
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतमा नियमित खोप सेवा अन्तरर्गत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै छ । आज माघ २७ देखि २९ गतेसम्म जिल्लाभरि एकै पटक एच.पि.भी. खोप कार्यक्रम २०८२ संचालन गरी ९ सय ४९ किशोरीहरुलाई क्यान्सर विरुद्धको खोप दिइने भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार नियमित एच.पि.भी.खोप सेवाको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरु पर्दछन् । गत वर्ष खोप लगाउन छुट विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई यसवर्ष खोप दिइनेछ । जनस्वास्थ्य कार्यालयका खोप कार्यक्रम संयोजक नारायण प्रसाद रेग्मीका अनुसार गत आ.वमा पर्वतका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत ४ हजार ७ सय ४९ जना किशोरीहरुलाई खोप लगाइएको थियो ।
जिल्लाभरका १ सय २७ वटा विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सम्वन्धित विद्यालयमै र खोप लगाउन छुट किशोरीहरुको हकमा पायक पर्ने खोप सेवा केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थामा पुगेर खोप लगाउने खोप संयोजक रेग्मीको भनाई छ । प्रदेश अस्पताल पर्वत कुश्माका मेडिकल सुपरिटेन्डेन्ट ढुण्डीराज पौडेलले पाठेघरको मुखको क्यान्सरको भाइरस एच.पि.भी. भाइरसलाई खोपले पूर्ण नष्ट गर्न नसकेपनि रोग लाग्न नदिने सम्भावना ४० देखि ८० प्रतिशत कम रहने हुँदा खोप लगाउन पर्नेमा जोड दिनुभयो ।
जिल्लामा पाठेघरको मुखको क्यान्सरको अवस्था कस्तो छ भन्ने एकिन तथ्यांक खुल्न नसकेको भए पनि पछिल्लो समयमा क्यान्सरको फैलदो अवस्थामा रहेको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य परीक्षणमा भेटिएको नेपालमा हरेकवर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । हरेक वर्ष १,३१३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने आंकलन छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीनाथ आचार्यका अनुसार महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो कारण रहेको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया