
१हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
३उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
४पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
५पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
६नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह
७
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
१०शिक्षा ऐन कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा प्रअ नियुक्ति प्रभावित
११दश हजार किमी पैदल यात्रा गरी भारतीय युवा गुप्तेश्वर गुफामा
१२देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१
२प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
४उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
५हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
६पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
७पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह

मानिस महत्वाकांक्षी हुन्छ । एकपछि अर्को ईच्छा र चाहना राख्नु र त्यसैको पछाडि मन दगुराउनु मानिसको स्वभाविक वृत्ति भित्र पर्ने सामान्य कुरा मानिन्छ ।
समाजमा यस्ता पनि भूँई मान्छे छन् जसले दिनभर एक थाली नरिवल विक्री गर्छन् अनि सोही नरिवलको टुक्रा बेचेर कमाएको पैसामा सारा जिन्दगी चलाउँछन् । नरिवलको पिस चिटिक्क मिलाएर राखेको देखिने सानो थालीबाट नै आफ्नो घरसंसार चलेको छ ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका सरुवाठा घर भएका ३६ वर्षे सुरेन्द्र वैठा भूँई मान्छे हुनुहुन्छ । उहाँको दिनको शुरुवात नै नरिवलका दाना खरीद गर्नुबाट हुन्छ भने ती दानालाई टुक्रा पारेर एक थालीमा सजाउने र बजारमा विक्री गरेपछि एक दिनको काम पुरा हुन्छ । सामान्य लेखपढ मात्रै भएका वैठा अति सरल, पेशाप्रति इमान्दार र नम्र स्वभावका हुनुहुन्छ ।
कास्कीको पोखरामा वसेर नरिवल बेच्दै आउनु भएका वैठाले प्रायजसो गण्डकी हस्पिटल आसपास नरिवलका पिस थालीमा राखेर विक्री गर्दै आउनु भएको छ । नरिवल विक्री गरी सवै खर्च कटाएर दिनको ५ सय रुपैयाँ वचत गर्ने वैठा आफ्नो पेशा प्रति सन्तुष्ट र खुशी हुनुहुन्छ । वर्षेनी नेपालबाट हजारौ युवा दैनिक खाडी मुलुक दुई पैसा कमाउन गैरहेको अवस्थामा नरिवल व्यापारी वैठा भने आफ्नै देशमा रमाउनु भएको छ । खुशीका साथ आफ्नै परिवारसँग सुखदुख साट्दै बस्नुभएको छ ।
नरिवल व्यपारी वैठा भन्नुहुन्छ–म आफ्नै देशमा बसेर थोरै पैसा भए पनि कमाएको छु । म धेरै पढेको मान्छे हैन । म काममा दिलदेखि खुशी छु ।’ युवा व्यापारी वैठाले नरिवल थालीमा राखेर विक्री गर्न थालेको पनि एक दशक बढी भईसक्यो । उहाँको नरिवल विक्री गर्नु बाहेकको अर्को कुनै पेशाव्यवसाय पनि छैन ।
वैठाले नरिवलको पिस विक्री गर्न थाल्दा एक पिस बराबर ५ रुपैयाँ मूल्य थियो भने अहिले एक पिसलाई २५ रुपैयाँमा विक्री हुन्छ । आफ्नै श्रम र पसीनामा रमाउने युवा वैठाले आत्मसम्मानलाई ठुलो मान्नुहुन्छ । उहाँले आफ्नो कमाई खाने हो तर अर्कोको एक कप चिया पनि खान नपरोस् भन्ने चाहनुहुन्छ ।



प्रतिक्रिया