
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि हुने निर्वाचनमा पर्वतबाट स्वतन्त्र ४ सहित गरी १७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिने १७ जना मध्ये एक जना मनहरि तिमिल्सिनाले मात्रै चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् भने बाँकी कसैले पनि गरेका छैनन् ।
संसद उम्मेदवारको प्रतिवद्धता लोकतन्त्रको मेरुदण्ड जस्तै हो । चुनाव आउन अब मात्र २५ दिन बाँकी रहँदा सम्म चुनावी प्रतिवद्धता अधिकांशको आएको छैन । भाषण र नाराभन्दा पर गएर जिल्लामा के गर्ने, कसरी गर्ने र कति समयभित्र गर्ने भन्ने स्पष्टता नै प्रतिवद्धता अर्थात् वाचापत्रको सार हो । वाचापत्र भनेको मतदातासँगको नैतिक सम्झौता हो ।
भोट माग्ने बेला गरिएका वाचा पूरा गर्ने इच्छाशक्ति र इमानदारिता नहुँदा लोकतन्त्रमा विश्वास खस्किन्छ । स्पष्ट प्रतिवद्धता भएमा निर्वाचित भएपछि जनप्रतिनिधिलाई पर्वतेली जनताले प्रश्न गर्न, मूल्यांकन गर्न र दबाब दिन सजिलो हुन्छ । मैलै त यस्तो भनेकै थिइनँ भन्ने बहानाको ठाउँ हुँदैन ।
जिल्लामा मूख्यगरी चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा विच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । यी चार दलका उम्मेदवारहरु क्रमशः अर्जुनप्रसाद जोशी, पदम गिरी, मनहरि तिमिल्सिना र सागर भुषाल रहेका छन् । यीमध्ये नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिनाले मात्रै चुनावी प्रतिवद्धता सार्वजनिक गरी गाउँघरका मतदातासम्म पुराइसकेको बताउनुहुन्छ ।
कांग्रेसका उम्मेदवार जोशीले अपिल तयार भएको तर प्रतिवद्धता अव छिटै आउने बताउनुहुन्छ । उम्मेदवारले दिने प्रतिवद्धताले संसदमा उम्मेदवार कुन मुद्दा उठाउँछ, कुन विद्येयकमा उभिन्छ र कसको पक्ष लिन्छ भन्ने कुरा तय गर्छ । यो व्यक्तिगत मात्र नभई पर्वत जिल्लाको विकास र राष्ट्रिय नीतिसँग जोडिन्छ ।
प्रतिवद्धताले भाषणबाजी, जात, नाता, दलको झण्डा भन्दा माथि उठेर योग्यता र दृष्टिकोणका आधारमा उम्मेदवार छान्न मतदातालाई सहयोग गर्छ । उम्मेदवारहरु आफ्नो प्रतिवद्धतामा गम्भीर हुन्छन् र जनताले पनि उनीहरुको प्रतिवद्धतामा प्रश्न गर्छन् भने मात्रै लोकतान्त्रिक संस्कारको विकास हुन्छ ।
संसद उम्मेदवारको प्रतिवद्धता कागजी घोषणापत्र मात्र होइन, त्यो इमान, दृष्टि र कार्यान्वयन क्षमताको परीक्षा हो । मतदाताले व्यक्तित्व होइन, प्रतिवद्धता र त्यसलाई पूरा गर्ने सामाथ्र्य हेरेर निर्णय गरेमा मात्रै संसद बलियो र विश्वास योग्य हुन्छ । पटक पटक संसद भंग हुने र देश अस्थिरताको दुस्चक्रमा फस्ने खतरा कम हुन्छ । पर्वत जिल्लाको हकमा उमेरले कान्छो उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिनाले सार्वजनिक गरेको विकसित पर्वतका लागि २३ बुँदे प्रतिवद्धता यतिखेर आमसर्वसाधारण, बुद्धिजीवि, विकासप्रेमी नागरिकका लागि चर्चाको विषय भएको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया