
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

आजको समाज सूचना प्रवाहको अत्यन्तै तीव्र छ । सामाजिक सञ्जाल, डिजिटल मिडिया र प्राविधिको विस्तारसँगै मानिसहरु निरन्तर जोडिएको अवस्थामा छन् । तर विडम्वना, सार्थक संवाद र गम्भीर अन्तरक्रियाको संस्कृति पर्वत जिल्लामा कमजोर हुँदै गएको देखिन्छ ।
पर्वतमा सम्भवतः धेरै समयपछि गैसस महासंघ नेपाल पर्वत र नागरिक संजाल पर्वतको पहलमा वृहत ढंगले सुशासन, भ्रष्टचार विरुद्धका प्रयास, निर्वाचन प्रक्रिया तथा राजनीतिक र शासन प्रणाली विषयक पुस्ता–अन्तर संवादको आयोजना गरियो । सदरमुकाम कुश्मामा यहीँ पौष मंगलबार भएको संवाद कार्यक्रममा नागरिक समाजका अगुवा, सामाजिक संघसंस्थामका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सामाजिक अभियान्ता साथै जेन्जी युवा पुस्ता लगायतको सक्रिय सहभागीता रहेको थियो ।
जिल्लामा समसामयिक विषयमा हुने बहस, अन्तर–संवादको अभाव समाजका लागि दीर्घकालीन चुनौती बन्दी गएको अवस्थामा युवा पुस्ता माझ संवाद हुनु सकारात्मक सन्देश रहेको नेकपा पार्टीका युवा नेता शंकर गिरी बताउनुहुन्छ । पछिल्लो समय प्रदेश अस्पताल कुश्माको स्वास्थ्य सेवा सुधार र प्रवद्र्धनमा उल्लेखनीय योगदान खेल्नु भएका युवा नेता गिरीको विचारमा राजनीति, अर्थतन्त्र, शिक्षा, रोजगारी, वातावरण, प्रविधि वा सामाजिक न्यायजस्ता विषयमा खुला बहस बिना सचेत नागरिक निर्माण सम्भव हुँदैन ।
जेष्ठ पुस्तासँग इतिहासको अनुभव, राजनीतिक चेतना र सामाजिक संघर्षको स्मृति छ भने नयाँ पुस्तासँग नवीन सोच, प्रविधिमैत्री क्षमता र परिवर्तनको आकांक्षा छ । दुई पुस्ताबीच संवाद नहुँदा एकातिर अनुभव उपेक्षित हुन्छ भने अर्कोतिर उर्जा दिशाहीन बन्छ । जसका कारण जेन्जी विद्रोहको रापतापको सामना देश र समाजले गर्नुपर्ने अवस्था आउने गर्छ ।
संवाद कार्यक्रममा जेन्जी पुस्ताका प्रतिनिधि मदन पौडेलले जेन्जी विद्रोह भ्रष्टचारका विरुद्ध सुशासनका खातिर गर्नु परेको भनाई राख्नु भएको थियो । संवादमा सहभागी भएका नेपाली कांग्रेस पर्वतका प्रवक्ता अच्युत तिवारीले भ्रष्टचारको जालो यत्रतत्र फैलिएको र सो जालो तोड्नका लागि नागरिक संजालसँग आवद्ध व्यक्तिले कुनै राजनीतिक पार्टीको विचार भन्दा माथि उठेर सुशासनका लागि काम गर्नसक्नु पर्ने धारणा राख्नु भयो ।
नेकपा एमाले कुश्मा नगर कमिटि अध्यक्ष युवा नेता किशोर सापकोटाले एमाले पार्टीले आफ्नो पार्टी सुशासन स्थापना गर्न लागिपरेको उल्लेख गर्दै राजनीतिमा उमेर भन्दा पनि विचार र क्षमताको खास महत्व राख्ने बताउनुभयो । कार्यक्रममा गैसस महासंघ नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले जेन्जी आन्दोलनको समर्थन गर्दै देशमा कुरा र भाषण भन्दा पनि काम हुनुपर्नेमा जोड दिनुभयो । निवर्तमान अध्यक्ष सुवेदीले संसद पुर्नस्थापना गरी संविधान सच्याई जेन्जी पुस्ताको भावना समेटेर मात्रै चुनावमा जान सकेमा मुलुकले परिवर्तनको आभास पाउन सक्ने धारणा राख्नुभयो ।
गैसस महासंघ नेपालका केन्द्रिय सदस्य शिवप्रसाद शर्माले अन्तर–संवाद कार्यक्रममा सहजिकरण गरेको कार्यक्रममा नागरिक संजाल पर्वतकी संयोजक माया अधिकारीको समेत सहभागीता थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया