
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

कालीगण्डकी नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रले भरिएको मालढुंगा नामक शीला गमक्क परेर बसेको झैं विचित्र देखिन्छ । पवित्र नदी कालीगण्डकी तटको मालढुंगा क्षेत्रमा रहेको मालढुंगा नामक शीला भरि विभिन्न आकारका चित्र प्राकृतिक रुपमा कुदिएका छन् । धार्मिक महत्व बोकेको आकारमा विशाल रहेको हल्का खैरोपहेलो रंग जस्तो देखिने शीला मालढुंगा जोकोहीलाई रहस्मयी लाग्छ । पर्वतको कुश्मा नगरपालिका वडा १ मा पर्ने मालढुंगा शीलामा हल्का पहेलो रंगले पोतिएको माला जस्तै आकृति देख्न पाइन्छ । मालढुंगा आसपासका अन्य शीला भन्दा रंगरुप र आकारमा फरक छ । मालढुंगा शीलाको नामबाट नै मालढुंगा बजारको नाम रहेको हो । मालढुंगा शीलाको पुर्वपश्चिम तिर माझी र बोटेबस्ती रहेको छ भने पश्चिमपट्टि पोखरा–बाग्लुङ राजमार्गसँगै मालढुंगा बजार छ । मालढुंगा बजारदेखि उत्तरतर्फ रहेको मालढुंगा शीलालाई मालढुंगा–वेनी राजमार्गबाट सजिलै देख्न सकिन्छ ।
स्थानीय बोटे र माझी समुदायका स्थानीय अगुवाका अनुसार शीलामा देखिने माला आकारको पोतिएको चित्रका कारण मालढुंगा भनिदै आएको हो । विशाल र चिल्लो ढुंगामा सिपालु चित्रकारले कुदेर बनाएको जस्तो लाग्ने अनेकौं प्रकारका आकृतिले पनि मालढुंगालाई रहस्यमीय बनाएको छ । मालढुंगाको वरिपरि घुम्दै हेर्दा देखिने अनकौ देवीदेवताको स्वरुप, चक्र, गौंमुख, हात्तीको पाइला, सूर्यचन्द्रमा, माछा, आँखा, हात्तीको पाइला, विच्छी लगायत देख्दा जसकसैले चित्र प्रदर्शनी कक्षको अवलोकन गरेजस्तै महसुस गर्दछ । माझी समाजका अध्यक्ष मान बहादुर बोटेले मालढुंगालाई आफूहरुले शिवको स्वरुप मानेर पुजा गर्ने बताउनुहुन्छ । अध्यक्ष बोटेका अनुसार मालढुंगा शीलाको माथिल्लो भागमा कमलको पूmलको चित्र प्रष्ट देख्न सकिन्छ भने भगवानको हातले आर्शीवाद दिएको जस्तै लाग्ने चित्र कुँदिएको देखिन्छ ।
मानिसहरु त्यतिबेला अचम्म हुन्छन् जव मालढुंगाकै पुर्वपट्टिको भित्तामा पाँच खण्डमा रहेको गजुर सहितको मन्दिर आकारमा देखिने चित्र देख्दछन् । माझी समुदायका ३८ वर्षे युवा गणेश माझीका अनुसार मालढुंगाको अन्य भागमा लेउ लाग्ने गरेको भए पनि यो मन्दिर आकारको देखिने चित्रमा भने कहिले पनि नलागेको र स्वरुप उस्तै रहेको पाइन्छ ।
धार्मिक पर्यटकीय महत्वको मालढुंगाको महत्व उजागर हुन नसकेकोमा बोटे र माझी समुदाय अगुवाहरुको गुनासो छ । कुश्मा नगरपालिका वडा १ का अध्यक्ष खगराज पौडेलले धार्मिक महत्वको मालढुंगा संरक्षण र प्रवद्र्धन हुन नसकेको स्वीकार गर्दै भन्नुभयो–ूमालढुंगाको धार्मिक र ऐतिहासिक महत्वलाई जनमानससम्म पुराउन अव लाग्नुपर्छ । यसपाली मालढुंगाको संरक्षणका लागि २ लाख रकम विनियोजन गरिएको छ ।
मालढुंगा पहिले मालढुंगाकै माथिल्लो भाग पाङमा रहेको र पछि पहिरो जाँदा तल कालीगण्डकी तटमा खसेको कुरा आफ्ना बाबुबाजेबाट सुन्दै आएको वडा अध्यक्ष पौडेलको भनाई छ । माझी समुदायका अगुवा ७० वर्षे याम बहादुर माझीले आफ्ना पुर्खाहरुबाट सुन्दै आएको मालढुंगा शीलाबारेको किम्वदन्ती यसरी बताउनुहुन्छ–ूमालढुंगा माथि पाङबाट खसेको थियो । खसेर कालीगण्डकी किनारको पारीपट्टि रहेको मालढुंगा शिवस्वरुप शक्ति हो । पारी रहँदा कालिका भगवतीसँग कुनै कुरामा मतभेद भएपछि पुनः वारी आएर बसेका हुन् ।
अगुवा माझीबोटेका अनुसार माझीबोटे वस्तीमा अनुसार पहिले बंगुर पाल्ने र फोहोर रहेको हुँदा मालढुंगामा भक्तजन आउने नगरेको भएपनि अहिले सरसफाइ गर्दै जाँदा सवै आउन थालेका छन् । मालढुंगा माथि लक्ष्मीनारायणको सानो आकारको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर बोटेमाझीकै पहलमा निर्माण भएको हो । वर्षमा एकपटक पुजा हुने मन्दिरको पुजारी बोटे रहेका छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया