
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

वैदिक सनातन परम्पराको संरक्षण र प्रचार गर्न भनी संचालनमा रहेको गण्डकी कोटिहोम महायज्ञमा दर्शनार्थी र भक्तजनको उत्साहप्रद सहभागिता रहदै आएको छ ।
गण्डकी कोटिहोम महायज्ञ पोखरा महानगरपालिका–१७, विरौटामा भव्य र सभ्य रुपमा संचालन भइरहेको छ । यो ऐतिहासिक शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ वैशाख १७ देखि जेठ २६ गतेसम्म संचालन हुनेछ । धार्मिक जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र आध्यात्मिक ज्ञान फैलाउनु हो । महायज्ञमा बढी भन्दा बढी विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागी गराई युवा पुस्तामा धार्मिक र नैतिक शिक्षा प्रवाह गर्ने सोच रहेको आयोजक पक्षको तर्क छ ।
महायज्ञमा दर्शनका लागि आउने भक्तजन र दर्शनार्थीहरुको संख्या दिनदिनै बढ्दो छ । महायज्ञ स्थलमा साधुसन्त, स्थानीय जनप्रतिनिधि र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको आगमन समेत व्यापक छ । कोटिहोमको दर्शन गरी आत्मिक सुख र शान्ति प्राप्तिका लागि देशका विभिन्न स्थानहरुबाट भक्तजनहरु आउदै गरेका छन् ।
महायज्ञमा भारतबाट बेद अध्ययन गरेर आएका साधुसन्त र विदुषीहरुले प्रवचन दिएका छन् । निरंजनी पीठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशनन्द गिरिजी महाराजले हवनादी कार्यको सुरुआत गरी महायज्ञको उद्घाटन गर्नुभएको थियो । महायज्ञमा १०० वटा हवन कुण्डहरु निर्माण गरिएको छ ।
यज्ञमा प्रयोग हुने वस्तुहरु–घृत, चन्दन, कपूर, तुलसी, गुग्गुलु ल्वांङ, एलैची, काठ औषधीय वनस्पति आदिका धूप र धूँवाले बायुमण्डलमा फैलिन्छ । वैज्ञानिक परीक्षणहरुले देखाएका छन् कि यी पदार्थहरु जलेर एयर प्यूरिफायर जस्तै काम गर्छन् । व्याक्टरिया, भाइरस, फंगसको संख्यामा कमी ल्याउँछन् ।
गण्डकी कोटीहोम यज्ञ एक धार्मिक उत्सव मात्र नभई वैदिक ज्ञान, सांस्कृतिक पहिचान, पर्यावरणीय सन्तुलन र गहिरो आध्यात्मिक साधना हो । यसले गण्डकी क्षेत्र मात्र नभई सम्पूर्ण नेपालका लागि धार्मिक र सांस्कृतिक उर्जा ल्याउने विश्वास गरिएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया