
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

बाग्लुङ जिल्लाको बलेवामा पर्ने कालभैरव मन्दिर गण्डकी क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येमा मानिन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको भैरव मन्दिरले धार्मिक पर्यटनको समेत उत्तिनै संभाव्यता बोकेको छ ।
बाग्लुङ नगरपालिका वडा १२ मा रहेको कालभैरवको दर्शन र भैरवस्थान क्षेत्रको अवलोकन भ्रमणका लागि आउने दर्शनार्थीको संख्या वर्षेनी बढ्दो छ । भैरवस्थान गुठी व्यवस्थापन समितिका अनुसार पहिले भक्तजनलाई पुजा गर्नका लागि प्रत्येक महिनाको मंगलबार र शनिवार मात्रै मन्दिर खुला रहने गर्दथ्यो । व्यवस्थापनको जिम्मेवारी समितिले लिएसँगै मन्दिर विगत केही वर्षदेखि हरेक दिन खुला गरिदै आएको छ ।
वर्षको ३६५ दिन नै मन्दिर खुला रहने र वर्षेनी भदौको पहिलो मंगलबार हरेलो मेलाको आयोजना गरिने भएपछि भैरवको दर्शन गर्न आउने भक्तजनको संख्या वृद्धि भएको समितिका सदस्य याम बहादुर केसीको दावी छ । भैरवको पुजा गरेपछि मनले चिताएको पुरा हुने विश्वास बोकेर भैरव देवताको पुजा गर्न भक्तजन टाढा टाढाबाट आउँदछन् । समितिका अनुसार भक्तजनले चढाएको दानदक्षिणाबाट मन्दिरमा यस आर्थिक वर्षको ७ महिनामा मात्रै १० लाख रुपैयाँ संकलन भएको छ । यसअघि व्यवस्थापनको जिम्मा ठेकेदार मार्फत् हुँदा ५ देखि ६ लाख रुपैया मात्रै संकलन हुने गर्दथ्यो ।
भैरवको दर्शन गर्न आउने धेरैजसो भक्तजनले प्राकृतिक सुन्दरता र आकर्षक स्थलमा रहेको मन्दिर किन यति सानो आकार भन्दै जिज्ञासा राख्ने गरेको समितिका सदस्य केसीको भनाई छ । समिति सदस्य केसीले भन्नुभयो–ूविशाल डाँडा माथि रहेको मन्दिर सानो देखिदा र भित्र बसेर पुजा गर्न समेत साँगुरो भएपछि धेरैजसो भक्तजन र मन्दिर क्षेत्र घुम्न आउने पर्यटकले मन्दिरको संरचना अलि विशाल र भव्य बनाउनका लागि आग्रह गर्दछन् । मन्दिरको संरचना विशाल भयो भने धेरै टाढाबाट पनि देखिने थियो भन्ने सवैलाई लाग्दो रहिछ ।ू भुरेटाकुरे राजाको पालामा वि.सं १७७९ तिर खरको छानाले छाएर बनाइएको मन्दिर यतिखेर पक्की भौतिक स्वरुपमा देखिए पनि आकारमा सानो र पुजारीलाई भित्र बसेर पुजा गर्न समेत साँगुरो भैरहेको छ ।
भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार मन्दिरको भौतिक संरचना निर्माण गर्न भनी वि.सं २०४७ मा राजा विरेन्द्रको तोक आदेशमा ५० हजार सहयोग भएपछि पक्की पिल्लर राखेर तामाको छाना बनाइएको थियो । अध्यक्ष ढकालले मन्दिरको पुर्ननिर्माण आवश्यक रहेको बताउँदै भन्नुभयो–ूगण्डकी क्षेत्रकै प्रसिद्ध भैरव मन्दिर जुन ३ सय वर्ष पुरानो इतिहास बोकेको छ । भौतिक संरचनाको हिसावले मन्दिरलाई भव्य र आकर्षक बनाउन सकेमा धार्मिक पर्यटन मार्फत् यस क्षेत्रकै आर्थिक सम्वृद्धि सम्भव थियो । भैरवास्थान क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको भए पनि आर्थिक अभावकै कारण भैरवस्थान भौतिक विकासको गुरुयोजना अगाडि बढाउन सकिएको छैन ।
व्यवस्थापन समितिका अनुसार यस आर्थिक वर्षमा मन्दिरको अगाडि गेट, पश्चिम पट्टि सत्तल निर्माणसँगै वैठक कक्ष साथै भिरछेउमा तारजाली राख्ने काम सम्पन्न हुँदैछन् । गेट अगाडि केही सटर निर्माण गरी भाडामा लगाएर मन्दिरको मासिक ३० हजार आम्दानी रहेको छ । वडा अध्यक्ष कोपिलमणि शर्माले वडा अध्यक्षको चुनावमा लड्दै गर्दा मनमनै भैरव देवतासँग विजयी बनाइ दिन कामना गरेको सम्झिनु हुन्छ । भैरवस्थान क्षेत्रको वृहत्तर विकासका लागि सवै लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले भन्नुभयो–ूनेपालीको आस्था र विश्वास जोडिएको भैरव मन्दिरलाई मौलिकशैली र आकर्षक ढंगबाट पुर्ननिर्माण हुनुपर्छ । विकास हामी सवैको चाहना भैरवास्थान क्षेत्रलाई वृहत्तर विकास गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्नेछ । यसका लागि संघीय पर्यटन मन्त्रालयमा गुरुयोजना सहित आर्थिक बजेट माग गरिएको छ ।
तल्लो संरगीदेखि रातामाटा हुँदै भैरवस्थान सडकका लागि ५ करोड लागतको बहुवर्षीय कालोपत्रे सडक निर्माण योजनाको काम शुरु हुँदैछ । यो सडकको निर्माणले भैरवस्थान क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया