
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएर चुनावी प्रतिवद्धता सार्वजनिक गर्नेमा उज्यालो नेपाल पार्टीका उम्मेदवार दोस्रोमा परेका छन् । शुक्रवार पत्रकार सम्मेलन मार्फत् उज्यालो नेपाल पार्टीका प्रतिनिधि उम्मेदवार नविन चोचाङगीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
यसअघि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिनाले आफ्नो राजनीतिक प्रतिवद्धता पर्वतेली जनतामाझ जाहेर गरिसकेका थिए । नेकपाका प्रतिनिधि उम्मेदवार तिमिल्सिनाले २३ बुँदे विकसित पर्वतका लागि मनहरि तिमिल्सनाको रोडम्याप सार्वजनिक गरिसकेपछि जिल्लामा बौद्धिक जमातविच एकखाले बहसको संचार भइरहेको छ ।
उम्मेदवार तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरुमा आधुनिक कृषि र पर्यटन, पकेट क्षेत्र विकास, गुणस्तरीय शिक्षा व्यवस्था, डिजिटल पर्वत निर्माण, आइसिटी हब, पर्वत विकास सम्मेलन, संसदमा मेरा प्रतिवद्धता, सार्वजनिक प्रतिवद्धता लगायतका महत्वपूर्ण विषयहरु छन् । जसले आममतदाताको मन जितेको छ ।
युवा नेता तिमिल्सिनाको चुनावी प्रतिवद्धता सार्वजनिक भएसँगै जिल्लामा उम्मेदवारले सार्वजनिक गर्ने प्रतिवद्धता कस्को कस्तो हुने भन्नेबारे छलफल भइरहेको छ । यसैबेला उज्यालो पार्टीका प्रतिनिधि उम्मेदवार चोचाङ्गीले सार्वजनिक गरेको ७ बुँदे राजनीतिक प्रतिवद्धताले नागरिक समाजमा थप बहसको बाटो खुलेको छ ।
उम्मेदवार चोचाङ्गीले उठाएका ७ बुँदे मध्ये पहिलो बुँदामा पानी र हावालाई पुनः प्रयोग गरी एकैसाथ विद्युत उत्पादन गर्ने प्रविधिको उल्लेख गरिएको छ । यो प्रविधिबाट उत्पादन गर्दा नेपालमा ८३ हजार मेगावाट मात्र नभई १ करोड मेगावाट भन्दा धेरै उत्पादन हुने दाबी गरिएको छ । महत्वपूर्ण प्रतिवद्धताहरुमा भ्रष्टचार अन्त्यगरी सुशासन स्थापना गर्न नागरिक निगरानी समूह गठन गरिने, कृषि क्षेत्रको अधिकतम विकास गर्नका लागि देशैभर ७ लाख २ हजार कृषि प्रहरी गठन गरिने र बाँझो कृषि जमिनलाई उत्पादनमा जोड्ने, पूर्वाधारको विकासका लागि देशैभर ३ लाख ६० हजार पूर्वाधार प्रहरीको गठन लगायतका बढी महत्वपूर्ण ऐजेण्डाको रुपमा समेटिएको छ ।
प्रतिवद्धतामा आविस्कार वैंक गठन गरी विज्ञान र प्रविधिको विकास गरी देशलाई आर्थिक र प्रविधिमा विश्वकै नमूना देश बनाउने नीति निर्माण गर्ने उल्लेख छ । उम्मेदवार चोचाङगीको प्रतिवद्धतामा उल्लेख गरिएको अर्को महत्वपूर्ण कुरा भनेको गाउँ र शहरमा अहिले भइरहेका मोटरबाटोमा दुर्घटनाको जोखिम भएको हुँदा ईलिेक्ट्रिक रोडले गाउँ र शहर जोडिने बताइएको छ । यसैगरी प्रतिवद्धताहरुमा शिक्षा, स्वास्थ्य, सवै नागरिक उर्जा र प्रविधि मालिक बनाउने लगायतका विषयहरु समेत समेटिएका छन् ।
उज्यालो पार्टी पर्वतका उम्मेदवार चोचाङ्गीले जनताले कुनै व्यक्ति विशेष, पार्टी, पार्टीको चिन्ह भन्दा पनि उम्मेदवारले प्रस्तुत गरेको आर्थिक, सामाजिक, राजनीतिक लगायत भौतिक विकासका ऐजेण्डालाई हेरेर र विचार गरेर आफ्नो अमूल्य मत दिन आग्रह गर्नुभयो । आफ्नो ऐजेण्डा अरुभन्दा फरक र व्यवहारवादी भएको हुँदा सचेत नागरिकले आफूलाई मत दिनेमा विस्वस्त रहेको बताउनुभयो ।
जिल्लामा प्रतिनिधिसभा उम्मेदवारी दर्ता गर्ने ४ स्वतन्त्र सहित पार्टीका प्रतिनिधि १३ गरी १७ जना रहेको भए पनि जनतासँग गरिने नैतिक करार मानिने चुनावी प्रतिवद्धता जारी गर्नेमा अहिलेसम्म दुई जना उम्मेदवार मात्रै रहेका छन् । जिल्लामा सचेत नागरिकले चुनावी प्रतिवद्धताबारे उम्मेदवारहरु विच खुल्ला बहस र छलफल हुनुपर्छ भन्ने धारणा राख्दै आएको भएपछि उम्मेदवारले आँट र हिम्मत गर्न सकेका छैनन् । मतदान आउने दिन छोटिदै र गाउँघरमा मत माग्दै घरदैलो समेत कतिपय उम्मेदवारले गरिरहँदा समेत चुनावी प्रतिवद्धता सार्वजनिक गर्न नसक्नुले आमसर्वसाधारण मतदातामा समेत चासो बढेको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया