
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा आइसिटी सम्वन्धि गरिएको एक अभिमुखिकरण कार्यक्रममा केन्द्रिय नेतादेखि जेन्जी पुस्ताका युवाहरु एउटै छानो मुन्तिर बसेर एक दिने पढाइ पुरा गरेका छन् । अभिमुखीकरण कार्यक्रममा सहभागी भएका केन्द्रिय नेताको कुनै मन्तव्य थिएन ।
जिल्लाको सदरमुकाम कुश्मामा शुक्रबार माक्र्सवादी ज्ञान केन्द्र आयोजक रही आइसीटि फोरम पर्वतको व्वस्थापनमा गरिएको सामाजिक सञ्जालको बहुउपयोग र दुरुपयोग नियन्त्रण विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीहरु सबैमा सिक्ने हुटहुटी देखिन्थ्यो । कापी र कलम सहित कार्यक्रममा सहभागी हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी सम्वन्धित केन्द्रित तहका नेता देखि जेन्जी पुस्ताका युवाहरु थिए । कार्यक्रममा सहभागी युवाहरु कोही क्याम्पसमा अध्ययनरत विद्यार्थी थिए भने कतिपय विभिन्न पेशाव्यवसायमा आवद्ध रहेको पाइन्थ्यो ।
कुनै पनि कुरा सिक्न र बुझ्न समय र उमेरले छेक्दैन भन्ने कुरा आइसिटी कार्यक्रममा देखिएको सहभागीताले प्रष्ट देखाएको छ । कार्यक्रममा माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष युवा नेता मनहरि तिमिल्सिना, नेकपाका केन्द्रिय सदस्य सुदिप कुँवर, ढाकाराम लामिछाने लगायत प्रदेश कमिटि युवा नेताहरु डा. उमाकान्त भुर्तेल, ठाकुर पौडेल, शंकर गिरी लगायत दिपक आचार्य आकाश, शोभा क्षेत्री, दुर्गा बहादुर दर्जी, जेन्जी पुस्ताका युवा विद्यार्थी नेताहरु राजकुमार सुनार, साजन परियार, सन्दिप बस्याल लगायतका करीव सय बढी सदस्यहरुले सकृयताका साथ भाग लिएका थिए ।
कार्यक्रममा कसरी डिजिटल सामग्री सृजना गर्ने, सोसल मिडियामा मनिटाइजेसन र डिजिटल प्रचारप्रसार रणनीति लगायतका विषयवस्तुमा समेत केन्द्रित रही घनिभूत छलफल भएको थियो । आइटि विज्ञ रामचन्द्र पौडेल र सफ्टवयर इन्जिनियर दिपक पौडेल प्रमुख प्रशिक्षक रहेको सो कार्यक्रमको अध्यक्षता माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन आइसीटि फोरम पर्वतका इन्चार्ज प्रनिश गिरीले गर्नु भएको थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया