
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

राजा पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पौष २७ गतेका दिनलाई नै लिएर नेपालको राष्ट्रिय एकता दिवस मानिदै आएको छ । राजा पृथ्वीनारायण शाह २० वर्षकै कलिलो उमेरमा वि.सं. १७९९ मा गोरखाका राजा बनेका थिए ।
राजा पृथ्वीनारायण शाह आफ्ना पिताजी राजा नरभूपाल शाहको निधनपछि सानै उमेरमा गोरखाको सिंहासनमा बसे । उनले बाइसे र चौविसे राज्यको एकीकरणको औपचारिक थालनी वि.सं.१८०१ बाट गरी पहिलो विजय सोही वर्ष नुवाकोट माथि हासिल गरेका थिए । नुवाकोटको जिताइ नेपाल एकीकरण अभियानको वास्तविक सुरुआत मानिन्छ । नुवाकोट काठमाडौ उपत्यकातर्फ जाने मुख्य व्यापारिक–सामरिक नाका थियो । यसपछि मात्रै गोरखाले रणनीतिक रुपमा उपत्यकालाई घेर्ने नीति लिएको थियो ।
राजा पृथ्वीनारायण शाहले बाइसे–चौविसे राज्यहरुबीच निरन्तर युद्ध, अस्थिरता र बाह्य हस्तक्षेपको जोखिम देखेर नै एकीकरणको अभियान थालेका थिए । उनको एकीकरणको पहल नभएको भए नेपाल ससाना रजौटामा विभाजित भई ब्रिटिश उपनिवेशको सजिलो शिकार बन्न सक्थ्यो । आलोचकहरुले एकीकरण राष्ट्रिय परियोजना भन्दा बढी गोरखा राज्यको विस्तार थियो भन्ने गर्दछन् । जे भए पनि राजा पृथ्वीनारायण शाहले सीमित स्रोतमा प्रभावकारी सेना तयार पारेर पहाडी भूगोल अनुकूल युद्धकला विकास गरी राष्ट्रको एकीकरण गर्नु साधारण कुरा हैन ।
राजा शाहर्ले घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन् ।’ भनेका छन् । नेपाललाई दुई ढुंगा विचको तरुल भनी उधृत गरेका थिए । उनका यी र यस्तै दिर्घकालीन सोचका दर्शनले नेपाललाई अहिले पनि मार्गदर्शन गरिरहेको भान हुन्छ । साँच्चिकै दुरदर्शी राजा पृथ्वीनारायण शाहले तीन सय वर्ष पहिले भनेको गहन दर्शनले आज पनि उत्तिकै महत्व राखेको छ । शासन सत्तामा पुगेका अहिलेका शासकहरुले पृथ्वीनारायण शाहले घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन् भनी घुसले देश र समाज विगार्छ । जनताले दुःख पाउँछन् भनी भन्न खोजेको कुरा बुझेको भए र भ्रष्टचार नगरेको भए, के अहिले फेरि भ्रष्टचारबाट वाक्क भएर गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोह हुने थियो ?
राजा पृथ्वीनाराणय शाहले भनेका कुरा अहिलेका शासकहरुले मनन् गरेको भए लाउडा काण्ड, भुटानी शरणार्थी काण्ड, बालुवाटार ललिता निवास काण्ड, गिरीबन्धु टिस्टेट काण्ड लगायतका भ्रष्टचार काण्ड पक्कै पनि हुने थिएनन् अनि सुशासनका लागि भनी जेन्जी विद्रोहको खाँचो पर्ने थिएन । लाउँलाउँ खाउँखाउँ भन्ने कलिला उमेरका बालबालिकाहरु प्रहरीको गोली लागेर रगताम्मे भई विच सडकमा जल्नु पर्ने थिएन । सिंहदरवार जल्ने थिएन । मुलुकको प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नु पर्ने लज्जास्पद र बेइज्जतीपुर्ण क्षण पनि सायद आउने थिएन ।
राजा पृथ्वीनारायण शाहले भने जस्तै चीन र भारत जस्ता शक्तिशाली र विशाल मुलुकका विचमा रहेको सानो मुलुक नेपालले सन्तुलित र असंलग्न परराष्ट्र नीति अपनाउन नसक्दा नेपाल विश्व भूराजनीतिको चंगुलमा फस्न सक्ने खतराको घण्टी बजिसकेको छ तर शासकहरुको चेत खुलेको छैन । भ्रष्टचारमा लिप्त र विदेशीको इशारामा चल्ने नेपाली शासक र राजनीतिक नेतृत्वले पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्न सक्छन् किनभने राजा पृथ्वीनारायण शाहले घुस खानेलाई देशको शत्रु भनेका थिए । शत्रु भन्ने व्यक्ति कसलाई मन पर्छ र ?
आज केही विदेशी कलो खाएका र भ्रष्टहरुले राजा पृथ्वीनारायण शाहको समेत उछितो काटेर आलोचना गर्दछन् । भ्रष्टलाई घुस मनपर्छ । घुस मनपर्नेलाई घुस खान हुन्न भन्नेको विरोध गर्नु सामान्य हो । यो कुरा नेपालीले बुझ्नु पर्छ । नेपाल एकीकरणका सुत्रधार राजा पृथ्वीनारायण शाहको जन्म दिनले हरेक नेपालीलाई राष्ट्र र राष्ट्रियताबारे गतिलो पाठ पढाउन सकोस् । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया