
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने विद्यार्थीहरुको संख्या वर्षेनी घट्दो छ । पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्नुका साथै एसईईमा सहभागी हुने विद्यार्थीको संख्या समेत कम हुँदै गएको हो ।
जिल्लाभरका सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी संख्या देखिदा सदरमुकाम कुश्मामा रहेको नारायण माविमा भने वर्षेनी बढ्दो छ । नारायण माविमा हाल अध्ययनरत विद्यार्थी संख्या १ हजार १७० रहेको छ । जिल्लाभर विद्यार्थीको संख्या घट्दो दरमा रहेको भएपनि सदरमुकाम कुश्मामा रहेको नारायण माध्यामिक विद्यालयले गतवर्ष १सय १९ जना विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराएको थियो । यसपाली सहभागी हुने विद्यार्थीको संख्या १ सय २५ जना रहेको नारायण माविका प्रअ प्रकाश रिजालले बताउनुभयो ।
नारायण माविका प्रअ रिजालले विद्यालयमा विद्यार्थी संख्या वृद्धि हुनुका कारणहरुमा गुणस्तरीय शिक्षा, शैक्षिक क्षति नहुने गरी पठनपाठन र शैक्षिक क्रियाकलापको व्यवस्थापन, विद्यार्थीको चाहना अनुरुप निःशुल्क अंग्रेजी र नेपाली दुवै भाषामा पठनपाठनको व्यवस्था, गुणस्तरी शिक्षाका लागि इमानदारिताका साथ खट्ने शिक्षक तथा अभिभावकवर्गको सामुहिक योगदान, शिक्षकलाई उत्प्रेरणा दिलाउने गतिविधि, प्रविधिमैत्री वातावरण लगायतका कुराहरु रहेको बताउनुहुन्छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा एसर्ईई परीक्षार्थी संख्या निरन्तर घट्दो छ । यस वर्ष जिल्लाबाट १ हजार ६८४ जनाले परीक्षा दिने तयारी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष जिल्लाबाट १ हजार ८१३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने अघिल्लो वर्ष सहभागी हुने विद्यार्थीको संख्या २ हजार ५० थियो ।
समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा विद्यार्थी संख्या घट्दा विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या पनि कम हुँदै गएको हो । ग्रामीण क्षेत्रबाट बसाइँसराई बढ्नु, अभिभावकको रोजगारीका लागि विदेश तथा शहरतर्फ पलायन हुनु तथा निजी विद्यालयतर्फ आकर्षण बढ्नु, घट्दो जन्मदरका कारण विद्यार्थी संख्या घट्दै गएको सरोकारवालाको ठम्याई छ ।
जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केही सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ । जिल्लाका ३२ बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेका छन् । विद्यालय मर्जको प्रक्रिया अगाडि बढाउन सकेको देखिदैन ।
समन्य ईकाइ कार्यालय प्रमुख चपाईले विद्यार्थी संख्या घट्दो अवस्थालाई हेरी विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिए विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सहज हुने शिक्षा सरोकारवालहरुको भनाई छ ।
कुश्मा नगरपालिका शिक्षा शाखा अधिकृत दिपक सुवेदीले पालिकाका सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी अवस्थालाई हेरी विद्यालय समायोजन गरी आवासीय विद्यालयको अवधारणा बढाउन लागेको बताउनुभयो ।
आउँदो चैत १९ गते हुने एसर्ईई परीक्षाका लागि जिल्लामा ९ वटा परीक्षा केन्द तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन भनी परीक्षा केन्द्र रहने विद्यालयमा सम्वन्धित विद्यालयको शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिइने जनाइएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया