
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको कुश्मा नगरपालिका स्तरीय राष्ट्रपति स्तरीय रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि नारायण माध्यमिक विद्यालयले हासिल गरेको छ । सदरमुकाम कुश्माको वडागाउँस्थित शसस्त्र प्रहरीको खेल मैदानमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष २३ वटा विद्यालयले भाग लिएका थिए ।
पहिलो हुने नारायण माविले १६ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त गर्न सफल भएको थियो भने दोस्रो हुने नमूना आवासीय माविले ९ स्वर्ण, ९ रजत र ९ कास्य पदक साथै गुरुकुल एकेडेमीले ८ स्वर्ण, ८ रजत र ३ कास्य पदक हासिल गरी तृतीय स्थान हासिल गरेको थियो । त्यसैगरी सदरमुकाम भन्दा बाहिर रहेको दुर्लुङको काफलचौर माविले ५ स्वर्ण, ४ रजत र १ कास्य पदक प्राप्त गरी सान्त्वना बन्न सफल भएको छ । यस वर्ष पहिलो हुने नारायण माविले लगातार चौथो पटक सम्म प्रथम भई शिल्ड हात पार्न सफल भएको हो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हात पार्न सफल विद्यालयहरुले पुरस्कार स्वरुप क्रमशः पहिलोले ५१ हजार एक सय ११, दोस्रोले ३१ हजार एक सय ११, तेस्रोले २१ हजार एक सय ११ र सान्त्वना हुनेले ११ हजार एक सय ११ रुपैयाँ नगद जित्ने जनाइएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया