
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकामा रहेको एक गाउँबाट स्थानीयबासीले बसाइसराई गरेपछि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी संख्या शून्य भएको छ । पर्वतको विहादी गाउँपालिकास्थित वडा ४ मा पर्ने तलातुम गाउँ बसाइसराईले रित्तिन पुगेपछि सोहि गाउँमा रहेको सगरमाथा माविमा पढ्ने विद्यार्थी नै नभएका हुन् ।
विद्यालयमा विद्यार्थी संख्या शून्य भएकोबारे वडा अध्यक्ष विष्णु भुषाल भन्नुहुन्छ–ूगाउँमा पहिले मानववस्ती बाक्लो थियो । तलातुम गाउँमा मात्रै ८० घरधूरी रहेकोमा अहिले १२ घरधूरी मात्रै बसोबास गर्दछन् । बाँकी सवै बसाइसराई गरी अन्यत्र गैसकेका छन् । गाउँमा बस्ने मानिसको घर रित्तो भएसँगै विद्यालयमा विद्यार्थी समेत घटेर शून्य भएको छ ।ू
अहिले विद्यार्थी संख्या शून्य भएको सगरमाथा मावि राम्रोसँग चलेको र गाउँकै पुरानोमध्येको विद्यालय भएको पालिकाका शिक्षा अधिकृत भीम नेपाली बताउनुहुन्छ । पक्की भौतिक संरचनामा रहेको यो मावि वि.सं.२०२९ सालमा प्रावि तहको रुपमा स्थापना गरिएको थियो ।
शिक्षा अधिकृत नेपालीका अनुसार विद्यालयमा विद्यार्थी घटेपछि कार्यरत केही शिक्षकलाई अन्यत्र सरुवा गरिएको भए पनि तीन जना शिक्षकलाई सरुवा मिलान गर्नु पर्नेछ । अहिले पनि प्रअ सहित तीन जना शिक्षकहरु विद्यार्थी नै नभएको विद्यालयमा हाजिर गरी वसेको अवस्था छ ।
विहादी गाउँपालिकामा यसअघि जनसेवा प्रावि र बालज्योति प्रावि गरी दुई वटा विद्यालय शून्य विद्यार्थी भैसकेका छन् । शून्य विद्यार्थी भएका विद्यालयलाई मर्जको प्रक्रियामा लैजाने जनाएको पालिकाको शिक्षा शाखाले प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपागाइका अनुसार जिल्लामा यसअघि सातैवटा स्थानीय तहमा गरी ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेकोमा अव सगरमाथा मावि थपिदा शून्य विद्यार्थी हुने विद्यालयको संंख्या ३२ पुगेको छ । शून्य विद्यार्थी संख्या हुने माविको संख्या फलेवास नगरपालिकाको ध्रुव नमूना मावि र विहादी गाउँपालिकाको सगरमाथा मावि गरी दुईटा भएका छन् भने बाँकी अधिकांश प्रावि तहका विद्यालयहरु छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया