
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

गाउँपालिकाको अध्यक्ष रहि काम गर्दाको एक वर्षे अनुभव कस्तो रह्यो ?
पहिलो वर्ष रहेको हुनाले यो वर्ष हामी नयाँ जनप्रतिनिधिका लागि सिक्दै र काम गर्दै जाने नौलो अनुभव भयो । पालिकाको वृहत्तर विकासका लागि अध्ययन, अवलोकन, तयारी गर्नुपरेको थियो । पहिलो वर्ष सोचे जस्तो गाउँपालिका भित्र सत प्रतिशत आर्थिक विकास गर्न नसके पनि धेरै क्षेत्रमा हामीले फरक तरीकाले काम गर्दा जनतालाई स्थानीय सकारकारको अनूभुति भने भएको छ । पहिलो वर्षको अनुभवबाट आगामि वर्षमा के कस्ता योजना र कार्यक्रम अगाडि बढाउने भन्ने सिकाई भएको छ ।
जलजला गाउँपालिकाका जनताले सम्झन लायक कार्य कुन क्षेत्रमा गर्नुभएको छ ?
पालिकाका जनताले सम्झन लायक कार्य खासगरी शिक्षा र कृषिमा गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्राथमिकता दिएको छ । शिक्षक व्यवस्थापन मापदण्ड निर्धारण गरी दरवन्दी मिलान तथा तह समायोजनको प्रक्रिया अघि बढेको छ । गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार पारी १ देखि ८ कक्षासम्म पढाइ शुरु गरिएको छ । पाठ्यपुस्तकलाई सफ्टवेयर मार्फत् डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्था समेत मिलाईएको छ । पालिका भित्र बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई मासिक रु ३००० भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रविधिसँग जोड्न हरेक विद्यालयमा ल्यापटप, स्मार्ट टिभी सहित एल.एम.एस प्रणालीको व्यवस्था छ । त्यसैगरी कृषि क्षेत्रको व्यावसायिक विकासका लागि आलुको पकेट क्षेत्र स्थापना गरी विउ आलु उत्पादन गर्न शुरु भएको छ । विउ आलु उत्पादनमा धौलागिरि क्षेत्रलाई नै आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । पालिकाको ६ वटा वडाका कृषकहरु समेटेर भैसी पकेट क्षेत्र संंचालन हुँदा कृषकहरु लाभान्वित भएका छन् । अझ भन्नै पर्दा पालिकाको गौरवको आयोजनाको रुपमा एकै साथ ८ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन् ।
आन्तरिक सुशासनका लागि तपाईको पहल कस्तो रहेको छ ?
आन्तरिक सुशासन मजबुत र प्रभावकारी बनाउनको लागि नियमित मासिक रुपमा प्रत्येक शाखाका प्रमुखसँग बैठक बस्ने र कसरी जलजलाबासीलाई बढी भन्दा बढी सेवासुविधा दिन सकिन्छ भनी छलफल हुने गरेको छ भने हेल्पडेक्स, गुनासो संकलन, कर्मचारी लकबुक व्यवस्था आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै जनतालाई छिटो छरितो र भरपर्दो सेवासुविधा प्रदान हुने व्यवस्था मिलाईएको छ । साथै पालिकाको ९ वडाले प्रदान गर्ने नागरिक सेवालाई भरपर्दा, पारदर्शी र प्रभावकारी बनाउनका लागि डिजिटल प्रविधिको प्रयोग गरी स्मार्ट गाउँ बनाइने छ ।
पालिकाले व्यहोर्नुपरेका समस्या चुनौती के के छन् ?
पालिकाले व्यहोर्नु परेको समस्या मध्ये सवैभन्दा ठुलो समस्या नै काम गर्नका लागि प्रर्याप्त बजेट नहुनु हो । पालिकामा दक्ष र प्राविधि जनशक्तिको कमि छैन । सरकारले उपलव्ध गराएकै छ । हाम्रो पालिका राष्ट्रिय राजमार्गसँग जोडिएको हुनाले सहजै दक्ष प्राविधिक कर्मचारीहरु उपलब्ध हुन्छन् तर दक्ष जनशक्तिलाई काममा लगाउनका लागि योजना र कार्यक्रम अपुग हुने गरेको छ । उदाहरणका लागि पालिकामा भएका ६,७ जना प्राविधिक कर्मचारी छन् । पालिकामा बजेट कम हुँदा भने जसरी विकास निर्माणका काम हुन सकेको छैन । काम नभएपछि पालिकाका कर्मचारी खाली बस्नु परेको छ भने पालिकामा नै प्रदेश र संघबाट परेको योजना र कार्यक्रम छन् तर तिनमा प्रदेश र संघदेखि प्राविधि आएर काम गर्छन् । संघ र प्रदेशबाट विनियोजित बजेटबाट भैरहेका विकासका कार्यमा स्थानीय प्राविधिकलाई खटाउन सकेमा राज्यको खर्च बचत हुने थियो ।
पालिकाको आफ्नो आन्तरिक आय वृद्धिका लागि तपाईले के गर्दै हुनुहुन्छ ?
पालिकाको आफ्नो आन्तरिक आय वृद्धिका लागि पर्यटकी गन्तव्यको खोजी गरी पर्यटन प्रवद्र्धनको गतिविधि गरिदैछ । आन्तरिक स्रोतहरु बहाल कर, घर भाडा कर, विज्ञापन कर लगायतलाई व्यवस्थित बनाउने काम भएको छ । ढुंगा, गिटी, बालुवाको घाटगद्दी गरी लिलामी गर्ने प्रक्रिया अघि बढाइने छ । पालिकाका ९ वटै वडामा राजस्व वृद्धिका लागि सचेतनामूलक शिविर संचालन गरिएको र आगामि दिनमा समेत राजस्व वृद्धि हुने गतिविधिहरु गर्दै जाने कार्यक्रम बनाइएको छ ।
आगामि आर्थिक वर्षका लागि उल्लेखनीय योजना र कार्यक्रम के के छन् ?
जलजला गाउँपाकिालाई खुल्ला बहुसंस्कृति संग्रहालयको रुपमा विकास गर्न बहुसंस्कृतिक पहिचान र मौलिकता झल्किने पुर्खेउली मारुनी, सोरठी, यानिमाया भजन किर्तन लोकबाजा लगायतको संरक्षण गरिने, युवालाई गाउँमै रोजगारीको सृजनाका लागि युवा उद्यमशीलता कार्यक्रम अघि बढाउने, विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिइने, गरीव र विपन्नवर्गलाई भनी थालिएको स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिइने छ । गाउँका स्वास्थ्य चौकीहरुलाई अझै बढी सुविधायुक्त बनाइने योजना र कार्यक्रम छ ।
प्रदेश र संघसँगको सहकार्य कस्तो रहेको छ ?
प्रदेश र संघसँग हामीले पालिका मार्फत् सम्वन्ध र सम्पर्क गर्न खोज्छौ तर उताबाट बजेट र कार्यक्रममा हामीसँग समन्वय रहदैन । बजेट र कार्यक्रम पनि स्थानीय पालिकासँग सहकार्य गरी आउने गरेको छैन । प्रदेश र संघबाट विनियोजन हुने विकास निर्माणको बजेट र कार्यक्रम स्थानीय जनताको आवश्यकता भन्दा पनि केही पहुँचवाला व्यक्तिको स्वार्थ लागि प्रयोग हुँदै आएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया