
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत पर्वत आउनु हुने छ । यही जेष्ठ ९ गते अध्यक्ष प्रचण्ड जिल्लाको कुश्मा सदरमुकाम बजार आउने भएपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको हो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्वतका संयोजक उमाकान्त भुर्तेलका अनुसार अध्यक्ष प्रचण्डसँग जनसंवाद कार्यक्रमको आयोजना गरिनेछ । कार्यक्रममा माओवादी कार्यकर्ता मात्र नभई आमनागरिकले पूर्व प्रधानमन्त्री समेत रहिसक्नु भएका प्रचण्डसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् । देशमा बढ्दो भ्रष्टचार, महंगी, वेथिति लगायतबाट आजित भएका जनताले पूर्वप्रधानमन्त्री रहिसकेका प्रचण्डसँग गरिने जनसंवादको बढी नै अर्थपूर्ण रहने अड्कल जिल्लाको राजनीतिक वृत्तमा चर्चा छ ।
जनसंवाद कार्यक्रम किन भन्ने सवालमा ८ वटा बुँदाहरुमा जवाफ दिइएको छ । पहिलो बुँदामा भ्रष्टचारको विरोध र सुशासनको पक्षमा खवरदारी गरिने उल्लेख छ । त्यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको प्रगतिशील कार्यान्वयन गर्ने, राजनीतिक स्थिरता, विकास र समृद्धिबारे पार्टी नीतिको सम्प्रेषण गर्ने, राष्ट्रिय स्वाधीनताका पक्षमा जनजागरण सिर्जना गर्न जस्ता महत्वपूर्ण सवालहरु उठाइएका छन् । थप बुँदाहरुमा भ्रष्टाचार, बेथिति र राजनीतिक संकटको समाधानका लागि सुझाव संकलन गरिने, पर्वत जिल्लाको विकास र जनसरोकारका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना हुन्छ । पर्वतेली जनसमुदायलाई क्रान्तिकारी आन्दोलनमा गोलबन्द गर्ने साथै सहीद–वेपत्ता परिवारलाई सम्मान र अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनेछ ।
माओवादी केन्द्रले सुरु गरेको मध्य पहाडी लोकमार्ग अभियानले मध्य पहाडी क्षेत्रका विभिन्न जिल्लाहरुमा पार्टीको उपस्थितिलाई सशक्त बनाउने लक्ष्य लिएको छ । जनतासँग प्रत्यक्ष संवाद, जनताहरुको समस्या बुझ्ने र पार्टीको ऐजेण्डा प्रवद्र्धन गर्ने, मध्य पहाडी लोकमार्गको निर्माण र सुधारमा ध्यानाकर्षण गर्दै सरकारलाई दबाब दिने, पार्टीका विभिन्न तहका संरचना सक्रिय बनाउने र नयाँ कार्यकर्तालाई पार्टी प्रवेश गराउने साथै युवाहरु, महिला र स्थानीय तहमा राजनीतिक चेतना फैलाउने उद्देश्य राखिएको छ ।
अध्यक्ष प्रचण्ड सहितका केन्द्रिय पदाधिकारीहरुको मध्यपहाडी लोकमार्ग अभियानबारे विस्तृत जानकारी दिने उद्देश्यले कुश्मा बजारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । प्रेस सेन्टर नेपाल पर्वतको आयोजनामा विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासाबारे माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु सुदिप कुँवर र मनहरि तिमिल्सिनाले प्रष्ट पार्नुभएको थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया