
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लाको दक्षिणीभेगमा अवस्थित विहादी गाउँपालिकामा पर्ने डाँडाको पोखरीको धार्मिक महत्व र पहिचान बढाउन आयोजित शिव महापुराण ज्ञान महायज्ञ बुधवार सम्पन्न भएको छ । महायज्ञ आयोजक समितिले ऐतिहासिक तथा धार्मिक महत्वको डाँडाको पोखरी क्षेत्रको पहिचानलाई उच्च राख्न दिव्यधामको परिकल्पना गरेको हो ।
धार्मिक महत्वलाई उजागर गर्दै समाजको विकृति विसंगती अन्त्य होस्, संस्कारवान समाज निर्माण होस् भन्ने हेतुका साथ महायज्ञ यही माघ २३ गतेदेखि शुरुवात गरी फागुन ४ गते सम्पन्न गरिएको आयोजक समितिको जनाएको छ ।
जिल्लाको साविक वाहाकी गाविस वडा २ ठाटी र हाल बिहादी गाउँपालिका वडा ४ डाँडाको पोखरी भनेर चिनिने यो पुण्य स्थानमा पुर्वजहरुले पोखरीको स्थापना गरेका थिए । समय वित्दै जाँदा भग्नाशेष अवस्थामा रहेको पोखरीलाई साविक वडा २ र ३ का सामाजिक व्यक्तिहरु र आमा समूहको सक्रियतामा शिवपार्वतीको स्थापना गरी नियमित रुपमा पुजा सेवा अगाडि बढाउदैका छन् ।
डाँडाको पोखरीमा अवस्थित शिवपार्वती मन्दिरमा पुजाआजा गरेमा भक्तजनको मनोआकांक्षा पुरा हुने जनविश्वास रहदै आएको स्थानीयको भनाई छ । शिव पार्वती मन्दिर व्यवस्थापन समिति तथा यज्ञ सम्पादन मूल समितिका अध्यक्ष काशीराम भुषालका अनुसार शिवपार्वती मन्दिरको धार्मिक महत्व उजागर गरी यस क्षेत्रलाई दिव्यधामको रुपमा विकास गर्न संकलित दान रकम १०८ शिव लिङ्गको स्थापना गरिने छ । के कति रकम संकलन गरिएको हो भन्नेबारे आयोजक समितिले खुलाउन सकेका छैनन् । आयोजकका अनुसार केही दिनमा आयव्यय सार्वजनिक गरिनेछ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया