
१पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण
२पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा सम्पन्न, पत्रकारहरु पुरस्कृत
३आ.व.२०८३,०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
४पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
५गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
६जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
७रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
८सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
११पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
१२एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी
६सडकपेटीमा रात विताउन बाध्य छिन् अबला नारी
८एसईई नतिजाः पर्वतमा गतवर्ष भन्दा यसपाली सुधार, जिल्लामा ४ जिपिए हासिल गर्ने विद्यार्थी संख्या पाँच
९पर्वतको हम्पाल क्षेत्रले दिलाएको अद्भूत अनुभूति
१०अफ्रिकन स्वाइन फ्लुले बंगुर मरेपछि खोर रित्तै, कृषकले पाएनन् राहत
११पर्वतमा २०० वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन सुरु
१२पंच दशनाम सन्यास आश्रम धुना कुटी संरक्षण नहुँदा जीर्ण

जनताले भ्रष्टचार र वेथितिको कारकको रुपमा राजनीति र तिनको नेतृत्व नै कारक हो भन्ने ठम्याई गरी राजनीतिक नेतृत्वलाई गाली र तिरस्कार गरिरहेको अवस्थामा पर्वतमा भने शुक्रबारका दिन फरक दृश्य देखियो । उच्च राजनीतिक नेतृत्वले जनताको दिलैदेखि स्वागत र सम्मान पाएको छ ।
शुक्रवार पर्वतमा नेतालाई गाली हैन ताली बज्यो । ताली पनि आफ्नै कार्यकर्ताको मात्र नभई एकदमै सामाजिक र मानवीय संघसंस्थाका प्रमुख पदाधिकारी सहित सदस्यहरुले बजाएका छन् । प्रसँग हो मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत पर्वत आउनु भएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड र उहाँलाई स्वतःफूर्त गरिएको नागरिक अभिनन्दनको ।
बन्दना होटलको सभाहल खचाखच भरिएको थियो । सर्वसाधारण सहित पार्टी कार्यकर्ताको उत्साहप्रद सहभागीताले माओवादी हेडक्वाटर पनि दंग जस्तो देखिन्थ्यो । अध्यक्ष प्रचण्डले कठिन राजनीतिक सङक्रमणकालमा देखाउनु भएको त्याग, दूरदर्शीता र नेतृत्वले गणतान्त्रिक नेपालको आधारशिला तयार पार्न योगदान पुराएको भनी नागरिकस्तरबाट कुश्मा बजारमा स्वागत तथा सम्मान गरियो । अभिनन्दन पत्रमा भनिएको छ–ूनेपाली जनताप्रतिको तपाईको समर्पण, साहसी नेतृत्व र स्वास्थ्य–समाजसेवाप्रतिको अटुट प्रतिवद्धतालाई हार्दिक नमन गर्दै अभिनन्दन प्रकट गर्दछौ ।ू
अभिनन्दन पत्रमा शान्ति प्रक्रिया, संविधान निर्माण र समावेशी सङ्घीयता संस्थापनामा विशेष र महत्वपूर्ण योगदानलाई सिङ्गो राष्ट्र र नेपाली जनताले सगौरव आत्मसात् गरिरहने छन् भनी अध्यक्ष प्रचण्डको मुक्तकण्ठले प्रशंसा गरिएको छ । प्रदेश अस्पताल कुश्मालाई ूगुणस्तरीय स्वास्थ्य सेवा, अनुसन्धान केन्द्र तथा सम्भावित ट्रमा सेन्टरू को रुपमा स्थापित गर्न यसलाई नीति, योजना तथा बजेटगत अभिभावकत्व प्रदान गरिदिन समेत अध्यक्ष प्रचण्ड समक्ष जनस्तरबाट अपेक्षा छ ।
प्रदेश अस्पताल कुश्मा, पर्वत तथा अस्पतालसँग सम्वद्ध विभिन्न सामाजिक, शैक्षिक, व्यावसायिक र नागरिक संस्थाहरुको संयुक्ततर्फबाट अभिनन्दन पत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरिएको थियो । अभिनन्दन पत्रको अन्तमा भनिएको छ–ूतपाईको अभिभावकत्वले समावेशीता, सामाजिक न्याय र स्वास्थ्यमा पहुँचको मार्गचित्रमा हामीले महत्वपूर्ण पृष्ठपोषण प्राप्त गर्ने छौं भन्नेमा पूर्ण विश्वास गर्दै तपाईको सु–स्वास्थ्य, रचनात्मक युग निर्माणको उर्जा एवम् उज्ज्वल राजनीतिक नेतृत्वको कामना सहित यस संयुक्त शव्द–गुच्छाद्धारा हार्दिक अभिनन्दन गर्दछौं ।ू
पर्वत जिल्लामा रहि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय पर्वत मिलन क्लव, पर्वत जेसीज, शिवालय बगैचा शैक्षिक समाज, एकता युवा क्लव, रोटरी क्लव अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत मिलन महिला समूह, पर्वत सुनचाँदी व्यवसायी संघ, बगैचा आमा समूह, पर्वत टेलरिङ व्यवसायी संघ, धौलागिरी बहुउद्देश्यीय महिला विकास समिति, सिसेफ महिला समूह, पुन युवा क्लव, मिलन फाउण्डेशन नेपाल, पर्वत कुश्मा नारी समूह, इनर ह्वील क्लव अफ पर्वत, प्रदेश अस्पताल, कुश्मा लगायत संघसंस्थाका अध्यक्ष सहितका पदाधिकारी साथै सयौको संख्यामा सदस्यहरु एकसाथ नागरिक अभिनन्दनमा सहभागी भएका थिए ।
अभिनन्दन कार्यक्रमका संयोजक प्रदेश अस्पताल, कुश्माका अध्यक्ष शंकर गिरी रहनु भएको थियो । अध्यक्ष प्रचण्डले नागरिकस्तरबाट गरिएको सम्मान प्रति आभार प्रकट गर्दै प्रदेश अस्पतालको स्वास्थ्य सेवा र पूर्वाधारको सुदृढिकरणमा सक्दो पहल गर्ने प्रतिवद्ध व्यक्त गर्नुभयो ।
जनसंम्वाद कार्यक्रममा पार्टी कार्यकर्तालाई आफ्नो मत राख्न भन्दा पनि आमनागरिकलाई मत राख्न आग्रह गरिएको थियो । जनसम्वादमा मत राख्नेमा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि.पौडेल, नागरिकस्तरबाट देवी प्रसाद विलासी, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, शैक्षिक क्षेत्रको प्रतिनिधित्व गर्दै बोल्नेमा भागीरथ अधिकारी लगायत विभिन्न सामाजिक व्यक्तित्वहरु रहेका थिए । नागरिक संम्वादमा बोल्ने वक्ताहरुले अध्यक्ष प्रचण्डले एक राजनेताको रुपमा मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डो¥याउनु पर्नेमा जोड दिएका थिए ।
फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा सम्वोधन गर्दै मुलुकको राजनीतिक व्यवस्था परिवर्तनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । देशको सम्वृद्धिका लागि सवै राजनीतिक दलहरु मिलेर जानुपर्ने र यसको लागि प्रचण्डले नै भूमिका खेल्नुपर्ने मेयर तिवारीले बताउनुभयो ।









१गरिखाने ट्याम्पोको इन्धन ट्याङ्कीमा नून राखिदिएपछि
२रास्वपा पर्वतको अधिवेशन तयारी तिव्र पारिदै, सांगठनिक सदस्य १५ हजार पुराइने
३पर्वतबाट सात विद्यालयको एसईई नतिजा सतप्रतिशत
४रास्वपा महामन्त्री भोलि पर्वतको कुश्मामा, आयोजित भेलामा ३ सय जना पार्टी प्रवेशको दाबी
५जनताको हितमा नरहेका कुराहरु तोडेर छाड्छौ – रास्वपा महामन्त्री बुर्लाकोटी





प्रतिक्रिया