
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

मुनाफा कम तर कर बढी लगाउदा स्थानीय फोहोर व्यवस्थापनमा योगदान पुराउने कवाडी व्यवसायी मर्कामा परेका छन् । नगरपालिका पिच्छे हुने एकै वस्तुमा करको फरक दर र कर नीति स्पष्ट हुन नसक्दा कवाडी व्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेका हुन् ।
सर्लाही विष्णु गाउँपालिका वडा ७ वत्रौल घर भएका ४१ वर्षे राम पवित्राले कवाडी व्यवसाय गर्न थालेको २० वर्ष बढी भइसकेको छ । पहिले विरगंजतिर नै कवाडी पेशा गर्दै आएका पवित्राले विगत ५ वर्षदेखि भने पर्वतको कुश्मा नगरपालिका ७ स्थित खरेहाबाट संचालन गर्दै आएका छन् । आफ्नो परिवार सहित व्यवसाय गर्दै आएका पवित्राले दोहोरो करका कारण पेशा नै छोड्नु पर्ने अवस्था आएको दुःखेसो गर्नुभयो ।
कबाडी व्यवसायी पवित्राले भन्नुहुन्छर्–पर्वतमा व्यवसाय राम्रो हुन्छ भनी विरगंज छोडेर आएको हो । यता धेरै ठाउँमा पटक पटक कर तिर्नु पर्दा व्यवसाय धान्न पनि धौंधौ भएको छ ।’ गणपति कवाड नामबाट कवाडी व्यवसाय संचालन गर्दै आएका पवित्रासँग हाल ६ जनाले रोजगारी पाएका छन् । जिल्लाको बजार क्षेत्र साथै गाउँगाउँ पुगेर कबाडी सामाग्रीहरु संकलन गर्ने कामदारले औसतमा १५ देखि २५ हजार रुपैयाँसम्म कमाइ गर्ने पवित्राको भनाई छ ।
जिल्लामा देखापरेको बढ्दो बसाइसराई र विकास निर्माणका कार्यहरुमा भएको सुस्तताको असर कबाडी व्यवसायमा समेत प्रत्यक्ष परेको व्यवसायीहरुको गुनासो छ । कवाडी सामान संकलनको परिमाण वर्षेनी घट्दो हुनुको कारण कामदारको संख्या घटेको व्यवसायीहरु बताउँछन् । भारतको मोतिहारी घर भई विगत २८ वर्षदेखि पर्वतको कुश्मामा कबाडी व्यवसाय गर्दै आएका राधेश्याम शाहले आफ्ना पिताजीको व्यवसाय सम्हाल्दै आएका हुन् । व्यवसायी शाहले राधेश्याम ट्रेडर्स मार्फत् कवाडी व्यवसाय संचालन गर्दै आउनु भएको छ । व्यवसायी शाहको पनि कर बढी हुँदा व्यवसाय धान्न कठिन भएको गुनासो छ ।
व्यवसायी शाहका अनुसार पहिले उहाँको कवाडी व्यवसायमा २५ देखि ४० जनासम्मले रोजगारी पाएका थिए भने अहिले व्यापार घट्न जाँदा जम्मा ६ जना कामदारमा सीमित हुनु परेको छ । महिनामा एक गाडी कवाडी सामान ढुवानी गर्न समेत धौधौ भएको बताउदै व्यवसायी शाह भन्नुहुन्छर्– कवाडी संकलन दर ५० प्रतिशतले घटेको छ भने कर बढेको छ । कवाडी संकलन गरिदा प्रत्येक पालिकामा कर तिर्नुपर्छ । पालिकामा बुझाउनु पर्ने कवाडी सामानको दर रेटमा मनोमानी छ । एउटै सामानको दोहोरो कर तिर्न पर्दा व्यापार गर्न कठिन छ । कर एकै स्थान र निश्चित दरमा बुझाउने व्यवस्था भएमा सजिलो हुने थियो ।’
कवाडी समाग्रीहरु फलाम, टिन, आल्मुनियम, प्लाष्टिक बोतल, शीशा बोतल, ड्रम, कागज, कार्टुन, ईलेक्ट्रोनिक फोहोर लगायतका संकलन गर्नका लागि पर्वतबाट बाग्लुङका ढोरपाटनको बुर्तिबाङ बजारदेखि विभिन्न पालिका साथै मुस्ताङसम्मका धेरै स्थानहरुसम्म कामदारहरु पुग्ने व्यवसायी शाहको भनाई छ ।
संकलित सामाग्रीलाई विक्रीका लागि भैरहवा, वीरगंज, काठमाडौसम्म पुराउदा गाडी ढुवानी खर्च बढी आउने साथै विभिन्न पालिकाहरुमा कर बुझाउदै जानु पर्दा खर्च बढी हुन गैइ मुनाफा कम हुने कबाडी व्यवसायीहरु गुनासो छ । कुश्मामा दशकौ वर्षदेखि कबाडी व्यवसाय संचालन गर्दै आउनु भएका राजु शाहको गुनासो पनि बाँकी व्यवसायीकै जस्तो मिल्दोजुल्दो छ । शाहले संचालन गर्नु भएको विवेक कवाडी टे«डर्समा अहिले १६ जना बढी कामदारहरु रोजगारी गर्दछन् ।
मुनाफा कम बढी कर र घट्दो व्यापार साथै कामदार पाउन समेत मुश्किल अवस्था रहेको व्यवसायी शाहको भनाई छ । व्यवसायीहरुका अनुसार फलाम÷टिन मासिक संकलन १ देखि २ टन गरिदा औसत नाफा २५ हजारदेखि ४० हजार, प्लाष्टिक जन्य पदार्थ मासिक ३ सय देखि ५ सय केजी संकलन गरिदा १० हजारदेखि २० हजार र कागज २ सयदेखि ३ सय केजी सकलन हुँदा औसत नाफा ५ हजार देखि ८ हजार हुने गर्दछ । यतिखेर भने सामग्री संकलनमै कमि आउँदा कबाडी व्यापार चित्तबुझ्दो नभएको व्यवसायीको दुःखेसो छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया