
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

आसन्न निर्वाचन फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । चुनावी मैदानमा होमिने उम्मेदवारमध्ये नेकपाका मनहरि तिमिल्सिना उमेरले सवैभन्दा कान्छो हुनुहुन्छ ।
मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना स्वतन्त्र हुन् । उम्मेदवारी दर्ता गराउनेहरुमा पाका उमेर समूहकादेखि युवा पुस्तासम्मका छन् । प्रतिनिधिसभा सदस्यका लागि मैदानमा खडा हुँदै गरेका उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले वि.सं.२०५६ सालदेखि चुनाव लड्दै आउनु भएको छ । उहाँले वि.सं.२०५६, २०६४ र २०७० सालमा गरी तीन पटक चुनावमा विजय हात पार्नु भएको थियो । उमेरले ७० वर्ष नेरफेरका कांग्रेस नेता जोशी यसपाली चुनाव लड्दा छैटौ पटक चुनाव लड्नु हुनेछ । नेकपा एमालेका नेता पदम गिरी वि.सं. २०७४ र २०७९ मा चुनाव लडेर विजयी भई सकेको नेता हो भने यसपाली चुनावमा जितेर ह्याट्रिक गर्ने तर्खरमा हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुषाल भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ । दर्जनौ पुस्तकका लेखक तिमिल्सिना प्रज्ञा प्रतिष्ठानको सदस्य रहिसकेको व्यक्तित्व हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट दुर्गा मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्ण बहादुर वि.क., आम जनता पार्टी(एकल चुनाव चिन्ह) का पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपाने पनि चुनावमा प्रतिस्पर्धी रहनु भएको छ ।
चुनावी मैदानमा होमिने अन्य आकांक्षीहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीर बहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय पर्वतले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवार हुनुहुनेमा सितादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल हुनुहुन्छ । चुनावमा होमिदै गरेका उम्मेदवारमध्ये सवैभन्दा कान्छो उम्मेदवारको दाबी गर्नु हुने नेता तिमिल्सिना विषय विज्ञता, अनुभव, अध्ययन, लेखनवृत्ति लगायतका दृष्टिले अन्य उम्मेदवार भन्दा कम हुनुहुन्न । उमेरले ४० वर्षका युवा नेता तिमिल्सिना भन्नुहुन्छ–पर्वतको विकास कुनै एक व्यक्तिको होइन, साझा सोच, साझा दृष्टिकोण र साझा मिहिनेतको परिणाम हुनुपर्छ । राजनीति पुस्तागत विरोधाभासले होइन, पुस्तागत सहकार्यले अघि बढ्नुपर्छ । म अग्रज पुस्ताको अनुभव जेन्जीको उर्जा, नवीन सोच र साहसलाई जोड्ने सेतु बन्न चाहन्छु ।’









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया