
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा संसद जनताको सर्वोच्च प्रतिनिधि संस्था हो । त्यसैले संसदमा पुग्ने व्यक्ति केवल राजनीतिक दलको प्रतिनिधि मात्र होइन, जिल्लाको समग्र आवाज बन्न सक्नुपर्छ ।
पर्वतजस्तो भौगोलिक कठिनता, सम्भावना र दीर्घकालीन चुनौती बोकेको जिल्लाबाट जाने सांसदको भूमिकालाई अझ गम्भीर रुपमा हेर्नु आवश्यक छ । जिल्लामा सडक सञ्जालको अपुरो अवस्था, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, शिक्षा र रोजगारीका सीमित अवसर तथा बढ्दो बसाइँसराइ प्रमुख समस्या बनेका छन् । ग्रामीण भेग अझै पनि आधारभुत पुर्वाधारबाट टाढा छन् । यस्तो अवस्थामा संसदमा जाने प्रतिनिधिले जिल्लाको समस्या कागजमा लेखिएको तथ्यबाट होइन, प्रत्यक्ष अनुभव र जनसंवादबाट बुझेको हुनुपर्छ ।
संसद हुनु भनेको संसद भवनमा उपस्थिति जनाउनु मात्र होइन । नीति निर्माण, बजेट विनियोजन र कानुन निर्माणका क्रममा पर्वतका मुद्दा प्रभावकारी रुपमा उठाउन सक्ने क्षमता आवश्यक छ । विकास योजनामा जिल्लाको उचित हिस्सा सुनिश्चित गर्न सक्ने, आवश्यक परे सरकार र मन्त्रालयमा दबाब सिर्जना गर्न सक्ने प्रतिनिधि आज पर्वतको आवश्यकता हो । अवैद्य दोहनले मानवसभ्यताको जननी मानिने कालीगण्डकी नदीको अस्तित्व मेटिन लाग्दा समेत सोबारे संसदमा चुइक्क नबोल्ने संसद हुँदा जनताको मन रोएको छ ।
पर्वतमा विकास योजना नआएको भन्दा पनि आएका योजनाको प्रभावकारी कार्यान्वयन नहुनु ठुलो समस्या बनेको छ । सरकारले लिएको नारा अनुरुप जिल्लामा करोडौ लगानीमा थालिएको एक पालिका एक ग्राम योजना कुश्मा नगरपालिका र विहादी गाउँपालिकामा वर्षौदेखि अलपत्र पारिएका छन् । पूर्व प्रधानमन्त्री केपी ओलीको पालामा सातै पालिकामा संचालन गरिने भनी उद्घाटन गरिएका आधारभूत अस्पताल भवन संचालनमा ल्याउन नसकेर अलपत्र छाडिएका छन् । गाउँका सर्वसाधारणले निशुल्क पाउन पर्ने औषधि सिटामोल समयमा पाउन सकेका छैनन् ।
कृषकका कृषि उत्पादनको भण्डारण गर्ने भनी खोल्न खोजिएका जिल्लाका विभिन्न स्थानमा रहेका कोल्डस्टोरहरु बेर्ढगले छोडिएका छन् । गाउँघर रित्तो बन्दै गएका छन् भने गाउँमै बस्ने कृषकहरु बाँदर आतंकबाट आजित छन् । उनीहरुको पीरमर्का सुन्ने जनप्रतिनिधि चाहिएको छ । जिल्लामा सामुदायिक विद्यालयहरु ३२ वटा विद्यार्थी शून्य अवस्थामा पुगेका छन् । विद्यालय मर्ज गर्न र सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नीतिगत तहबाट जनप्रतिनिधिको कुनै पनि खाले पहल भएन ।
त्यसैले संसदमा प्रतिनिधित्व गर्ने सांसदले योजना ल्याउने मात्र होइन, त्यसको अनुगमन, गुणस्तर र समयमै सम्पन्न हुने विषयमा पनि चासो देखाउनुपर्छ । ठेक्कामा हुने अनियमितता, ढिलासुस्ती र लापरबाहीविरुद्ध स्पष्ट रुपमा उभिन सक्ने साहस सांसदमा हुनुपर्छ । जिल्लामा दिनानुदिन पलायन हुने व्यवसायी र उद्यमीको संख्या बढ्दो छ । दर्ता हुने उद्यमको संख्या भन्दा बन्द गर्नेको संख्या बढ्दो छ । निर्माण व्यवसायीहरु गरेको सरकारी निर्माण कामको भुक्तानी समयमा पाउन नसक्दा विदेश पलायन हुने सोचमा छन् ।
राजनीतिक दल लोकतन्त्रको आधार हुन् तर सांसदको पहिलो जिम्मेवारी दल होइन, जनता र जिल्ला हो । जिल्लाको हितमा आवश्यक निर्णयका लागि दलगत सीमा र स्वार्थभन्दा माथि उठेर बोल्न सक्ने आत्मबल भएको प्रतिनिधि नै प्रभावकारी सांसद बन्न सक्छ । यसले मात्र संसदमा पर्वतको आवाज मजबुत बन्न सक्छ ।
युवा पलायन पर्वत जिल्लाको गम्भीर समस्या हो । कृषि, पर्यटन, जलविद्युत, जडीबुटी र साना उद्यममा प्रशस्त सम्भावना हँुदाहुदै पनि नीति र लगानीको कमी देखिन्छ । जिल्लामा पर्यटनको संभावना भए पनि पर्यटन प्रवद्र्धनका लागि अति आवश्यक पर्यटन सूचना केन्द्र स्थापनाको पहल कहिकतैबाट भएको छैन । त्यसैले संसदमा जाने प्रतिनिधिले युवामुखी, रोजगारमुखी र दीर्घकालीन विकास दृष्टि बोकेको हुनुपर्छ । तत्कालीन लोकप्रियताभन्दा भविष्य निर्माणमा केन्द्रित भिजन, सोच र अवधारणाको विशेषता हुनुपर्छ ।
त्यसैगरी, सांसद जनतासँग पहुँयोग्य र जवाफदेही हुनुपर्छ । चुनावको समयमा मात्र देखिने पर्यटक होइन, नियमित रुपमा जिल्लामा रहने, जनताको गुनासो सुन्ने र आफ्नो कामको विवरण सार्वजनिक गर्न सक्ने प्रतिनिधि नै लोकतान्त्रिक मूल्य अनुसार जनताको सांसद हो ।
पर्वतेली जनता पर्वतबाट जाने प्रतिनिधि भाषणमा सीमित नभई परिणाम निकाल्न सक्ने, जिल्लाको पक्षमा दृढतापूर्वक उभिन सक्ने र जनताप्रति उत्तरदायी भएको देख्न चाहन्छन् । जनताको भावना र मर्म बुझ्ने सांसदले मात्र पर्वत जिल्लाको समग्र विकास र पहिचानलाई राष्टियस्तरमा स्थापित गर्न सक्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया