
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लाको मतदाता सूचीमा पहिलो पटक तेर्सो लिंगी पहिचान खुलाएका एक जना मतदाता समावेश भएका छन् । निर्वाचन आयोगले अद्यावधिक गरेको प्रारम्भिक मतदाता विवरण अनुसार पर्वतबाट तेर्सो लिंगीको पहिचान सहित नाम दर्ता भएको यो पहिलो उदाहरण हो ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका सूचना अधिकारी ज्ञानेन्द्र शर्माका अनुसार नागरिकताको लिंग परिचय अनुसार मतदाता सूचीमा नाम समावेश गरिएको हो । यसअघि पुरुष र महिला मात्रै विकल्प रहे पनि पछिल्ला वर्षहरुमा कानुनी तथा नीतिगत व्यवस्था अनुसार तेर्सो लिंगीको पहिचानलाई समेत मान्यता दिइदै आाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख बुद्धिराम उपाध्यायले संविधानले सुनिश्चित गरेको लैङ्गिक पहिचानका आधारमा सवै नागरिकलाई समान रुपमा मताधिकार प्रयोग गर्ने वातावरण बनाइदै आएको बताउनुभयो । लैगिंक पहिचानका आधारमा कोही पनि मताधिकारबाट वञ्चित हुनु हुँदैन । उहाँले भन्नुभयो,र्–यसले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउँछ ।’
निर्वाचन कार्यालयका अनुसार पर्वतमा यसपालीको चुनावमा मतदान गर्ने मतदाताको संख्या १ लाख २५ हजार ४ सय ६६ रहेको छ । अघिल्लो २०७९ को निर्वाचनमा मतदाता संख्या १ लाख २२ हजार ६ सय४९ रहेकोमा यो वर्ष थपिनेको संख्या २ हजार ८ सय १७ छ । मतदातामध्ये पुरुषको संख्या ६२ हजार ६ सय छ । महिलाको संख्या ६२ हजार ८ सय ६५ छ भने तेर्सो लिंगीमा मात्र १ जना छ ।
आसन्न निर्वाचन फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना स्वतन्त्र हुन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया