
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

नगरपालिकाको प्रमुखमा निर्वाचित भएर काम गर्दाको एक वर्षे अनुभव कस्तो रह्यो ?
प्रथमतः नगरपालिकाको प्रमुखमा निर्वाचित भएर काम गर्दै आउँदा हामीले धेरै चुनौतीमा बाबजुद पनि एक वर्षमा धेरै काम गर्न सफल भयौं । हामीसंग नगरमा धेरै चुनौतिहरु थिए । ति चुनौतिहरुको पार गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद दिन चाहन्छु । यस नगरका कालीगण्डकी हाइटेण्सन लाइन, प्रशासकीय भवन, नगर अस्पताल, मनमोहन बाटिका, लमाय लिफ्ट सिंचाई योजना यस नगरका गौरवका योजनाहरु नै हुन् । जुन योजनाहरु सञ्चालनमा ल्याउन निकै चुनौतिहरु थिए । जसका बावजुद अहिले ति योजनाहरु सञ्चालनमा आएका छन् । ति योजनाहरुको साथसाथै हामीले चुनावमा प्रतिवद्धता जाहेर गरेका नगरमा गर्नुपर्ने विकासनिर्माणका कामहरु संगसंगै लैजानुपर्ने हाम्रो परिस्थीति छंदैथियो । जसले गर्दा हामी यस नगरमा बाटोघाटो, सिंचाई, खानेपानी, कालोपत्रे बाटो, शिक्षा, स्वास्थ्य जस्ता विकासनिर्माणका कामहरु संगसंगै लैजानुपर्ने परिस्थीति थियो । हामीले अहिलेसम्म ३०० भन्दा धेरै योजनाहरु यस नगरमा सञ्चालनमा ल्यायौं । कालोपत्रे सडकको शुरुआत गर्यौं ।
फलेवास नगरपालिकाको नगरसभा किन समयमा सम्पन्न हुन सकेन ?
फलेवास नगरपालिका आफैमा एउटा स्वचालित नगरपालिका हो । यसो भन्दैगर्दा पनि नेपालको संसदिय प्रणाली, चुनावी प्रतिवद्धता, नगरबासीको चाहना र विकासनिर्माणमा फड्को मार्नुपर्ने परिस्थीति, विगतलाई परिक्षण गर्नुपर्ने अवस्था लगायतका धेरै कारणले गर्दा हामी नगरसभाको बिभिन्न विषयमा छलफल गर्नुपर्ने परिस्थीति थियो जसले गर्दा नगरमा बहुमत र अल्पमतको परिकल्पना नगरिए पनि नगरबासीले दिनुभएको मताधिकारलाई हेर्दा परिस्थीति त्यस्तो रहेन । जसले गर्दा बिभिन्न विषयमा बिभिन्न विधामा छलफल गर्नुपर्ने हामीसंग परिस्थीति रह्यो । जसले गर्दा नगरबासीको साझा एजेण्डामा जानुपर्ने हामी सबैसंग बाध्यात्मक स्थीति थियो । यिनै छलफलका विषयले गर्दा केहि समय नगरसभा पछाडी सर्न गयो । जुन विषयमा म धेरै संवेदनशील छु ।
नगरको शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न तपाईको विशेष योजना केही छ ?
हामीले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको क्रममा बिभिन्न तालिमहरु, शिक्षा पाठ्यक्रम योजना, शिक्षक तालिम, स्वास्थ्य तालिम, १, ३, ५ र ८ को प्रयोगात्मक परिक्षा, अनुगमन जस्ता विषयहरुलाई समयसापेक्ष सुधार गरी अगाडी बढ्ने कार्ययोजना रहेको छ । शैक्षिक सुधारका लागि हामीले यो वर्ष पनि संघ सरकारले कटौति गरेको कक्षा ६ को दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएका छौं । प्रारम्भिक कक्षादेखि नै अंग्रेजि माध्यममा पठनपाठन सञ्चालन गरिएको छ । विद्यालयको पुर्वाधार सुधारका लागि संघ र प्रदेश सरकारसंग सहकार्य गर्दै पुर्वाधार निर्माणमा समेत बिशेष ध्यान केन्द्रित गरिएको छ । त्यस्तै नगरको नगर अस्पताल तथा स्वास्थ्यचौकीहरुको सेवालाई गुणस्तर बृद्धी गर्नुको साथै नगरमा ३ वटा एम्बुलेन्सबाट सेवा शुभारम्भको तयारी गरिरहेका छौं ।
आन्तरिक सुशासनका लागि तपाईको पहल कस्तो रहेको छ ?
हामीले नगरमा गरेका कामहरु पारदर्शी, गुणस्तरयुक्त, जनताको जनचाहना अनुसारको विकास, कार्यसम्पादन तथा नगरमा हुने हरेक गतिविधिलाई नियालेर स्वच्छ, सुशासन, मुस्कान सहितको सेवा, छिटोछरितो काम गर्ने पद्दतीको विकास, आर्थिक पारदर्शीता, सूचनाको हक कायम गर्नेजस्ता पद्दतीलाइ अपनाई कार्यहरु अगाडी बढाउने, चुस्तता र पारदर्शिता सेवा नै धर्म भन्ने पद्दतीको विकास गरेर नगरलाई अगाडी बढाएका छौं ।
पालिकाले व्यहोर्नुपरेका समस्या चुनौती के के छन् ?
फलेवास नगरपालिका ग्रामिणस्तरको नगरपालिका भएकोले यसका चुनौतिका विषयहरु धेरै छन् । विकासनिर्माणमा नगरबासीका जनचाहनाहरु धेरै छन् । सरकारले स्थानीय तहलाई सिंहदरबार भने पनि संघ र प्रदेश सरकारका कार्यालयहरु जिल्लामा छन् । सोहि कारणले नगरमा पर्याप्त बजेट आउन सकेको छैन । जसले गर्दा नगरका हरेक विकासनिर्माण कार्यका समस्याहरु चुनौतिका रुपमा रहेको महसुस हामीले गरेका छौं । ग्रामिणस्तरको यस नगरपालिकामा नगरमा हुनुपर्ने न्यूनतम पुर्वाधार समेत निर्माण हुन सकेका छैनन् । नगरको कार्यालय पुग्ने सडक समेत कालोपत्रे हुन नसक्दा वर्षायाममा सवारीसाधन नगरमा पुर्याउनै समस्या छ । हामीले सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने, हरेक नागरिकका घरघरमा खानेपानी पुर्याउने, खेतीयोग्य जमिनमा बाह्रैमहिना सिंचाई सुविधा पुर्याउने हाम्रालागि मुख्य समस्याका र चुनौतिका विषय हुन् । सीमित स्रोतसाधनका बावजुद नगरबासिका असिमित आवश्यकता पुरा गर्नुपर्ने बाध्यता छ ।
यो आर्थिक वर्षका लागि उल्लेखनीय योजना र कार्यक्रम के के छन् ?
चालु वर्ष नगरका मुख्य सडकलाई स्तरबृद्धी गर्दै सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राखेका छौं । यो वर्ष पनि हामीले प्रदेश सरकारसंगको सहकार्यमा झण्डै चार दर्जन सडकहरु स्तरबृद्धीका योजना पारेका छौं । नगरभित्र पर्यटन पुर्वाधारतर्फ झण्डै डेढ दर्जन योजना छन् । खानेपानीतर्फ झण्डै दुई दर्जन योजना यो वर्ष सञ्चालन हुनेगरी काम गरिरहेका छौं । पहिरो नियन्त्रणतर्फ एकदर्जनबढी योजना छन् । बिपन्न नागरिक आवासतर्फ संघ सरकारसंगको सहकार्यमा काम अघि बढाइएको छ । संघ सरकारले कटौति गरेको कक्षा ६ को दिवा खाजा कार्यक्रमलाई नगरको आफ्नै स्रोतबाट निरन्तरता दिइएको छ । विद्यालयको दिवा खाजामा स्थानीय परिकारलाई प्राथमिकतामा राखेका छौं । नगरमा सामाजिक संग्रालय, स्थानीय पाठ्यक्रममा स्थानीय सीपको सिकाई, सीप बैंक स्थापना लगायतलाई प्राथमिकतामा राखेका छौं । यि लगायत अन्य थुप्रै्र योजनाहरु हामीले ल्याएका छौं । बजेटको सिमितताका कारण प्राथमिकताका आधारमा सम्बोधन गर्दै जानेगरी हामी लागिपरेका छौं ।
नगरपालिकाको आफ्नो आन्तरिक आय वृद्धिका लागि तपाईले के गर्दै हुनुहुन्छ ?
प्रदेश र संघीय सरकारसंग सहकार्य गर्नेगरी स्थानीय मदिराको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा समावेश गरेका छौं । नगरबासीलाई मुख्यगरी कृषि, तरकारी तथा फलफुल खेती, पशुपालन र पर्यटकीय विकासमा ध्यान दिइएको छ । त्यसका लागि उत्पादनका आधारमा अनुदान, सिंचाई, खानेपानी लगायतमा लगानी बृद्धी गर्दै लगिएको छ ।
प्रदेश र संघसँगको सहकार्य कस्तो रहेको छ ?
स्थानीय तहको सरकारलाई बजेट अभावका कारणले विकासनिर्माणको कार्यमा जुट्न संघ र प्रदेश सरकारमा धाउनुपर्ने बाध्यात्मक परिस्थीति छ । जसको निराकरण हुन जरुरी छ । संघ, प्रदेश र स्थानीय तहको सरकारले कसले के नीति लिने हो आज धेरै पढेलेखेको व्यक्तिहरु विकशित राष्ट्रमा र सामान्य व्यक्तिहरु रोजगारीको खोजीमा खाडी राष्ट्रमा धाउनुपर्ने बाध्यात्मक परिस्थीति छ । जसले गर्दा नेपालको दक्ष जनशक्ति र उत्पादनमुलक युवा जनशक्ति बिदेश पलायन भएको छ । नेपाललाई प्रकृतिले दिएको जल, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, कृषिजन्य भूभाग जस्ता विषयहरुलाई आ– आफ्नो तर्फबाट कार्यबिभाजन गरी देशमै रहुँ, देशमै कमाउँ भन्ने बिचारका साथ संघ सरकारले प्रदेश र स्थानीय तहलाई कार्यविभाजन गरी देशमा रोजगारीको अवस्था सृजना गरी बिदेश पलायन भएको दक्ष र उत्पादनमुलक युवा जनशक्तिलाई स्वदेशमै फर्काई राष्ट्रको विकास गर्नु सबैको साझा दायित्व हुन आउँछ । सबैले आ–आफ्नो कर्तव्यबोधका साथ अगाडी बढ्नुपर्ने र संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया