
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको सोती खानेपानी लिफ्टिङ योजना अलपत्र परेको छ । दुर्गमबस्तीका जनतालाई पिउने पानीको सुविधा पुराइने लक्ष्य राखिएको सोती खानेपानी लिफ्टिङ योजना ४ वर्षदेखि अलपत्र छ ।
गण्डकी प्रदेश सरकारको ४ करोड लागतको बहुवर्षिय खानेपानी योजनाले ३ सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको वडा २ का अध्यक्ष गणेश शर्मा पौडेलले बताउनुभयो । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौ लाग्दा स्थानीयबासीलाई पिउने पानीको ज्यादै समस्या रहेको वडा अध्यक्ष बताउनुहुन्छ । पिउने पानीका लागि गाउँलेहरु टाढाटाढा रहेका कुवा र मुलको पानीमा भरमा पर्नु परेको छ । चैत महिनादेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन टाढा खोलातिर लाग्नुपर्ने बाध्यता रहेको पौडेलले बताउनुभयो ।
खानेपानी योजना पुरा नहुँदा वडा २ मा रहेका गैरे, सातविसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौर लगायतका क्षेत्रमा पिउने पानीको हाहाकार छ । शेरा टोल बस्ने कृषक लिला कुमारी नेपालीले खडेरी बढेसँगै खानेपानीको हाहाकार भएको दुखेसो पोख्नु भएको छ । कृषक नेपालीले भन्नुभयो–ूएक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपे खोला धाउनु परेको छ । घरमा पालेका ३ वटा बाख्रा, एक घोरेपाडी, भैसी, बंगुर, राँगोलाई पानी खुलाउन गा¥हो भएको छ । करेसाबारीमा लगाएको तरकारी पानी नपाएर सुकेको अवस्था छ ।ू
खानेपानी योजना अन्तर्गत निर्माण गरिएका रिजर्भ ट्यांकी एक र ६ वटा शाखा ट्यांकीहरु लामो समयदेखि प्रयोगविहिन अवस्थामा छन् भने विच्छाइएका पाइप लाइनहरु कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएको स्थानीयबासीको भनाई छ । एक घर एक धारा कार्यक्रम अन्तर्गत गाउँका केही घरधुरीहरुमा धारा निर्माण गरेको पनि वर्षौ भइसकेको छ । निर्माण गरिएको धाराबाट पानी कहिले झर्ने हो भन्ने कुरा भने गाउँलेलाई केही टुंगो छैन ।
बर्राचौरका स्वास्थ्य चौकी प्रमुख भूपेन्द्रनाथ पौडेलले खानेपानी ट्यांङकीलाई इंगित गर्दै भन्नुभयो–ूस्वास्थ्य चौकीको जग्गामा गाउँलेलाई पिउने पानीको सुविधा हुन्छ भनेर पानी ट्यांङकी निर्माण गर्न दिने सहमति भयो तर ४ वर्ष वितिसक्दा पनि खानेपानी योजना सम्पन्न भएको छैन । पानी ट्याङकी निर्माण गरिएपछि स्वास्थ्य चौकीलाई जग्गा साँगुरो भएको छ । वर्षौसम्म प्रयोगविहिन रहदा ट्याङकी मक्कि सकेको छ ।ू
कालीगण्डकी किनार नजिकै खानेपानी योजनाका लागि १ सय घनमिटरको ट्याङकी निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका ५ वटा ट्याङकी निर्माण गरी अलपत्र छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पुरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका ठेकेदार गिरिजा प्रसाद तिवारीको खानेपानी योजनाको काम ५० प्रतिशत पुरा गरेको दाबी छ ।
अहिलेसम्म २ करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई आर्थिक अभावका कारण पुरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोति कुँवरको छ । समितिका अध्यक्ष कुँवरले भन्नुभयो–ूप्रदेशको खानेपानी मन्त्रालयले वर्षेनी थोरै थोरै आर्थिक बजेट विनियोजन गर्दछ । थोरै बजेट हुँदा काम सम्पन्न हुन ढिलाई भएर अलपत्र भएको छ । आर्थिक वर्ष २०८१⁄०८२ मा २० लाख रकम मात्रै विनियोजन भएको थियो ।ू









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया