
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

मानिस महत्वाकांक्षी हुन्छ । एकपछि अर्को ईच्छा र चाहना राख्नु र त्यसैको पछाडि मन दगुराउनु मानिसको स्वभाविक वृत्ति भित्र पर्ने सामान्य कुरा मानिन्छ ।
समाजमा यस्ता पनि भूँई मान्छे छन् जसले दिनभर एक थाली नरिवल विक्री गर्छन् अनि सोही नरिवलको टुक्रा बेचेर कमाएको पैसामा सारा जिन्दगी चलाउँछन् । नरिवलको पिस चिटिक्क मिलाएर राखेको देखिने सानो थालीबाट नै आफ्नो घरसंसार चलेको छ ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका सरुवाठा घर भएका ३६ वर्षे सुरेन्द्र वैठा भूँई मान्छे हुनुहुन्छ । उहाँको दिनको शुरुवात नै नरिवलका दाना खरीद गर्नुबाट हुन्छ भने ती दानालाई टुक्रा पारेर एक थालीमा सजाउने र बजारमा विक्री गरेपछि एक दिनको काम पुरा हुन्छ । सामान्य लेखपढ मात्रै भएका वैठा अति सरल, पेशाप्रति इमान्दार र नम्र स्वभावका हुनुहुन्छ ।
कास्कीको पोखरामा वसेर नरिवल बेच्दै आउनु भएका वैठाले प्रायजसो गण्डकी हस्पिटल आसपास नरिवलका पिस थालीमा राखेर विक्री गर्दै आउनु भएको छ । नरिवल विक्री गरी सवै खर्च कटाएर दिनको ५ सय रुपैयाँ वचत गर्ने वैठा आफ्नो पेशा प्रति सन्तुष्ट र खुशी हुनुहुन्छ । वर्षेनी नेपालबाट हजारौ युवा दैनिक खाडी मुलुक दुई पैसा कमाउन गैरहेको अवस्थामा नरिवल व्यापारी वैठा भने आफ्नै देशमा रमाउनु भएको छ । खुशीका साथ आफ्नै परिवारसँग सुखदुख साट्दै बस्नुभएको छ ।
नरिवल व्यपारी वैठा भन्नुहुन्छ–म आफ्नै देशमा बसेर थोरै पैसा भए पनि कमाएको छु । म धेरै पढेको मान्छे हैन । म काममा दिलदेखि खुशी छु ।’ युवा व्यापारी वैठाले नरिवल थालीमा राखेर विक्री गर्न थालेको पनि एक दशक बढी भईसक्यो । उहाँको नरिवल विक्री गर्नु बाहेकको अर्को कुनै पेशाव्यवसाय पनि छैन ।
वैठाले नरिवलको पिस विक्री गर्न थाल्दा एक पिस बराबर ५ रुपैयाँ मूल्य थियो भने अहिले एक पिसलाई २५ रुपैयाँमा विक्री हुन्छ । आफ्नै श्रम र पसीनामा रमाउने युवा वैठाले आत्मसम्मानलाई ठुलो मान्नुहुन्छ । उहाँले आफ्नो कमाई खाने हो तर अर्कोको एक कप चिया पनि खान नपरोस् भन्ने चाहनुहुन्छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया