
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा क्रियाशील निर्माण व्यवसायीहरु सम्पन्न गरेको काम बराबर समयमै भुक्तानी नपाउने हुँदा संकटमा परेका छन् । लागत बढेअनुसार मूल्य समायोजन नहुने र प्रशासनिक झन्झतका कारण आफ्नो व्यवसाय संकटमा पर्दै जाने खतरा रहेको व्यवसायीको गुनासो छ ।
पर्वतको दक्षिणी भेगमा रही योजक निर्माण सेवा मार्फत् निर्माण सेवामा क्रियाशील युवा व्यवसायी तिलक श्रेष्ठले भन्नुहुन्छर्–स्थानीय तहदेखि संघीय आयोजनासम्म काम सम्पन्न गरिसक्दा पनि महिनौंसम्म भुक्तानी नआउने समस्याले व्यवसाय नै चौपट हुन्छ कि भन्ने छ ।’ जिल्लामा सडक, खानेपानी, सिंचाई र भवन निर्माणमा संलग्न व्यवसायीहरुले भौगोलिक कठिनाइका कारण लागत अत्यधिक बढ्ने भए पनि सो अनुसार इस्टिमेट परिमार्जन नहुनुले व्यवसायी मर्कामा पर्ने गरेका छन् ।
दशकौदेखि जिल्लामा निर्माण व्यवसाय गर्दै आएका भिम प्रसाद श्रेष्ठका अनुसार स्थानीय तहमा साना साना योजना धेरै राख्ने प्रवृत्तिले निर्माण व्यवसायीलाई नाफा नहुने मात्र नभई कामको गुणस्तरमा समेत असर परेको छ । सीमित बजेटका कारण व्यवसायीले जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको निर्माण व्यवसायीको भनाई छ । भुक्तानी ढिलाइका कारण बैंक ऋण तिर्न समस्या भएको कतिपय व्यवसायीको दुःखेसो छ ।
बैक ग्यारेन्टी लिन उच्च ब्याज र धितो मागिने भएकाले साना व्यवसायी थप समस्यामा परेको निर्माण व्यवसायी दधिराम कुँवर बताउन हुन्छ । कुँवर ब्रदर्श कन्ट्रक्सन एण्ड सप्लाएर्स प्रा.लि.मार्फत् निर्माण सेवा गर्दै आएका व्यवसायी कुँवरले निर्माण व्यवसाय नै छोडेर अव रोजीरोटीका लागि विदेशतिर हिड्नु पर्ने अवस्था आएको बताउनुभयो । पाउनु पर्ने भुक्तानी रोकिदा बैकको किस्ता तिर्न नसक्ने अवस्था व्यहोर्नु परेको निर्माण व्यवसायीहरुको गुनासो छ ।
कस्तुरी कन्ट्रक्सनका निर्माण व्यवसायी चेतनारायण शर्मा (गोविन्द)ले पर्वतको गुप्तेश्वर पर्यटन विकाससँग सम्वन्धित निर्माणको काम गरेको तीन वर्ष हुन लाग्दा समेत काम सम्पन्न गरे वापतको रकम भुक्तानी पाउनु नसकेको बताउनुहुन्छ । निर्माण व्यवसायीका अनुसार मजदुर अभाव र राजनीतिक हस्तक्षेप समेतले निर्माण व्यवसायको पेशा नै धरमर बनाउदै गएको छ ।
जिल्लामा दक्ष मजदुरको अभाव देखिएको छ । वैदेशिक रोजगारीका कारण स्थानीय जनशक्ति कम हुँदा बाहिरबाट मजदुर ल्याउनुु पर्दा लागत थपिने गरेको निर्माण व्यवसायी शर्मा बताउनुहुन्छ । कतिपय आयोजनामा स्थानीय दबाब र राजनीतिक हस्तक्षेपले काम सहज रुपमा अघि बढ्न समेत नसकेको व्यवसायीहरुको आरोप छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया