
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्यटकीय गन्तव्य मानिदै गएको पर्वत जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै होटल व्यवसाय स्थापना गर्ने लहर चलेको छ । होटल व्यवसाय स्थापना र संचालन गर्नेमा केही वर्ष अघिदेखि धेरैजसो युवापुस्ता नै देखिन्छन् । उसो त जिल्लाबाट अध्ययन र रोजीरोटीका खातिर विदेश भासिने युवाहरुको संख्या समेत उल्लेख्य छ ।
आफ्नै माटोमा केही गर्नुपर्छ भनी कम्मर कसेर लाग्ने केही सकृय होटल व्यवसायी युवाहरुमध्ये कविन्द्र केसीको नाम अग्रपंक्तिमै आउँछ । जिल्लाको कुश्मा नगरपालिका वडा ५ बन्जी जम्प साइट नेर ड्राइगन होटल एण्ड रेष्टुरेन्ट संचालन गर्दै आएका ३८ वर्षे युवा केसी सामाजिक कार्यमा समेत सकृय रहनुहुन्छ । स्कुले जीवनमा बाबुआमाले खाजा खान दिएको सानो रकम संकलन गरी दिनदुःखी र असहायको सेवामा खर्चिने युवा केसीको बाल्यकालिन स्वभावले कहिल्यै छाडेन । युवा व्यवसायी केसी भन्नुहुन्छ–सामाजिक सेवाले आत्मसन्तुष्टि दिन्छ । अर्कोको दुःखमा सानो भए पनि मलम बन्न पाउदाको क्षण गजबको खुशी मिल्छ ।’
व्यवसायी केसी केवल पैसाकै पछि दगुर्ने व्यक्ति हैन भन्ने कुरा उनको सामाजिक कर्ममा रहेको सक्रियताले देखाउँछ । जिल्लामा क्रियाशील एकता युवा क्लवको नेतृत्वमा रहेर सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आउनु भएका युवा केसीले कुनैबेला लाहुरे बन्ने सपना मनमा लिएर हिडेको बताउनु हुन्छ । लाहुरे बन्न नसकेपछि धेरै साथीभाई विदेश गएको देख्दा उनलाई पनि विदेश जाने रहर पलाउँछ । विदेश जापान जाने रहर पालेका युवा केसी ठग दलालको फन्दामा परेर करीव १८ लाख रुपैया डुवाउँछन् । त्यो रकम अझै फिर्ता पाउन नसकेका युवा केसीलाई विदेश जाने सपना पाल्दा मिलेको चोटले अझै झस्काइरहेको छ ।
आफ्नो लाहुरे बन्ने सानैदेखिको सपना विफल हुनु र विदेश जान खोज्दा बाउआमाले दुःख गरी कमाएको लाखौ रकम डुब्न पुगेपछि युवा केसीलाई कता कता निराशामा पुराएको थियो । सानैमा बुबा होम बहादुर खत्रीलाई गुमाउन परे पनि केसीलाई आमा खिमा कुमारीको स्नेह, साथसहयोग र हौसलाले सधै आशावादी बनाउन सहयोग पुराइ रहेको छ ।
निराशामै रुमलिन छोडेर हिम्मत र आँट लिएर युवा केसीले आफ्नै माटोमा केही गर्ने हुटहुटी मनमा लिनुभयो । केही फरक तरीकाले सेवा दिने सोचले नै युवा केसीले होटलबाट सेवाग्राहीलाई रैथाने स्वाद पस्किन सफल हुनुभएको छ । होटल व्यवसायको सेवा र आम्दानीबाट सन्तुष्ट युवा केसी काम गर्नकै लागि विदेश जाने कुरा सोच्न पनि चाहनु हुँदैन ।
एक श्रीमति र दुई सन्तानका पिता केसीले होटल व्यवसाय संचालन गर्न थालेको पनि ५ वर्ष बढी भैसक्यो । सेवाग्राहीको सन्तुष्टि नै पहिलो प्राथमिकता रहेको केसीको होटलमा लाखौ रकम लगानी भैइसकेको छ । पहिले आफ्नै पैतृक घरबाट दुई दाजुभाई सुरेश केसी र कविन्द्र केसीले सुरुवात गरेको होटल व्यवसाय अहिले दुई स्थानबाट संचालनमा आएको छ । व्यवसाय प्रतिको दृढ लगाव र मिहिनेतका कारण केसी दाजुभाईका होटलहरु सेवाग्राहीको पहिलो रोजाईमा पर्ने गरेका छन् । युवा केसीलाई होटल व्यवसायमा भ्याईनभ्याई छ तर बाँकी रहेको समयलाई सामाजिक सेवामा लगाउनुले उहाँको सामाजिक भावना छताछुल्ल देखिन्छ ।
युवा केसी एकता क्लवमा २०६४ सालदेखि सकृय सदस्य हुँदै यसै वर्ष अध्यक्षको भूमिकामा हुनुहुन्छ । एकता क्लव मार्फत् थुप्रै सामाजिक गतिविधिहरु हुँदै आएका छन् । क्लवले २०६४ देखि नै दाजुभाई नभएका दिदीवैनीसहित सवै दिदीवैनीहरुलाई एकसूत्रमा बाँधेर हरितालिका तीजको अवसरमा दर खुवाउने गरी संस्कृतिको जगेर्ना गर्दै आएको छ ।
युवा केसीको सकृय पहलमा एकता युवा क्लवले क्यान्सर पीडित, मृगौला पिडित, दीनदुःखी र असहायहरुलाई सवैको सहयोग जुटाएर आर्थिक तथा भौतिक सहयोग गर्दछ । भूकम्प पीडित साथै दैवीप्रकोपमा परेका मानिसहरुलाई क्लवले पुराएको आर्थिक र भौतिक सहयोगमा युवा केसीको योगदान स्मरणीय छ । क्लवले रक्तदान कार्यक्रम गर्ने साथै विद्यालयमा शैक्षिक सामाग्री वितरण, बजारको सौन्दर्यकरण र ग्रिनसिटी कार्यक्रम मार्फत् समाजमा योगदान पुराएको छ ।
होटलमा ४ देखि ६ जना सम्म युवाहरुलाई रोजगारी दिदै आएका युवा व्यवसायी केसीले समय मिलेसम्म र भ्याएसम्म आफै नै विभिन्न परिकारका स्वादिष्ट अर्गानिक खानेकुराहरु तयार पारेर ग्राहकलाई सेवा पुराउने बताउनु हुन्छ । युवा केसी भन्नुहुन्छ–धेरै टाढा टाढाबाट समेत ड्राइगन होटल सम्झिएर आउनु हुने ग्राहकलाई मिठो भोजन आफ्नै हातले बनाएर खुवाउन पाउँदाको खुशी बेग्लै हुन्छ । धेरैजसो ग्राहकले मेरो हातको खाना नै मन पर्छ भन्नुहुन्छ । यस्तो सुन्दा झनै खुशी लाग्छ ।’









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया