनुभयो । शिक्षा शाखा प्रमुख नेपालीका अनुसार तीन वर्षपहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख रकम खर्चिएर भवन निर्माणको कार्य थालिएको थियो ।
विद्यालयमा हाल स्थायी दुई जना शिक्षक साथै अस्थायी राहत करार दरवन्दी, बालशिक्षा सहजकर्ता सहित कार्यलय सहयोगी गरी छ जना जनशक्ति कार्यरत छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया