
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत जनसंवाद कार्यक्रममा पर्वत आउनु भएका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नागरिकस्तरबाट न्यानो र भव्य अभिनन्दन गरियो ।
अध्यक्ष प्रचण्डलाई आफ्ना पार्टी कार्यकर्ताले स्वागत र सम्मान गर्नु नौलो कुरा भएन तर आमसर्वसाधारणको पक्षबाट एकसाथ अभिनन्दन आउनु अवश्य पनि खास सन्देश हो । अभिनन्दन किन ऐतिहासिक छ भने कुनै राजनीतिक व्यक्तित्वलाई दर्जनौ संघसंस्थाको तर्फबाट एकैपटक समान गरिएको जिल्लामै पहिलो पटक हो । यसअर्थमा पनि अध्यक्ष प्रचण्ड लोकप्रिय राजनेता रहेको प्रमाणित गरेको छ ।
मुलुकभरि भ्रष्टचार र वेथितिका कारण राजनीतिक नेतृत्व प्रति आमसर्वसाधारणले शंका, अविश्वास अझ भन्नुपर्दा वितृष्णा प्रकट गरिरहेको अवस्था छ । पर्वतमा भने प्रतिपक्ष राजनीतिक दलको नेतालाई आस्था, विश्वास र अपेक्षा सहित नागरिक अभिनन्दन गरिनु रोचक र चाखलाग्दो विषय बनेको अड्कल पर्वतको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
अध्यक्ष प्रचण्डको जनजागरण अभियान अन्तर्गत जिल्लाको कुश्मा बजारमा भव्य जनसंम्वाद कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा हजारौ कार्यकर्ताको सहभागीता थियो । कार्यक्रममा माओवादी कार्यकर्ताको मात्र नभई आमसर्वसाधारण नागरिकको उपस्थिति समेत बाक्लो देखिन्थ्यो । अध्यक्ष प्रचण्ड समक्ष नागरिकस्तरबाट मुलुकको समसायिक राजनीतिक विषयवस्तुका सवालमा जिज्ञासा राखिएको थियो ।
पर्वत जिल्लामा रहि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहदै आएका दर्जनौ संघसंस्थाहरुका अध्यक्ष सहित पदाधिकारी र साधारण सदस्यहरुले अध्यक्ष प्रचण्डलाई अभिनन्दन गरेका थिए । कुनै संस्थामा केवल पदाधिकारी र सदस्य मात्र नभई हजारौ व्यक्तिको भावना र सोच जोडिएको हुन्छ ।
पर्वत मिलन क्लव, पर्वत जेसीज, शिवालय बगैचा शैक्षिक समाज, एकता युवा क्लव, रोटरी क्लव अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत मिलन महिला समूह, पर्वत सुनचाँदी व्यवसायी संघ, बगैचा आमा समूह, पर्वत टेलरिङ व्यवसायी संघ, धौलागिरी बहुउद्देश्यीय महिला विकास समिति, सिसेफ महिला समूह, पुन युवा क्लव, मिलन फाउण्डेशन नेपाल, पर्वत कुश्मा नारी समूह, इनर ह्वील क्लव अफ पर्वत, प्रदेश अस्पताल, कुश्मा लगायत संघसंस्थाका अध्यक्ष सहितका पदाधिकारी साथै सयौको संख्यामा सदस्यहरु एकसाथ नागरिक अभिनन्दनमा सहभागी भएका हुन् ।
अभिनन्दन कार्यक्रममा सहभागी सामाजिक, शैक्षिक, विभिन्न व्यावसायिक संस्थाहरु भनेका वर्षौदेखि जिल्लाको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष सेवा र प्रभाव राख्दै आएका छन् । सामाजिक संघसंस्थाले सिंगो जिल्लाको नागरिक भावनाको सम्वोधन गरेको मान्न सकिन्छ । जिल्लाका ख्याती प्राप्त १८ वटा संघसंस्थाले अध्यक्ष प्रचण्डलाई अभिनन्दन गर्नु भनेको सम्भवतः ऐतिहासिक र स्मरणीय पल हो ।
नागरिकले लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्छन् भन्ने देखाउँछ । राजनीतिक दलका नेतृत्व इमान्दार र स्वच्छ छवि भएको हुनुपर्छ । भ्रष्टचार विरुद्ध कठोर प्रहार गर्ने र सुशासनको पक्षमा खडा हुने राजनीतिक नेतृत्वलाई नागरिकले सम्मान गर्ने छन् भन्ने गतिलो सन्देश गएको छ ।
अध्यक्ष प्रचण्डले भ्रष्टचारी विरुद्ध कारवाही गर्दै गर्दा र देशमा सुशासनको पहल गर्दै गर्दा सत्ताबाट हट्नु परेको थियो । जनस्तरमा प्रचण्ड सरकारबाट बाहिरिनु परेको खास कारण समेत छर्लङग भएको छ । मुलुकको गृहमन्त्री नै भिजिट भिसाको सेटिङबाट दैनिक ५० लाख कमाउनेमा जोडिएका समाचार बाहिर आइराख्दा भ्रष्टाचारका विरुद्ध कडा प्रहार गर्ने प्रचण्डको लोकप्रियता चुलिदै गएको सन्देश अभिनन्दनबाट बुझिन्छ ।
अध्यक्ष प्रचण्डले नागरिकस्तरबाट गरिएको सम्मान प्रति आभार प्रकट गर्दै प्रदेश अस्पतालको स्वास्थ्य सेवा र पूर्वाधारको सुदृढिकरणमा सक्दो पहल गर्ने प्रतिवद्ध व्यक्त गर्नुभयो । अभिनन्दन पत्रमा कठिन राजनीतिक सङक्रमणकालमा देखाउनु भएको त्याग, दूरदर्शीता र नेतृत्वले गणतान्त्रिक नेपालको आधारशिला तयार पार्न योगदान पुराएको भनी नागरिकस्तरबाट उल्लेख गरिएको छ ।
दर्जनौ संघसंस्था एकजुट भई तयार पारिएको अभिनन्दन पत्रमा भनिएको छ–ूनेपाली जनताप्रतिको तपाईको समर्पण, साहसी नेतृत्व र स्वास्थ्य–समाजसेवाप्रतिको अटुट प्रतिवद्धतालाई हार्दिक नमन गर्दै अभिनन्दन प्रकट गर्दछौ ।ू
प्रदेश अस्पताल कुश्मालाई ूगुणस्तरीय स्वास्थ्य सेवा, अनुसन्धान केन्द्र तथा सम्भावित ट्रमा सेन्टरू को रुपमा स्थापित गर्न यसलाई नीति, योजना तथा बजेटगत अभिभावकत्व प्रदान गरिदिन समेत अध्यक्ष प्रचण्ड समक्ष जनस्तरबाट अपेक्षा छ । नागरिकस्तरबाट यो अपेक्षा आउनु भनेको अध्यक्ष प्रचण्ड प्रति जनताको अगाध आस्था, भरोसा र विश्वास साथै सम्मान हो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया