
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । यही असारको ५ गते विहिवारका दिन एक कार्यक्रमका बीच पर्वतलाई पुर्णखोप सुनिश्तिता जिल्ला घोषणा गरिएको हो ।
पर्वतलाई पहिलो पटक २०७५ साल जेष्ठ महिनामा पुर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरिएको थियो । पुर्णखोप सुनिश्चितता गरिसकेपछि हरेक वर्ष जन्मने नयाँ बालबालिकाहरुका लागि समेत खोपको मात्रा पुरा गराउने प्रतिवद्धता गरिए अनुरुप विशेष समारोह मार्फत् पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।
पर्वत जिल्लामा मासिक १८८ खोप सेसन मार्फत् नियमित खोप सेवा प्रदान गरिदै आएको छ । सदस्य सचिव आचार्यका अनुसार २०८२ चैत्र महिनामा गरिएको घरधुरी सर्वेक्षण अनुसार पर्वत जिल्लामा १५ महिना सम्मका १५७२ जना बालबालिकाहरुले खोप लगाइरहेका छन् भने १६ महिनादेखि २७ महिना सम्मका १५०५ जना बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनु पर्ने १३ वटा रोगहरु विरुद्धको सम्पूर्ण खोपहरु पुरा गरेका छन् ।
पर्वत जिल्लामा २०८१ माघ र फागुन महिनामा संचालनमा भएको पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी.खोप अभियानमा ४७११ जना किशोरीलाई एच.पि.भी. खोप समेत प्रदान गरिएको छ । जिल्ला खोप समन्वय समितिले यस वर्ष पनि पुर्णखोप सुनिश्चित गर्ने निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृयाहरु पुरा गरी पर्वतलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरेको दाबी गरेको छ ।
जिल्लामा रहेका स्थानीय तहलाई हेर्दा सवैभन्दा बढी जन्मेदेखि १५ महिनासम्मका खोप लगाउने ४९१ जना र १६ देखि २७ महिना उमेर समूहभित्रका ४१० जना कुश्मा नगरपालिकाका रहेका छन् भने सवैभन्दा कम महाशीला गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप लगाउने ९५ जना र १६ देखि २७ महिना उमेर समूहभित्रका ७१ जना बालबालिका रहेका छन् ।
हाल नेपाल भरी १४ वटा सरुवा रोगहरु क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस वि, हेमोफिलस इनफ्लुईन्जा बी, पोलियो, दादुरा, रुवेला, न्यूमोनीया, मेनेन्जाईटिस, जापानिज इन्सेफलाइटिस्, रोटा भाइरसबाट हुने पखाला, टाइफाइड र पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी.को खोप उपलब्ध हुँदै आएको छ ।
खोप सेवाको सहज उपलब्धता, पहुँच तथा समुदायको व्यापक सहभागीता र उपभोगका कारण बालबालिकाको विरामी, अपांङगता र मृत्युदरमा उल्लेख्य सुधार आएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया