
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको बदमासीले अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्राचौरमा निर्माणाधिन १५ शैयाको प्राथमिक अस्पताल भवन ५ वर्षदेखि अलपत्र छ ।
अस्पताल निर्माणको काम १७ महिनामा सम्पन्न भइसक्नु पर्ने भनी सम्झौता भएको थियो । ठेकेदारको बदमासी र लापरबाहीकै कारण ५ वर्ष भन्दा बढी भइसक्दा समेत अस्पताल निर्माण सम्पन्न हुन नसकेको स्थानीयबासीको गुनासो छ । ठेकेदारले अस्पताल निर्माणको काम सम्झौता अनुसार समयमा सम्पन्न नगरी पटक पटक म्याद थप गर्दै आएको छ । अहिलेसम्म ठेकेदारले तीन पटक निर्माण सम्झौता म्याद थप गरिसकेको छ ।
स्थानीयबासीले अस्पताल भवन निर्माणका लागि भनी आफ्नो उर्वरा खेती योग्य ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । घर नजिकको आफ्नै गाउँमा राम्रो अस्पताल बनेपछि स्वास्थ्य उपचारका लागि सदरमुकाम कुश्मा र पोखरा बजार धाउन पर्दैन भन्ने स्थानीयबासीको विश्वास छ ।
सम्झौता अनुसार १७ महिनामै अस्पताल निर्माणको काम सम्पन्न हुनुपर्नेमा ठेकेदारले ढिलासुस्ती गरी ५ वर्ष पुराइ दिएकोमा स्थानीयबासी आक्रोशीत बनेका छन् । घर नजिकैको उर्वरा जग्गा दिने जग्गादाताहरुमा स्थानीयवासी डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भटट्राई लगायत छन् । साउदी सरकारको पुर्ननिर्माणको साउदी फण्ड अन्तर्गत ६ करोडको आर्थिक सहयोगमा बन्दै गरेको भवन निर्माणको काम भ्याली बाबुरत्न जेभी कम्पनीले लिएको हो । ठेकेदार कम्पनीले निर्माणको कामलाई वेवास्ता गरी वर्षौदेखि अलपत्र पार्दै आएको छ ।
नजिकमा अस्पताल स्थापना गरेमा स्वास्थ्यसेवा सहज होला भनी पसाउदै गरेको धानबाली नष्ट गरी जग्गा सम्म पार्न भनी त्यतिवेला डोजर लगाउन दिइयो तर अहिले ५ वर्ष वितिसक्दा समेत भवन निर्माणको काम कहिले पुरा हुने पत्तो नभएको स्थानीय भूपेन्द्र पौडेलको गुनासो छ । निर्माण व्यवसायी रमेश पौवालेले अब एक महिना पछि निर्माणको थालनी गर्ने बताउनु हुन्छ ।
भवन निर्माणका लागि तोकिएको १७ महिनाको अवधिमा निर्माण पुरा नगरी ५ वर्ष विताउने निर्माण व्यवसायीको भनाईमा भने स्थानीयबासीको विश्वास छैन । वडा २ का पूर्व अध्यक्ष ओम कुँवर भन्नुहुन्छ–“निर्माण व्यवसायीले मुखले काम गर्छु भन्ने तर व्यवहारमा नगर्ने देखिएको छ । दुर्गम क्षेत्रमा अस्पताल निर्माणको काम छिटो सम्पन्न हुने हो भने स्वास्थ्य सेवाको अभावमा बसाइसराई गरी बाहिर जाने मानिसको संख्यामा कमि हुने थियो । गाउँलेलाई स्वास्थ्य सेवा सहज हुने थियो ।”
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका ईन्जिनियर सुवास बरालका अनुसार ठेकेदार कम्पनिले नियमानुसारको पाउनु पर्ने रकम लिइरहेको छ । ठेकदारले ल्याएको विलको रकम भुक्तानी भएको छ । ठेकेदारले पाउनु पर्ने रकम एक पैसा पनि रोक्का नभएको बताउदै इन्जिनियर बराल भन्नुहुन्छ–ूकाम अनुसारको रकम समयमा पाउदा पनि किन काममा ढिलाई भएको छ भन्ने कुरा नै बुझिएको छैन । अब ठेकेदारसँग सम्झौता रद्ध गर्नुपर्ने अवस्था आउन सक्छ ।ू ठेकेदारले अहिलेसम्म १ करोड ६५ लाख भुक्तानी लिइसकेको छ । निर्माणाधिन १२ हजार वर्गफिटको अस्पताल भवनमध्येको ए व्लकको ढलन केही वर्ष पहिले भए पनि वी व्लकको ढलन हुन बाँकी नै छ ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता समेत गरी करीव १९ करोडको प्याकेजमा निर्माण सम्झौता गरेको हो । स्थानीयबासीले सरोकारवाला पक्षको वेवास्ता र ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न नसकेकोमा गुनासो गरेका छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया