
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा गरिएको एक अध्ययनले विद्यालयस्तरमा मानसिक स्वास्थ्यको बढ्दो समस्या देखा परेको छ । जिल्लाको उच्च माध्यामिक तहका विद्यार्थीहरु माझ गरिएको एक अध्ययन अनुसार मानसिक स्वास्थ्य सम्वन्धि समस्या देखा परेको पाइएको हो ।
प्रदेश स्वास्थ्य कार्यालय पर्वतको विज्ञ सहितको टिमले एक महिना लगाएर उच्च मा.वि.स्तरका विद्यार्थीहरुको मानसिक स्वास्थ्य अवस्थाबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो । अध्ययन अनुसार उच्च माध्यमिक विद्यालयस्तरमा नै विद्यार्थीहरु एनजाइटी, आत्महत्याको सोच राख्ने, डिप्रेसन, लागूपदार्थ दुव्र्यसनी, ध्रुम्रपान, मद्यपान लगायतको चपेटामा परेको पाइन्छ ।
अध्ययन अनुसार विद्यार्थीहरुमा एन्जाइटि लक्षण ३६.५ प्रतिशत, डिप्रेसन १७.४ प्रतिशत, आत्महत्याको सोच राख्ने ७.६ प्रतिशत रहेको छ । एनजाइटि हुने विद्यार्थीमा बढी सोच्ने, आत्तिने, श्वास फेर्न गा¥हो हुने, कुनै कुरामा एकाग्र हुन नसक्ने लगायतका लक्षण हुन्छन् । त्यसैगरी अध्ययन प्रतिवेदनमा ध्रुम्रपान गर्ने ५ प्रतिशत, लागूपदार्थ दुव्र्यसनी २ प्रतिशत, रक्सी सेवन गर्ने विद्यार्थी ३ प्रतिशत रहेको उल्लेख छ । विद्यार्थी छनौट गरिएका विद्यालयका कुल ३ सय ४ जना छात्रछात्रासँग परामर्श गरी मानसिक स्वास्थ्य अवस्थाबारे अध्ययन प्रतिवेदन तयार पारिएको हो । अध्ययनमा परेका छात्रछात्रामध्ये ९५ जना छात्र थिए भने छात्राको संख्या २ सय ९ थियो ।
अध्ययन टोलीका अनुसार मानसिक स्वास्थ्य समस्या देखिने विद्यार्थीहरुमध्ये धेरैजसो एकल परिवारमा बस्ने, सम्वन्ध विच्छेद भएको परिवार, बाबुआमाको शैक्षिक अवस्था कम रहेको, अभिभावकको मासिक ५० हजार भन्दा कम आम्दानी भएको बताउनुभयो । मानसिक स्वास्थ्य अवस्थामा समस्याका कारण पढाइको गुणस्तर खस्किएको पाइएको छ । अध्ययनमा सहभागी स्वास्थ्य विज्ञका अनुसार शैक्षिक हिसावले हेर्दा पढाइमा सी प्लस ग्रेड भन्दा कम हुनेमा तीन गुणा बढी मानसिक स्वास्थ्य समस्या छ ।
मानसिक स्वास्थ्य अवस्थालाई राम्रो बनाउनका लागि अभिभावकहरुले आफ्ना छोराछोरीलाई प्रर्याप्त समय र साथ दिनुपर्ने, भावनात्मक रुपमा अझ बढी नजिक हुनुपर्ने, मनका कुरा खुलेर गर्ने, कहाँ र किन बाहिर गएको बारे चासो दिनुपर्ने स्वास्थ्य विज्ञको सुझाव छ ।
जनस्वास्थ्य प्रमुख बद्रीराज आचार्यले मानसिक स्वास्थ्य समस्या नविनतम र जटिल सामाजिक समस्या भएको बताउनु भयो । अध्ययनले मानसिक स्वास्थ्य समस्याको पहिचान, रोकथाम र उपचारका लागि विद्यालयस्तरमा सचेतना कार्यक्रम, परामर्श सेवा र स्वास्थ्य संस्थाहरुको सुदृढीकरण आवश्यक देखिन्छ ।
मानसिक स्वास्थ्य अवस्थाबारे अध्ययनका लागि स्वास्थ्य टोलीले नेपाल हेल्थ रिसर्च काउन्सिलबाट स्वीकृति लिएको थियो । विद्यार्थीहरुमा देखा परेको मानसिक स्वास्थ्य अवस्थाको सुधारका लागि स्वास्थ्य शिक्षाको खाँचो विद्यालयस्तरमा देखिन्छ ।
नमूना सर्वेक्षण विधि अन्तर्गत मानसिक स्वास्थ्य अवस्थाबारे बुझ्न अध्ययनका लागि लिइएका विद्यार्थीहरु सवै १६ देखि २० वर्ष उमेर समुहका थिए । यो उमेर समूहका व्यक्तिहरुको आत्महत्या गर्ने दर समेत जिल्लामा बढ्दो छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया