
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

जिल्लामा केही वर्ष अघिसम्म धार्मिक कार्यमा पूजा सामाग्री विक्रीकै लागि भनेर खास पसल हुने थिएनन् । अहिले भने सदरमुकाम कुश्मा बजार लगायत जिल्लाका अन्य व्यापारिक केन्द्रहरुमा समेत पूजा सामाग्री पसल यत्रतत्र संचालनमा रहेको देखिन्छन् ।
लाखौं रकम लगानी गरी संचालनमा ल्याइएका पूजा सामाग्री पसलहरुमा विक्री गर्न राखिएका ९० प्रतिशत बढी पूजा सामाग्री भारतीय उत्पादन रहेको विक्रेताहरु बताउँछन् । राम्रो प्याकिङ, आकर्षक र भरपर्दो ब्राण्डका कारण भारतीय पूजा सामाग्रीको धार्मिक अनुष्ठानमा अत्याधिक प्रयोग हुने गरेको विगत एक दशकदेखि पुजारी पेशा गर्दै आएका पंण्डीत धिरेन्द्र पौडेलको तर्क छ । पर्वतको कुश्मा नगरपालिकामा अवस्थित सदरमुकाम कुश्मा बजारमा मात्रै एक दर्जन पूजा सामाग्री पसलहरु संचालनमा छन् ।
गुप्तेश्वर गुफा मन्दिरमा ३५ वर्ष भन्दा बढी पुजारीको काम गर्नु भएका पुर्व पुजारी खडानन्द आचार्यले पहिले पहिले पूजा सामाग्री जुटाउन धेरै कठिन हुने तर यतिखेर भने पूजा पसल हुँदा सजिलो भएको बताउनुभयो । स्थानीय गाउँघरमै मिल्ने र तयार पार्न सकिने वनस्पतिजन्य पूजा सामाग्रीको प्रयोगमा रुचि देखाउन छाडिएको छ । धूप, दीप, जनै, अस्टगंध, भष्म, रुद्राक्ष माला, अगरबत्ती, कुश, तील, तीलको तेल लगायत सामाग्री स्थानीय उद्योगमा उत्पादन गर्न सकिने भए पनि विदेशबाट महंगो मूल्य तिरेर आयात गरिनु आफूलाई नरमाइलो लाग्ने गरेको पुजारी आचार्यको गुनासो छ ।
सनातन हिन्दु मठमन्दिर र बौद्ध गुम्बाहरुमा दैनिक पुजापाठका लागि दर्जनौ थरी सामाग्रीहरु चाहिने हुन्छ । हिन्दु सनातन अनुयायीहरुलाई व्रतवन्ध, विवाह, चौरासीपूजा, पुराण, सप्ताह, रुद्री, धार्मिक महायज्ञ लगायमत धार्मिक कार्यसँगै जन्मदेखि मृत्युसम्मका षोडश संस्कारहरुमा पनि विभिन्नखाले पूजासामाग्री प्रयोग गरिन्छन् ।
पूजासामाग्री पसल संचालकहरुमा प्रायजसो पुजारीहरु नै रहेको सतौचण्डी पूजा सामाग्री पसल संचालक धर्मगुरु पुरुषोत्तम आचार्य बताउनुहुन्छ । पूजा सामाग्रीहरु सकभर आयातीत भन्दा पनि आफैले तयार पार्न सकेमा राम्रो र सस्तो हुने उल्लेख गर्दै धर्मगुरु आचार्य भन्नुहुन्छ–गाउँघरमै कुमकुम रोली चन्दन, श्रीखण्ड, बाटेको धूप, जौ, तील, सप्तमृचिका, गंगा जल, नवग्रह समिधा लगायत घरमा बनाउन सकिने भए पनि पसलबाट खरीद गर्ने प्रचलन राम्रो होइन । कतिपय पंण्डीतले एकपटक प्रयोगमा आइसकेको पूजासामाग्री पसलबाट पुनः विक्री गरेको पनि सुन्नमा आउनु दुःखद कुरा हो । यस्तो गर्नु हुँदैन ।ू
बजार क्षेत्रमा मात्र नभई गाउँघरमा समेत धार्मिक आस्था बढ्दो छ । कतिपयले देखावटी रुपमा प्रतिष्ठाका लागि भए पनि धार्मिक कार्य गर्ने गरेको पाइन्छ । सप्ताह पुराण जस्ता धार्मिक कार्यक्रमको आयोजना गर्दा पूजा सामाग्री समेत लाखौं मूल्य बराबरको खरीद गरिनुपर्छ । धार्मिक कार्यमा प्रचलनमा ल्याइने सामाग्रीहरु स्वदेशी भएमा खर्चिने पैसा पनि मुलुकमै रहने हुँदा यसबारे ध्यान दिनुपर्ने धर्मगुरु आचार्यको भनाई छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया