
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

जेन्जी विद्रोहको बलमा स्थापित बालेन्द्र शाह-बालेन) सरकारले आफ्नो पाँच वर्षे कार्यकालको आज ठीक एक महिनाको अवधि पुरा गरेको छ । गत चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरेका रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहले एक महिना पुरा गर्दै गर्दा नेपाली जनतामा आशाको दियो बाल्न सफल भएका छन् ।
पिएम बालेन शाहले भ्रष्टचारीलाई सख्त कारवाहीको डण्डा चलाउदै सुशासनको छनक दिएको देखिन्छ । पुराना मानिएका राजनीतिक दलले भ्रष्टचारीलाई कारवाही गर्नुको सट्टा भरथेग गर्दै आएको देखेका नेपाली जनता वाक्क बनेका थिए । मिडियामा भ्रष्टचारको काण्ड नै काण्डको समाचार सुन्दै वाक्क बनेका नेपाली जनता बालेन सरकार आएपछि भने केही आशावादी बनेका छन् । राज्यका विभिन्न तह र तप्कामा रहि सरकारी स्रोत र साधनमा कानून विपरित दोहन गर्ने व्यक्ति तथा आर्थिक भ्रष्टचार गर्ने भ्रष्टचारीलाई कारवाही अगाडि बढाइएको छ ।
प्रधानमन्त्री बालेन शाहले सम्पत्ति शुद्धिकरण महाअभियान थालेका छन् । बालेन सरकारले शक्तिशाली जाँचबुझ स्थापना गरी गणतन्त्र स्थापना यताका राज्यका हरेक अंगका प्रमुख हर्ताकर्ता व्यक्तिहरुको सम्पत्ति शुद्धिकरणको आदेश दिइसकेको छ । सरकारको गृहमन्त्री पदमा रहेका सुधन गुरुङ शेयर लगानीको विषयमा विवादमा तानिएपछि छानविनका लागि भनी राजीनामा दिन बाध्य भएका छन् । यसअघिका सरकारहरुले सुकुम्वासी समस्या समाधान गर्ने नाममा वर्षमै अरबौ रकम सिध्याउदै आए पनि सुकुम्वासी समस्या समाधान हुन सकेको थिएन । बालेन सरकारले सुकुम्वासी समस्या समाधानका लागि कठोर कदम चालिसकेको छ ।
काठमाडौको थापाथली लगायत नदीकिनारमा वर्षौदेखि अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्वासीलाई सहजै हटाएको छ । हटाइएका वास्तविक सुकुम्वासीलाई व्यवस्थापन गर्ने दायित्व बालेन सरकारले लिएपछि नेपाली जनताले समेत सरकारको व्यापक समर्थन गरेका छन् । बालेन सकारले ईतिहासमै पहिलो पटक एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षा दिएकै दिन परीक्षण गरी एक महिनाभित्र परीक्षाको नतिजा प्रकाशित गर्दैछ ।
सरकारले लिएका कदमहरु विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने, नीजामति कर्मचारी राजनीतिक संगठनमा जोडिन नपाइने, विद्यार्थी राजनीति बन्द जस्ता कुराहरु समेत नेपाली जनताले सुशासनका लागि आवश्यक भनी स्वागतयोग्य ठानेका छन् ।
नेपाली जनताले ठुलठुला विकासका सपना भन्दा पनि आफ्नो दैनिकी जीवन सहज र सरल होस् भन्ने चाहेका छन् । जनताको चाहना मुलुकमा भ्रष्टचारको रोग निदान भई सुशासन स्थापित होस् भन्ने कामना गरेको अवस्थामा बालेन सरकारले चालेका भ्रष्टचार विरुद्ध र सुशासनको अभियानले देशमा आशा जगाएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया