
१हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
३उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
४पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
५पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
६नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह
७
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
१०शिक्षा ऐन कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा प्रअ नियुक्ति प्रभावित
११दश हजार किमी पैदल यात्रा गरी भारतीय युवा गुप्तेश्वर गुफामा
१२देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१
२प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
४उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
५हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
६पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
७पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि जेठ ११ गतेबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक शिक्षा तथा संस्कृतिविद् डा.तुलसी प्रभास खनालले जानकारी दिनुभयो । संयोजक खनालका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्धितिय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिनेछ ।
प्रतियोगितामा देशका प्रख्यात पव्लिक स्पिकरहरुका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले बताउनुभयो । उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त बाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी, नवलपुरकी मनिषा पौडेल लगायत अतिथि वक्ताको रुपमा रहेको र उनीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरुबाट मूल्यांकन हुने खनालले जानकारी दिनुभयो ।
कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था आयोजकले गरेको जनाएको छ ।
अहिलेसम्म काठमाडौ, पर्वत, जुम्ला, रुकुम, रोल्पा, बाँके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट करीव २०० जनाले नाम दर्ता गराएको मिडियाकर्मी लेखराज ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताहरुले सकारात्मक सन्देश दिने खालको विचार राख्नुपर्नेछ । प्रतियोगितामा एउटा विद्यालयबाट जति पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजकको मत छ ।
हाम्रा परम्परा, धर्म संस्कृतिलाई आजका युवामा जोड्ने ध्येयले नै यो प्रतियोगिता आयोजना गरिएको आायोजकको भनाई छ ।
महायज्ञका सकल्पकर्ता बाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले अध्यात्म, विज्ञान र सेवाको संगम गण्डकी कोटिहोम भएकोले यो पुण्य ठाउँको दर्शन गर्न कोही नछुट्न आग्रह गर्नु भएको छ ।



प्रतिक्रिया