
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको देव–नारायण अक्षय कोष प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराइ संस्थाको गतिविधिबारे जानकारी गराएको थियो ।
कार्यक्रमको अवसरमा गोरखापत्रकर्मी सहितका तीन पत्रकारहरु सम्मानित भएका छन् । जिल्लामा रही समाज र समुदायका गतिविधिलाई समाचारमार्फत् पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले शनिवार पत्रकारहरुलाई सम्मान गरेको हो ।
वार्षिकोत्सव कार्यक्रमकाबिच प्रतिष्ठानले गोरखापत्र दैनिकमा कार्यरत पत्रकार गिरी सहित जिल्लामा क्रियाशील पत्रकारहरु ओमप्रसाद घायल, सन्तोष थापालाई दोसल्ला, सम्मानपत्र तथा नगद सहित सम्मान गरेको थियो । जिल्लाको कुश्मानगरपालिका वडा ३ दुर्लुङमा भएको कार्यक्रममा वक्ताहरुले पत्रकारिताले समाजमा सत्य सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रितम गुरुङले समाजिक तथा धार्मिक गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा पनि समाजसेवा, सांस्कृति संरक्षण र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । गाउँका विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको थियो । सोही कार्यक्रममा संस्थाले प्रदेश अस्पताल कुश्मा पर्वतको गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न योगदान पुराएको भनी निवर्तमान अध्यक्ष शंकर गिरीलाई सम्मानित गरेको थियो ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रतिष्ठानका सदस्य तथा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको समेत सहभागीता थियो । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी प्रमुख अतिथि रहनुभएको सोही कार्यक्रममा बोल्ने वक्ताहरुमा सामाजिक व्यक्तित्वहरु ईच्छा बहादुर गुरुङ, शंकर गुरुङ, सहायक प्रजिअ गणेश शर्मा पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी, कांग्रेसका यृुवा नेता रामकिस्न मल्ललगायतले संस्थाले पुराएको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया