
१एक लाख पुरस्कार राशीको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता
२मानवसेवा आश्रमका लागि जुट्यो करीव ७ करोड रकम सहयोग
३बहुमूल्य जडिबुटीमा कसैको ध्यान नपुग्दा कुहिएर नष्ट
४जेन्जी आन्दोलनले दिएको झड्का राजनीतिक नेतृत्वले कहिले बुझ्ने
५ब्रेक फेल भई गाडी दुर्घटना हुँदा तीन घाईते
६दिगो शान्तिका लागि हिमालयन सिद्धमहायोग ध्यान साधना
७सामुदायिक कुकुरको रेखदेखमा रमाएकी राजकुमारी
८चिस्यान केन्द्र निर्माण ९ वर्ष देखि अलपत्र
९नेपाली विद्यार्थी जोशी जीवित नरहेको जानकारी
१०सांसद र राजनीतिक दलका पदाधिकारीहरुले स्वकीय सचिव राख्ने व्यवस्था खारेज
१२सार्वजनिक जग्गा भोग गर्नेलाई हटाउन विद्यालयलाई हम्मे

वैदिक सनातन परम्पराको संरक्षण र प्रचार गर्न भनी संचालनमा रहेको गण्डकी कोटिहोम महायज्ञमा दर्शनार्थी र भक्तजनको उत्साहप्रद सहभागिता रहदै आएको छ ।
गण्डकी कोटिहोम महायज्ञ पोखरा महानगरपालिका–१७, विरौटामा भव्य र सभ्य रुपमा संचालन भइरहेको छ । यो ऐतिहासिक शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ वैशाख १७ देखि जेठ २६ गतेसम्म संचालन हुनेछ । धार्मिक जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र आध्यात्मिक ज्ञान फैलाउनु हो । महायज्ञमा बढी भन्दा बढी विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागी गराई युवा पुस्तामा धार्मिक र नैतिक शिक्षा प्रवाह गर्ने सोच रहेको आयोजक पक्षको तर्क छ ।
महायज्ञमा दर्शनका लागि आउने भक्तजन र दर्शनार्थीहरुको संख्या दिनदिनै बढ्दो छ । महायज्ञ स्थलमा साधुसन्त, स्थानीय जनप्रतिनिधि र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको आगमन समेत व्यापक छ । कोटिहोमको दर्शन गरी आत्मिक सुख र शान्ति प्राप्तिका लागि देशका विभिन्न स्थानहरुबाट भक्तजनहरु आउदै गरेका छन् ।
महायज्ञमा भारतबाट बेद अध्ययन गरेर आएका साधुसन्त र विदुषीहरुले प्रवचन दिएका छन् । निरंजनी पीठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशनन्द गिरिजी महाराजले हवनादी कार्यको सुरुआत गरी महायज्ञको उद्घाटन गर्नुभएको थियो । महायज्ञमा १०० वटा हवन कुण्डहरु निर्माण गरिएको छ ।
यज्ञमा प्रयोग हुने वस्तुहरु–घृत, चन्दन, कपूर, तुलसी, गुग्गुलु ल्वांङ, एलैची, काठ औषधीय वनस्पति आदिका धूप र धूँवाले बायुमण्डलमा फैलिन्छ । वैज्ञानिक परीक्षणहरुले देखाएका छन् कि यी पदार्थहरु जलेर एयर प्यूरिफायर जस्तै काम गर्छन् । व्याक्टरिया, भाइरस, फंगसको संख्यामा कमी ल्याउँछन् ।
गण्डकी कोटीहोम यज्ञ एक धार्मिक उत्सव मात्र नभई वैदिक ज्ञान, सांस्कृतिक पहिचान, पर्यावरणीय सन्तुलन र गहिरो आध्यात्मिक साधना हो । यसले गण्डकी क्षेत्र मात्र नभई सम्पूर्ण नेपालका लागि धार्मिक र सांस्कृतिक उर्जा ल्याउने विश्वास गरिएको छ ।


प्रतिक्रिया