
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा क्रियाशील निर्माण व्यवसायीहरु सम्पन्न गरेको काम बराबर समयमै भुक्तानी नपाउने हुँदा संकटमा परेका छन् । लागत बढेअनुसार मूल्य समायोजन नहुने र प्रशासनिक झन्झतका कारण आफ्नो व्यवसाय संकटमा पर्दै जाने खतरा रहेको व्यवसायीको गुनासो छ ।
पर्वतको दक्षिणी भेगमा रही योजक निर्माण सेवा मार्फत् निर्माण सेवामा क्रियाशील युवा व्यवसायी तिलक श्रेष्ठले भन्नुहुन्छर्–स्थानीय तहदेखि संघीय आयोजनासम्म काम सम्पन्न गरिसक्दा पनि महिनौंसम्म भुक्तानी नआउने समस्याले व्यवसाय नै चौपट हुन्छ कि भन्ने छ ।’ जिल्लामा सडक, खानेपानी, सिंचाई र भवन निर्माणमा संलग्न व्यवसायीहरुले भौगोलिक कठिनाइका कारण लागत अत्यधिक बढ्ने भए पनि सो अनुसार इस्टिमेट परिमार्जन नहुनुले व्यवसायी मर्कामा पर्ने गरेका छन् ।
दशकौदेखि जिल्लामा निर्माण व्यवसाय गर्दै आएका भिम प्रसाद श्रेष्ठका अनुसार स्थानीय तहमा साना साना योजना धेरै राख्ने प्रवृत्तिले निर्माण व्यवसायीलाई नाफा नहुने मात्र नभई कामको गुणस्तरमा समेत असर परेको छ । सीमित बजेटका कारण व्यवसायीले जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको निर्माण व्यवसायीको भनाई छ । भुक्तानी ढिलाइका कारण बैंक ऋण तिर्न समस्या भएको कतिपय व्यवसायीको दुःखेसो छ ।
बैक ग्यारेन्टी लिन उच्च ब्याज र धितो मागिने भएकाले साना व्यवसायी थप समस्यामा परेको निर्माण व्यवसायी दधिराम कुँवर बताउन हुन्छ । कुँवर ब्रदर्श कन्ट्रक्सन एण्ड सप्लाएर्स प्रा.लि.मार्फत् निर्माण सेवा गर्दै आएका व्यवसायी कुँवरले निर्माण व्यवसाय नै छोडेर अव रोजीरोटीका लागि विदेशतिर हिड्नु पर्ने अवस्था आएको बताउनुभयो । पाउनु पर्ने भुक्तानी रोकिदा बैकको किस्ता तिर्न नसक्ने अवस्था व्यहोर्नु परेको निर्माण व्यवसायीहरुको गुनासो छ ।
कस्तुरी कन्ट्रक्सनका निर्माण व्यवसायी चेतनारायण शर्मा (गोविन्द)ले पर्वतको गुप्तेश्वर पर्यटन विकाससँग सम्वन्धित निर्माणको काम गरेको तीन वर्ष हुन लाग्दा समेत काम सम्पन्न गरे वापतको रकम भुक्तानी पाउनु नसकेको बताउनुहुन्छ । निर्माण व्यवसायीका अनुसार मजदुर अभाव र राजनीतिक हस्तक्षेप समेतले निर्माण व्यवसायको पेशा नै धरमर बनाउदै गएको छ ।
जिल्लामा दक्ष मजदुरको अभाव देखिएको छ । वैदेशिक रोजगारीका कारण स्थानीय जनशक्ति कम हुँदा बाहिरबाट मजदुर ल्याउनुु पर्दा लागत थपिने गरेको निर्माण व्यवसायी शर्मा बताउनुहुन्छ । कतिपय आयोजनामा स्थानीय दबाब र राजनीतिक हस्तक्षेपले काम सहज रुपमा अघि बढ्न समेत नसकेको व्यवसायीहरुको आरोप छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया