
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो पर्वतको कुश्मामा आउदै छन् । चुनावी सरगर्मी बढेको साथै भर्खरै नेकपाको चुनावी प्रतिवद्धता समेत सार्वजनिक भइरहेको बेला प्रचण्डको आगमनलाई पर्वतमा विशेष महत्वले हेरिएको छ ।
नेकपा पर्वतका अनुसार पुर्व प्रधानमन्त्री प्रचण्डसँग खुल्ला जनसंवादको कार्यक्रम आयोजना गरिएको छ ।
जेन्जी विद्रोहलाई भ्रष्टचारका विरुद्ध र सुशासनका लागि गरिएको युवाको विद्रोहलाई जायज भनी पार्र्टीको तर्फबाट अपनत्व लिने काम गरेका प्रचण्डको परिवर्तनकारी सोचलाई जेन्जी पुस्ताले समेत मन पराएको देखिन्छ । जनसंवाद कार्यक्रममा जिल्लामा सक्रिय जेन्जी पुस्ताका युवाहरुले सक्रिय सहभागीता जनाउने बताइएको छ ।
पोखराबाट आउँदै गरेका प्रचण्डको जनसंवाद कार्यक्रममा सहभागीता जनाउन केवल पार्टी पंक्तिका कार्यकर्ता नभई सर्वसाधारण, युवा, विद्यार्थी, बुद्धिजीवि, सामाजिक व्यक्तित्वहरु, उद्यमीव्यवसायीहरु लगायतको लालायित देखिएको पाइन्छ । जनसंवाद कार्यक्रम कुश्माको होटल बन्दनाको सम्मेलन हलमा आयोजना गरिएको छ । कार्यक्रममा नेकपा पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरि तिमिल्सिना लगायत केन्द्रिय सदस्य तहका राजनीतिक व्यक्तित्वहरुको सहभागीता रहने नेकपा केन्द्रिय सदस्य सुदिप कुँवरले बताउनुभयो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया