
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतका गाउँघरलाई समेत नसर्ने रोगले आफ्नो चपेटामा पार्दै गएको देखिन्छ । जिल्लाको दक्षिणी भेगमा पर्ने महाशीला गाउँपालिकास्थित आधारभूत अस्पताल लुंखुले स्थानीयबासीमा गरेकोे स्क्रिनिङमा नसर्ने रोगको संख्या विकराल पाइएको हो ।
नसर्ने रोग जस्तै मुटु रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी आदि रोगहरु गाउँघरमा समेत उच्चदरले दिनप्रतिदिन बढ्दो अवस्थामा छन् । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका स्वास्थ्य निरीक्षक प्रकाश गौतमका अनुसार महाशीलामा ३८७ पुरुष र २४७ जना महिला गरी ६२५ जनामा गरिएको स्क्रिनिङमा उच्च रक्तचापको समस्या देखिनेमा सिस्टालिक तर्फ १६४ जना र डायस्टोलिक तर्फ १७७ जना व्यक्ति रहेका छन् । मृगौला रोग परीक्षणमा २७ जनालाई समस्या देखिएको पाइएको छ भने मुटुनशा सम्वन्धी समस्या देखिनेको संख्या २११ रहेका छन् ।
सोही स्क्रिनिङमा २६ जनामा सुगरको विमार रहेको साथै एन्जाइटीको समस्या रहेका १६ जना र डिप्रेसनमा रहेका १४ जना भेटिएका थिए । स्वास्थ्य कार्यालयका अनुसार स्क्रिनिङ गर्ने व्यक्तिहरु नियमित औषधि सेवन गर्दै गरेका नभई पहिलो पटक कार्यक्रममा सहभागी भएका हुन् । स्क्रिनिङ कार्यक्रमको आयोजना प्रादेशिक स्वास्थ्य निर्देशनालयले गरेको थियो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रि आचार्यले पहिले भन्दा अहिले नसर्ने रोगको प्रकोप बढ्दो रहेको बताउनुहुन्छ । स्क्रिनिङले समयमै रोग पहिचान गरी जटिलता उत्पन्न नहुँदै रोग निदान गर्न सहयोग पुराउने प्रमुख आचार्यको भनाई छ ।
गाउँघरमै पनि अस्वस्थ खानपान र जीवनशैलीका कारण नसर्ने रोगको चपेटामा पर्नेको संख्या दिनप्रतिदिन बढ्दो रहेको छ । शारीरिक श्रम घटेको र मोबाइल, टेलिभिजन जस्ता डिजिटल माध्यमको अत्यधिक प्रयोगले मानिसहरुमा निस्कृय जीवनशैली बढेको छ भने चुरोट, खैनी, रक्सी जस्ता पदार्थको प्रयोग सामान्यजस्तै भएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया